विकासन्युज

मलेसिया घुम्न जाँदै हुनुहुन्छ ? यी हुन् उत्कृष्ट ५ पर्यटकीय गन्तव्य

काठमाडौं । मलेसिया दक्षिणपूर्वी एसियाको सुन्दर देश हो । मलेसियालाई संस्कृतिको भण्डार भनेर पनि चिनिन्छ । यही विशेषताका कारण विश्वभरिबाट ठूलो संख्यामा पर्यटकहरू यस देशमा घुम्न आउने गरेका छन् । यहाँ गएपछि तपाईं रात्रि जीवन, समुद्र तट, अन्य धेरै ठाउँहरू र सुन्दर पार्कहरूको आनन्द लिन सक्नुहुन्छ । मलेसियामा सस्तोमा पनि यात्राको आनन्द लिन सकिन्छ । पेनाङ हिलदेखि मलाक्का जस्ता सुन्दर ठाउँहरू देखेर तपाईं मंत्रमुग्ध हुनुहुनेछ । यसबाहेक तपाईं मलेसियामा यी ठाउँहरू पनि घुम्न सक्नुहुन्छ । पेनाङ हिल पेनाङ हिललाई प्रायद्वीप मलेशियाको पहिलो औपनिवेशिक हिल स्टेशन मानिन्छ । पेनाङ मलेसियाको प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक हो । यहाँका स्थानीयले यसलाई बुकेट बान्देरा भन्ने गर्छन् । सामान्यतया यो ठाउँ जर्ज टाउनभन्दा १५ डिग्री चिसो छ । पेनाङलाई खानाको स्वर्ग पनि भनिन्छ । यस बाहेक स्नेक टेम्पल, केक लोक सि मन्दिर जस्ता धेरै मन्दिरहरू छन् । यस बाहेक यहाँको गाउँ नजिकै माछा मार्न पनि पाइन्छ । जुन निकै चर्चित छ । क्वालालम्पुर मलेसियाको राजधानी क्वालालम्पुरमा घुम्न चाहनेहरूका लागि धेरै कुरा छन् । यहाँको प्रतिष्ठित पेट्रोनास ट्विनटावर विश्वको सबैभन्दा अग्लो ट्विनटावरहरूका रूपमा प्रसिद्ध छन् । यहाँ तपाईं बाटु गुफा पनि हेर्न सक्नुहुन्छ । जसको संरचनाले तपाईंको मन चोर्नेछ । यस बाहेक स्क्वायर, केयर टावर, इस्लामिक आर्ट म्युजियम मलेशिया पनि यहाँ घुम्न पाइने छ । चाइनाटाउनको पार्टी सौन्दर्य, सुल्तान अब्दुल समद मस्जिद र बर्ड पार्कले तपाईंलाई मोहित पार्नेछ । यही कारणले गर्दा मलेसिया जाने पर्यटकलाई पहिले क्वालालम्पुर मन पर्छ । मलाक्का मलेसियामा रहेको मलाक्कालाई व्यापारिक बन्दरगाह भनिन्छ । यो बन्दरगाह हाल युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ । यहाँ अवस्थित पुरातन भवन र समुद्री तटले मानिसहरूलाई आकर्षित गर्दछ । जसका कारण यो मलेसियाका प्रमुख गन्तव्यमा परेको छ । तमन नेगार तमन नेगारा १०३ मिलियन वर्ष पुरानो वर्षावन भएको संरक्षित क्षेत्र हो । यसलाई साहसिक कार्यको खजाना पनि भनिन्छ । जङ्गलको बाटो भएर हिँड्दा निकै रमाइलो लाग्छ । रंगीन चराचुरुङ्गी हेर्ने र तहन हिमाल चढ्नुको आफ्नै अनौठो आनन्द छ । तमन नेगर मलेसियाको सबैभन्दा चुनौतीपूर्ण पदयात्रा मध्ये एक मानिन्छ । तपाईं यहाँ गुआ तेलिङ्गा चुने स्टोन गुफा भ्रमण गरेर मजा लिन सक्नुहुन्छ । कोटा किनबालु कोटा किनाबालु माउन्ट किनबालुको नामबाट नामाकरण गरिएको हो । यो ठाउँ यसको सुन्दर शहर, हिमाल र टापुहरूको लागि परिचित छ । यस बाहेक यो स्थान रेशमका साडी, डोरी र सुनका गहनाका लागि प्रसिद्ध छ । मलेसियाको यो सुन्दर ठाउँमा दैनिक ठूलो संख्यामा पर्यटकहरू आउने गर्दछन् । एजेन्सी

