सुरु भयो नाडा अटो शो २०२६, उपराष्ट्रपतिले गरे उद्घाटन
काठमाडौं । १८औं नाडा अटो शो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । शोको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरे । नाडा अटो शो २०२६ को उद्घाटन गर्दै उनले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताए । उपराष्ट्रपति यादवले भने,‘नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुनेछ ।’ उनले जलविद्युत्को धनी देश नेपालले पेट्रोलियम पदार्थको आयत घटाई विद्युतीय सवारीसाधनको प्रयोगलाई जोड दिनुपर्ने उल्लेख गरे । उपराष्ट्रपति यादवले नेपाल जलस्रोतमा धनी भएको र जलविद्युत् उत्पादनमा वृद्धि भइरहेको अवस्थामा इन्धन आयातमा अर्बौं रुपैयाँ बाहिरिने स्थितिकमुलुकमा उद्यमशीलता सिर्जना गर्न नाडा अटो शो मोबाइलले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै उनले नेपालमै अटोमोबाइल क्षेत्रको उत्पादन आवश्यक रहेको धारणा राखे । नेपाली अटोमोबाइल क्षटो शोले नेपाली अटोमोबाइल बजारलाई चलायमान बनाएर आन्तरिक उत्पादन र रोजगारी सिर्जनामा टेवा पुर्याउने विश्वास व्यक्त गरे । उद्घाटन समारोहमा बोल्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र उप्रेतीले सवारी साधनलाई विलासिताको वस्तुका रूपमा मात्र हेर्न नहुने बताए । उनले सवारी साधन नागरिकको आवागमन, व्यवसाय र रोजगारीसँग प्रत्यक्ष जोडिएको आधारभूत आवश्यकतासमेत भएको उल्लेख गरे । उनले अटोमोबाइल क्षेत्रप्रतिको सरकारी तथा सामाजिक दृष्टिकोणमा पुनरावलोकन आवश्यक रहेको बताए ।अटोमोबाइल क्षेत्र १० लाखभन्दा बढी मानिसको रोजगारीसँग जोडिएको र यसबाट वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन हुने उल्लेख गर्दै उप्रेतीले यो क्षेत्रले समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए । उनले काठमाडौंमा पर्याप्त भौतिक पूर्वाधारको अभावका कारण अटोमोबाइल क्षेत्रले आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न नसकेकोप्रति पनि चिन्ता व्यक्त गरे । भृकुटीमण्डपको वर्तमान संरचना ट्रक, बस तथा हेभी इक्विपमेन्ट प्रदर्शनका लागि पर्याप्त नभएको भन्दै उनले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिएको भृकुटीमण्डप स्तरोन्नतिको योजनालाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा पनि उनले जोड दिए । व्यवसायमा दीर्घकालीन लगानी आकर्षित गर्न नीतिगत स्थिरता अपरिहार्य रहेको उनको भनाइ थियो । करका दर तथा नीतिमा बारम्बार हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन भइरहेको उल्लेख गर्दै उप्रेतीले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले कर नीतिमा स्थिरता कायम गर्ने प्रतिबद्धतालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताए । यसैगरी, नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै जानु नयाँ अवसरका रूपमा देखा परेको उनले बताए । अब विद्युतीय सवारी साधनको एसेम्बल उद्योगमा मात्र सीमित नभई पार्टपुर्जा तथा कम्पोनेन्ट उत्पादनतर्फ समेत अघि बढ्नुपर्नेमा उनले जोड दिए । नेपालमै उत्पादित सवारी साधनको स्थायित्व र प्रवद्र्धनका लागि सरकारले थप सहुलियत तथा प्रोत्साहन उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । आजदेखि सुरु भएको नाडा अटो शो २०२६ छ दिनसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा विभिन्न ब्रान्डका सवारी साधन, विद्युतीय गाडी, दुईपांग्रे सवारी, व्यावसायिक सवारी तथा अटोमोबाइलसँग सम्बन्धित उत्पादन र प्रविधिहरू प्रदर्शनीमा राखिएका छन् ।
कामना सेवा विकास बैंकले सेयरधनीलाई बाँड्दैछ १५ प्रतिशत नगद लाभांश
