दार्चुलाको व्यास १ र २ को मतगणना सकियो, कांग्रेस ५३ मतले अगाडि
खलङ्गा । एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा व्यास गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सम्पन्न भएको छ । प्रारम्भिक नतिजाअनुसार नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशी (रुख) अग्रस्थानमा रहेका छन् । जोशीले कुल ३९२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका गणेश सिंह ठगुन्ना (सूर्य) ले ३३९ मत प्राप्त गरेका छन् । जोशी ठगुन्नाभन्दा ५३ मतले अगाडि रहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश सामन्त (घण्टी) ले ६६ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मण दत्त जोशी (तारा) ले ९ मत प्राप्त गरेका छन् । अन्य वडाको मतगणना भने जारी रहेको निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए ।
काठमाडौंको सुरक्षा कमाण्डपछि संसदीय यात्रामा, कुलमानलाई हराएर राखे रेकर्ड
काठमाडौं । काठमाडौं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन् । उनले १८ हजार ७५७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएर दोस्रो बने । यो क्षेत्रमा कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले ३ हजार ८१६ मत ल्याए । नेकपाका उम्मेदवार निरज लामाले ५१८ मत मात्रै ल्याए । उनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख भएर काम गरिसकेका छन् । उनले करिब डेढ दशकभन्दा बढी समय सार्वजनिक सुरक्षा र कानून कार्यान्वयनसँग सम्बन्धित क्षेत्रमा सेवा दिएका छन् । उनको कार्यशैली कडा अनुशासन, निर्णय क्षमता र प्रशासनिक नेतृत्वका कारण चर्चित छ । पाण्डे काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख बनेपछि उनी सार्वजनिक रूपमा धेरै चर्चामा आए । विशेष गरेर उनी बालेनसँग नजिक भएपछि चर्चामा आएका थिए । उनले सार्वजनिक स्थानमा अतिक्रमण नियन्त्रण, सडक व्यवस्थापन, फुटपाथ व्यापार नियन्त्रण, महानगरका नियम कार्यान्वयन जस्ता कामहरूको नेतृत्व गरेका थिए । सामाखुसी घर भएका उनले शैक्षिक योग्यता स्नातकोत्तर पास रहेको छ ।
काठमाडौं–३ मा राजु पाण्डे विजयी, पराजित भए कुलमान
काठमाडौं । काठमाडौं-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन् । उनले १८ हजार ७५७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएर दोस्रो बने । यो क्षेत्रमा कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले ३ हजार ८१६ मत ल्याए । नेकपाका उम्मेदवार निरज लामाले ५१८ मत मात्रै ल्याए ।
मोरङ ६ मा रास्वपाकी उम्मेदवार आचार्यले बढाइन् मत
काठमाडौं । मोरङ-६ मा रास्वपाकी उम्मेदवार रुबीना आचार्यले २२ हजार ४०७ मत प्राप्त गरेकी छन् । उनी कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला भन्दा १७ हजार मतले अगाडि छिन् । नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले ५ हजार २२७ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवारले भने ३ हजार ९६८ मत प्राप्त गरेका छन् ।
कांग्रेसले निकाल्यो दोस्रो जित, मनाङमा टेकबहादुर गुरुङ विजयी
काठमाडौं । प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न अन्तिम मतपरिणामअनुसार उनी विजयी भएको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिए । गुरुङले २ हजार ४१४ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी) ले ४५४ मत पाइन् । यद्यपि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ । यो कांग्रेसको दोस्रो जित हो । कांग्रेसले मुस्ताङमा पनि जितेको छ ।