लाभांश संशोधन गरेर अपि पावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । अपि पावर कम्पनीले वार्षिक साधरण सभा र बुक क्लोजको नयाँ मिति निर्धारण गरेको छ । यसअघि प्रस्ताव गरेको लाभांश संशोधन गरेर कम्पनीले आगामी कात्तिक ११ गते वार्षिक साधारण सभा तथा कात्तिक २ गते गर्ने बुक क्लोज गर्ने निर्णय गरेको छ । विद्युत नियमन आयोगले यसअघि कम्पनीले प्रस्ताव गरेको लाभांश  स्वीकृत नगरेपछि कात्तिक १ गते बोलाइएको साधारण सभा स्थगित भएको थियो । कम्पनीको असोज १८ मा सम्पन्न संचालक समितिको बैठकले आव २०८१/०८१ को खुद मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र ०.२६३२ प्रतिशत कर प्रायोजनका लागि नगद लाभांश वितरण गर्ने नयाँ प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रहेको छ । आयोगको निर्देशन अनुसार लाभांश परिमार्जनसँगै साधारण सभा आह्वान गरेको कम्पनीले जनाएको छ । यसअघि ९ प्रतिशतका दरले वोनस सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । विद्युत नियमन आयोगले अपि पावरले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणबाट ‘अनरियलाइज्ड् गेन’ लाई खुद नाफा देखाएको भन्दै प्रस्तावित लाभांश वितरणमा रोक लगाएको थियो । कम्पनीले अब नयाँ लाभांश पछिको नाफाको रकम ४.२५०३ प्रतिशत बराबरको रकम २४ करोड ५९ लाख ५२ हजार ९२ रुपैयाँ कम्पनीको जगेडा कोषमा राख्ने निर्णय समेत गरेको छ । साथै साधारण सभा प्रयोजनका लागि आगामी कात्तिक २ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ ।

त्रिशूलीको बाढीले तनहुँ र चितवन जोड्ने झोलुंगे पुल जोखिममा

तनहुँ । गत असोज ११ र १२ गतेको अविरल वर्षापछि त्रिशूली नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुंगे पुल जोखिममा परेको छ । त्रिशूली नदीमा आएको बाढीले तनहुँको आँबुखैरेनी गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका-२९ जोड्ने घुमाउनेको झोलुंगे पुल जोखिममा परेको हो । बाढीले पुल जोखिममा परेपछि आवतजावतमा समस्या भएको आँबुखैरेनी–५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । घुमाउनेमा निर्माणाधीन पक्की पुल विगत १० वर्षदेखि अलपत्र हुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतका लागि यो पुलमात्रै विकल्प हो । पुल पनि बाढीले जोखिममा परेपछि हिँडडुलमा समस्या भएको वडाध्यक्ष गुरुङको भनाइ छ । ‘घुमाउनेका सर्वसाधारण यही पुल प्रयोग गरी मुग्लिन–नारायणगढ खण्डमा निस्किएर यात्रा गर्छन्, पुल खतरामा परेको छ’, उनले भने । दशैं सुरु भएसँगै सर्वसाधारणको आवतजावत बढेको र पुलको जोखिमका कारण समय मिलाएर पुल वारपार गर्ने व्यवस्था मिलाइएको गुरुङले बताए । बाढीले गर्दा पुल नै कोल्टिएको छ ।

बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

जनकपुरधाम । यही असोज ११ तथा १२ गते आएको बाढीबाट सर्लाहीको कर्मेयास्थित बागमती सिँचाइ आयोजनामा १० करोड ४० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । लालवकैया, लखनदेही, बागमती, चाँदी तथा झाँझ नदीमा आएको बाढीले उक्त आयोजनामा क्षति पुर्‍याएको हो । सर्लाही र रौतहट जिल्लामा करिब ४६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको उक्त आयोजनामा बाढीले क्षति पुर्‍याउँदा अहिले सिँचाइ कार्यमा असर पुगेको आयोजनाका डिभिजन प्रमुख अनुभव चौधरीले बताए । बागमतीको बैराज, बैराजको ढोका र त्यसको तलको पक्की सतह तथा तटबन्ध, रौतहटतर्फको पश्चिमी मूलनहर तथा सर्लाहीतर्फको पूर्वी मूलनहर, शाखा नहर, उपशाखा नहर, हेडवक्रस तथा बाँध र नहर जोड्ने मुख्य तथा सहायक सडक बाढीले क्षति पुर्‍याएको उनले जानकारी दिए । रौतहटतर्फको पश्चिमी मूल नहरको चाँदी साइफान, मानपुर शाखा अन्तर्गतको हजरिया शाखा, प्रेमपुर शाखा, महमोदपुर शाखा, भोलहिया शाखाअन्तर्गतको लौकहा प्रशाखा, जिगङरिया शाखाको नहर तथा बाँध रहेको क्षेत्र बाढीले क्षति पुर्‍याएको छ । यस्तै, सर्लाहीतर्फको पूर्र्वी मूल नहरको लक्ष्मीपुर शाखा, पूर्वी मूलनहरको गडैया शाखाको आरफोर सेक्सन तथा सडकमा क्षति पु¥याएको प्रमुख चौधरीले बताए । विसं २०३५ मा निमार्ण सुरु भएको उक्त आयोजना २०५० सालमा सञ्चालनमा आएको हो ।

भारतको विदेशी मुद्रा सञ्चिति ७ खर्ब डलर नाघ्यो, जापानकाे कति छ ?

काठमाडौं । भारतको विदेशी मुद्रा सञ्चिति पहिलो पटक ७ खर्ब अमेरिकी डलर नाघेको छ । सेप्टेम्बर २७ मा समाप्त भएको सातामा १२ अर्ब ६ करोड डलरको बढोत्तरी भएको थियो । साप्ताहिक वृद्धि हेर्ने हो भने यो भारतको विदेशी मुद्रा भण्डारमा अहिलेसम्मको पाँचौं ठूलो वृद्धि हो । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार विदेशी मुद्रा सञ्चिति ७ खर्ब ४ अर्ब ८० करोड डलर रहेको अनुमान छ । चीन, जापान र स्विट्जरल्यान्डपछि भारत यो कोशेढुंगा पुग्ने चौथो देश बनेको छ । चीनको विदेशी मुद्रा सञ्चिति भारतको भन्दा झन्डै पाँच गुणा बढी छ । अमेरिकापछि चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो तर विदेशी मुद्रा सञ्चितिको हिसाबले चीनको नजिक कोही पनि छैन । वर्षको पहिलो त्रैमासिकमा चीनको विदेशी मुद्रा सञ्चिति करिब ३५ खर्ब डलर थियो । यो सूचीमा जापान दोस्रो नम्बरमा छ । यसको विदेशी मुद्रा सञ्चिति करिब १३ खर्ब डलर छ । युरोपको सानो राष्ट्र स्विट्जरल्यान्ड यो सूचीमा तेस्रो स्थानमा छ । योसँग करिब ९ खर्ब डलरको विदेशी मुद्रा सञ्चिति छ । त्यस्तै सुन भण्डारमा अमेरिका सबैभन्दा अगाडि छ । अमेरिकी सरकारको कोषमा करिब ८ हजार १ सय ३३ टन सुन जम्मा छ । भारतको विदेशी मुद्रा भण्डारमा सबैभन्दा ठूलो साप्ताहिक उछाल अगस्ट २०२१ मा आयो । त्यतिबेला यो १६ अर्ब ६० करोड डलरले बढेको थियो । मार्च २०२४ देखि विदेशी मुद्रा सञ्चिति ५८ अर्ब ४० करोड डलरले बढेको छ भने गत वर्षको तुलनामा १ खर्ब १७ अर्ब ९० करोड डलरले बढेको छ । आरबीआई गभर्नर शक्तिकान्त दासको कार्यकालमा भारतको विदेशी मुद्रा सञ्चितिमा अहिलेसम्मकै सबैभन्दा छिटो मासिक वृद्धि भएको छ। यो ७० महिनाको अवधिमा प्रतिमहिना ४ अर्ब २० करोड भएको छ । उनले पदभार ग्रहण गरेदेखि यो २ खर्ब ९८ अर्ब डलरले ले बढेको छ । एजेन्सी