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते बोलाएको छ। बैंकको सञ्चालक समितिको ४२१औँ बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । बैंकका अनुसार साधारणसभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा हुनेछ । सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । बैंकले साधारण सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, अग्राधिकार सेयरधनीलाई अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव छ । सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नाफा–नोक्सान बाँडफाँट हिसाब पारित गर्ने प्रस्ताव पनि पेस हुनेछ । त्यस्तै, बाह्य लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावमा समेत सभाले निर्णय गर्नेछ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज गर्ने जनाएको छ । त्यसअनुसार भदौ १७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन् । गत आर्थिक वर्षमा बैंकले बोनस सेयर र नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको १५ प्रतिशत बराबर बोनस सेयर दिने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयरको रकम ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ रहेको छ । जसअनुसार सेयरधनीले ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर पाउनेछन् । त्यस्तै, बोनस सेयरमा लाग्ने लाभांश कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.७८९४७ प्रतिशतका दरले १ करोड ८२ लाख ७८ हजार २८९ रुपैयाँ ४७ पैसा नगद लाभांश दिने प्रस्ताव गरिएको छ । बोनस सेयर र नगद लाभांश गरी कम्पनीले कुल ३६ करोड ५५ लाख ६५ हजार ७८९ रुपैयाँ ४७ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांश आगामी १७औँ वार्षिक साधारणसभामा पेस गर्ने जनाएको छ । साधारणसभाबाट स्वीकृत भएपछि मात्रै प्रस्तावित लाभांश सेयरधनीलाई वितरण हुनेछ ।
बेनी हाइड्रोले भदौ २२ गतेदेखि आईपीओ बिक्री गर्ने, कति कित्ता आवेदन दिने ?
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २० लाख ८० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १० करोड ४० लाख कित्ता स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४ हजार कित्ता विदेशमा रहेका नेपाली, २ प्रतिशत अर्थात् २० हजार ८०० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् ५२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले ८ करोड ६३ लाख २० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्ने भएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा असोज ५ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
अटोमोबाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण परिवर्तन हुनुपर्छ : अध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा अन्जन श्रेष्ठले नेपालको अर्थतन्त्रलाई रि–इन्जिनियरिङ गर्नुपर्ने बेला आएको बताएका छन् । नाडा अटो शो २०२६ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अटोमोबाइल क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोणमा आमूल परिवर्तनको खाँचो रहेको औंल्याएका हुन् । राजस्वमा ठूलो योगदान, तर राज्यको उपेक्षा कार्यक्रममा बोल्दै नाडाका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले अटोमोबाइल क्षेत्रले देशको कुल राजस्वमा करिब ८ देखि ९ प्रतिशत योगदान पु‍र्याइरहेको उल्लेख गरे । गत वर्ष १०६ खर्बको आयात हुँदा अटो क्षेत्रबाट मात्रै ८१ देखि ८२ अर्ब रुपैयाँ राजस्व संकलन भएको बताउँदै उनीहरूले यति ठूलो योगदान दिने क्षेत्रलाई केवल विलासिताबवा कर उठाउने माध्यमका रूपमा मात्र हेर्नु दुःखद रहेको गुनासो गरे । उनले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन सरकारसँग ठोस योजना माग गरे । ‘झन्डै २०–२२ अर्बको त स्पेयर पार्ट्स मात्र आयात हुन्छ,’ उनले भने, ‘यसलाई नेपालमै उत्पादन गर्ने वातावरण बनाउन सरकारले एसेम्बलिङ र कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङमा विशेष प्रोत्साहन दिनुपर्छ ।’ विगतमा सरकारले उद्योग खोल्न आग्रह गरे पनि उद्योग स्थापना भएपछि आइपर्ने समस्या समाधानमा ध्यान नदिएको उनको आरोप थियो । युवा पलायनप्रति चिन्ता व्यक्त गर्दै श्रेष्ठले आगामी १० वर्ष नेपालका लागि जनसांख्यिक लाभ लिने अन्तिम अवसर भएको बताए । ‘अबको १० वर्षपछि हामीले यो युवा शक्ति पाउने छैनौं,’ उनले भने, ‘त्यसैले स्वदेशमै उत्पादन बढाएर वास्तविक ज्याला वृद्धि गरी युवाहरूलाई देशमै रोक्नुपर्ने चुनौती छ ।’ उनले अटोमोबाइल क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न सरकारले नयाँ रणनीति र स्पष्ट पोलिसी ल्याउनुपर्नेमा विशेष जोड दिएका थिए । नाडा अटो शो २०२६ ले अटो क्षेत्रमा नयाँ उत्साह थप्ने विश्वास समेत उनले गरेका छन् । सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्यमा निजी क्षेत्र हातेमालो गर्न तयार रहेको प्रतिबद्धता उनले व्यक्त गरे । तर, यसका लागि राज्यले लगानीमैत्री नीति र व्यवसायीहरूलाई दिगो सुरक्षाको प्रत्याभूति दिनुपर्ने उनको माग छ।
अर्थमन्त्रीले बोलाए आईटी क्षेत्रका दुई दर्जन स्टार्टअप सञ्चालकलाई
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्दै छन् । बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो । अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुने छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीहरूले गरेका प्रयास एवं सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा अर्थमन्त्रीले सरकारको धारणा स्पष्ट पार्नेछन् । साथै, सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले देखेका सपना तथा सरकारले गर्नुपर्ने व्यावहारिक एवं नीतिगत सहजीकरणका सन्दर्भमा उनीहरूको मौखिक र लिखित धारणा बुझ्ने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ ।
भदौ २५ देखि एमाले केन्द्रीय कमिटी बैठक, त्यसअघि कार्यदल र सचिवालय बस्ने प्रस्ताव
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव शंकर पोखरेललाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले सोमबार गुण्डुबाट टेलिफोनमार्फत महासचिव पोखरेललाई आगामी भदौ २५, २६ र २७ गते केन्द्रीय कमिटी बैठक बोलाउन निर्देशन दिएका हुन् । पार्टीभित्र पछिल्लो समय देखिएका विभिन्न विषयमा छलफल तथा संगठनात्मक कामलाई अघि बढाउने उद्देश्यले केन्द्रीय कमिटी बैठक बोलाउन लागिएको हो । अध्यक्षको निर्देशनपछि महासचिव पोखरेलले बैठकअघि पूरा गर्नुपर्ने सांगठनिक तथा राजनीतिक विषयबारे ओलीसँग छलफल गरेका छन् । पोखरेलले केन्द्रीय कमिटी बैठकभन्दा अघि पार्टी पुनर्गठनका लागि गठन गरिएको कार्यदलको बैठक बस्नुपर्ने प्रस्ताव गरेका छन् । त्यसपछि सचिवालय बैठक बोलाएर कार्यदलबाट आएका प्रस्ताव तथा अन्य सांगठनिक विषयमा छलफल गरेपछि मात्रै केन्द्रीय कमिटी बैठकमा लैजान उपयुक्त हुने पोखरेलको धारणा छ । महासचिव पोखरेलले पछि अध्यक्ष ओलीलाई भेटेरै कार्यदल र सचिवालयको बैठकको प्रक्रिया पूरा गरेर केन्द्रीय कमिटी बैठक बोलाउने प्रस्ताव गरेका हुन् । उनका अनुसार पार्टी पुनर्गठनसँग सम्बन्धित विषयमा कार्यदलले आवश्यक गृहकार्य गरेपछि त्यसलाई सचिवालयमार्फत संस्थागत छलफलमा लैजान सहज हुनेछ । यसअघि पार्टीभित्र संगठनात्मक पुनर्गठन तथा आन्तरिक व्यवस्थापनका विषयमा छलफल गर्न कार्यदल गठन गरिएको थियो । अब उक्त कार्यदलको बैठक, त्यसपछि सचिवालय बैठक र अन्तिममा केन्द्रीय कमिटी बैठक बस्ने गरी तयारी अघि बढाउने विषयमा नेतृत्वबीच छलफल भइरहेको छ । अध्यक्ष ओलीले भने भदौ २५ देखि २७ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्ने गरी तयारी अघि बढाउन निर्देशन दिइसकेका छन् । बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा पुनर्गठनलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
प्रतिनिधिसभाको बैठक स्थगित, अब भदौ १० गते बस्ने
काठमाडौं । प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा एक दिनपछि सरेको छ । भदौ ९ गते मंगलबार दिउँसो १ बजे बस्ने तय भएको बैठक विशेष कारणले निर्धारित मिति र समयमा बस्न नसक्ने भएपछि भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको हो । प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको मिति र समय परिवर्तन गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।