झापा ५ मा बालेन ओलीभन्दा १० हजार बढी मतले अगाडि
काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह १० हजारभन्दा बढी मतले अगाडि रहेका छन् । ताजा मतपरिणामअनुसार शाहले १३ हजार ६५४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले ३ हजार ११ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसको उम्मेदवारले ४०३ र तारा चिन्हका उम्मेदवारले ३७० मत प्राप्त गरेका छन् ।
पाँचौं पटक संसदमा प्रचण्ड, पूर्वप्रधानमन्त्रीबाट बन्न सक्छन् एक्ला विजेता
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् । उनी पूर्वी रुकुमबाट विजयी भएका हुन् । उनले ११ हजार २८२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार लिलामणी गौतमलाई ७ हजार ३४९ बढी मतान्तरले पराजित गरे । गौतमले ३ हजार ९३३ मत पाएका हुन् । विद्यार्थी जीवनमै राजनीतिक चेतना बोकेका प्रचण्डले कक्षा १० पढ्दादेखि नै राजनीतिक गतिविधिमा रुचि देखाएका थिए। वि.सं. २०२८ सालमा कम्युनिस्ट आन्दोलनसँग औपचारिक रूपमा आबद्धता जनाएका हुन् । त्यसपछि उनको राजनीतिक यात्रा निरन्तर अगाडि बढ्दै गयो । २०४६ सालको जनआन्दोलन हुनुअघि उनी मशालका महासचिव भइसकेका थिए । त्यसपछि नेपालको राजनीतिक इतिहासलाई नै मोड दिने घटनामध्ये एक वि.सं. २०५२ साल फागुन १ गते सुरु भएको सशस्त्र आन्दोलनको नेतृत्व उनले गरे । त्यस्तै, २०५८ सालमा प्रचण्ड नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बने भने सोही वर्ष उनले जनमुक्ति सेनाको सर्वोच्च कमान्डरको जिम्मेवारी पनि सम्हाले । उनी पहिलो पटक २०६५ सालमा प्रधानमन्त्री बनेका थिए भने त्यसपछि २०७३ र तेस्रो पटक २०७९ मा प्रधानमन्त्री बनेका थिए । वि.सं. २०६४ को पहिलो संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौं–१० बाट निर्वाचित भएका उनी वि.सं. २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिरहा–५ बाट निर्वाचित भएका थिए । २०७४ मा चितवन–३ बाट निर्वाचित भएका उनी २०७९ मा गोरखाबाट निर्वाचित भएका थिए । यस पटक उनी रुकुम पूर्वबाट विजयी भएका हुन् । यो उनको संसदमा पाँचौं पटक हो । यस पटक उनी वियजी हुने सायद एक्ला पूर्व प्रधानमन्त्री बन्न सक्ने सम्भावना बढेको छ ।
रुकुमपूर्वमा प्रचण्ड विजयी
काठमाडौं । रुकुम पूर्वमा पूर्वप्रधानमन्त्रीमध्ये नेकपा संयोजक पुष्पकमल दाहाल विजयी भएका छन् । दाहाल ११ हजार २ सय ८२ मतसहित विजयी भएका हुन् ।दाहाल लगातार पाँचौँपल्ट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । दाहालका निकटतम् प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ९ सय ३३ मत पाए । त्यस्तै कांग्रेस उम्मेदवार कुसुम थापाले ३ हजार २ सय ८० मत पाउँदा रास्वपाका लखनकुमार थापाले ७९१ मत ल्याए । त्यस्तै प्रलोपाका सन्दीप पुनले २०१ मत ल्याए । पहिलो संविधानसभा निर्वाचनमा उनी काठमाडौं १० र रोल्पा २ बाट निर्वाचित भएका थिए । संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित र काठमाडौं १० बाट पराजित भएका थिए । २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी गोरखा २ बाट निर्वाचित भए । पूर्वमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईको आग्रहमा गोरखा २ मा गएर विजयी भएका थिए । तर विजय भएपछि दुई नेताबीच तिक्तता बढेको थियो । जेनजी आन्दोलनका कारण संसद् विघटन भएपछि २१ फागुन २०८२ को निर्वाचनका लागि उनी पूर्वी रुकुम पुगेका हुन् ।