नाइजेरियामा १० हजार बढीमा हैजा संक्रमण, साढे ३ सयको मृत्यु

नाइजेरिया । यस वर्षको जनवरीदेखि सेप्टेम्बरको बीचमा दक्षिणपश्चिमी राज्य लागोससहित ३३ वटा नाइजेरियाली राज्यमा हैजाको प्रकोपले कम्तीमा ३५९ जनाको मृत्यु भएको नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) ले जनाएको छ । राजधानी अबुजामा हैजाको प्रकोपको अद्यावधिक गरिएको तथ्यांकमा जनस्वास्थ्य विभागले संक्रमितको संख्या बढेर १० हजार ८३७ पुगेको पुष्टि गरेको छ । यस वर्ष अहिलेसम्म नाइजेरियाका ३३ वटा राज्यमा हैजाको घटना सुचित गरिएको छ । गत हप्ता मात्रै पाँच राज्यमा १ सय ९८ वटा नयाँ संक्रमण रिपोर्ट गरिएको थियो जसमा मृत्युको अनुपात ७.६ प्रतिशत रहेको एनसीडीसीले जनाएको छ । क्षेत्रीय राष्ट्रिय हैजा प्राविधिक समूहको नेतृत्व गर्दै, एनसीडीसीले अधिकारीहरूलाई हैजा रोकथामको तयारी र प्रतिस्थापन योजना बढाई आपतकालीन व्यवस्थापनको लागि क्षमता विकास गर्न आग्रह गरेको छ । प्रकोपबाट प्रभावित समुदायमा खुलारुपमा दिशा पिशाब गर्ने गलत अभ्यास रहेको एनसीडीसीले उल्लेख गरेको छ । पिउने पानी र सरसफाइमा कमजोर पहुँचलाई प्रकाश पार्दै एनसीडीसीले यस्तो अस्वस्थ्य अभ्यासले हैजा फैलावट रोक्ने देशको प्रयासमा चुनौती खडा गरेको जनाएको छ । हैजा एक अत्यधिक विषाक्त रोग हो जुन गम्भीर झाडा–पखालाको अचानक सुरुवातको विशेषता हो । यसले शरिरमा तरल पदार्थको कमी (डिहाइड्रेसन) का कारण मृत्यु निम्त्याउन सक्छ । विशेष गरी घना जनसङ्ख्या भएका क्षेत्रहरूमा पिउने पानीको आपूर्तिको अभावका कारण नाइजेरियामा हैजाको प्रकोप बारम्बार बढिरहेको जनाइएको छ ।

पर्यटनमन्त्री र आन्दोलनरत क्याबिन क्रुबीचको वार्ता सकारात्मक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनै पनि गतिविधि नगर्न गरेका छन् । विमान परिचालकहरूको आन्दोलनपछि उडान रद्द हुँदा दुबई र हङकङका २ वटा उडान रद्ध भएका थिए । ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारकरपरिचारिका) हड्तालमा उत्रिएपपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् । ‘निगमका कार्यरत परिचालिका र परिचालकको विषयमा सर्वोच्च अदालतले समेत दुई पटक छुट्टाछु‌ट्टै आदेश दिएको छ,’छलफलका क्रममा मन्त्री पाण्डेले भने,‘ भने, ‘उक्त विषय अदालतले अन्तिम टुंगो लगाएको छैन । यसबीचमा विनियमावली परिवर्तन गर्न मिल्छ कि मिल्दैन यसबारे कानुनविद् र महान्यायाधिवक्तासँग बुझ्‌छौँ । चाडबाड र संकटको अवस्थामा कुनै पनि हालतमा सेवालाई नरोकिदिनुहोस् ।’ मन्त्री पाण्डेसँग उक्त कुरामा विमान परिचालिका एवं परिचालकहरूले भने आजै पुनः छलफल गरि काममा फर्किने गरि टुंगोमा पुग्ने विश्वास दिलाएका छन् । निगममा कार्यरत परिचारिकारपरिचारकहरूको संस्था नेफाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए । उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए ।

बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन- प्रधानमन्त्री राहत कोषमा छिटो सहयोग गर्नू

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्न निर्देशन दिएको छ । असोज ११ गते शुक्रबार र १२ गते शनिबार अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको विषम परिस्थितिमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्न सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको हो । प्राधिकरणले सबै बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व कोष वा अन्य कुनै कोषबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा छिटोभन्दा छिटो सहयोग रकम जम्मा गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिएका छन् ।