विकासन्युज

भुजुङ्ग हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । भुजुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज माघ १५ गते अन्तिम दिन रहेको छ । माघ १२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २० लाख कित्ता सेयर आईपीओ जारी गर्नेछ । जसमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात् १ लाख कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा कर्मचारीलाई २० हजार कित्ता र सामूहिक लगानी कोषलाई ५० हजार कित्ता सेयर सुरक्षित राखी बाँकी रहेको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।  लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत मार्फत आवेदन दिन सक्नेछन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १ अर्ब ३७ करोड रुपैयाँ, खराब कर्जा १.८८ प्रतिशत

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १६.२९ प्रतिशत घटेर १ अर्ब ३७ करोड ३३ लाख २४ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ६४ करोड ६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ९.१३ प्रतिशत घटेर १ अर्ब ९७ करोड ४२ लाख १६ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब १७ करोड २४ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ११.५४ प्रतिशत बढेर ७७ करोड ५७ लाख २४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २.८५ प्रतिशत घटेर ३ अर्ब १२ करोड ७० लाख ८२ हजार रुपैयाँ, सञ्चालन नाफा १६.२१ प्रतिशत घटेर १ अर्ब ९६ करोड ६४ लाख ३४ हजार रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ९१ करोड २५ लाख ४७ हजार रुपैयाँ रहेको छ । १० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब २३ करोड १३ लाख ५४ हजार रुपैयाँ रहेको छ ।  पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन ९.६४ प्रतिशत बढेर १ खर्ब ३७ अर्ब ४२ करोड ७३ लाख ४८ हजार रुपैयाँ र कर्जा प्रवाह ५.९७ प्रतिशत घटेर ६८ अर्ब ५४ करोड २३ लाख २८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले १ खर्ब २५ अर्ब ३३ करोड ८८ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ८९ करोड ३० लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ५९.९९ प्रतिशत छ । यस्तै, बैंकको आधार दर ४.७६ प्रतिशत छ ।  बैंकको प्रतिसेयर आम्दानी ५.३२ रुपैयाँ घटेर २७.३५ रुपैयाँमा झरेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २३.१० गुणा छ ।  गत वर्षको पुसमा १.७१ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा बढेर १.८८ प्रतिशत पुगेको छ । 

लक्ष्मी सनराइजको ब्याज आम्दानी ५ अर्ब २४ करोड, कर्जा ४.७१ प्रतिशत बढ्यो

काठमाडौं । लक्ष्मी सनराइज बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा २७ करोड ३६ लाख १५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब १६ करोड २० लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १.१४ प्रतिशत बढेर ५ अर्ब २४ करोड ९० लाख ३७ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब १९ करोड १ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १८.१५ प्रतिशत बढेर १ अर्ब १८ करोड ३ लाख ७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ९.४४ प्रतिशत बढेर ७ अर्ब ३४ करोड ३९ लाख ८८ हजार रुपैयाँ, सञ्चालन नाफा १५ करोड ९८ लाख ८ हजार रुपैयाँ ऋणात्मक छ ।  समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ८४ करोड २७ लाख १३ हजार रुपैयाँ ऋणात्मक छ । २६ अर्ब ७८ करोड ११ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ५८ करोड ९ लाख ४८ हजार रुपैयाँ रहेको छ ।  पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन ४.६८ प्रतिशत बढेर ३ खर्ब ८४ अर्ब २३ करोड ८ लाख ५४ हजार रुपैयाँ र कर्जा प्रवाह ४.७१ प्रतिशत बढेर २ खर्ब ८७ अर्ब ९० करोड ३१ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ३ खर्ब ६७ अर्ब ५ करोड ३७ लाख ६ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७४ अर्ब ९६ करोड ३६ लाख ६७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७७.४४ प्रतिशत छ । यस्तै, बैंकको आधार दर ५.४७ प्रतिशत छ ।  बैंकको प्रतिसेयर आम्दानी २.०४ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६.२३ रुपैयाँ छ । गत वर्षको पुसमा ५.५६ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा घटेर ५.५० प्रतिशतमा झरेको छ । 

एनएमबि बैंकको निक्षेप र कर्जा दुवै बढ्यो, नाफा १ अर्ब ६४ करोड रुपैयाँ

काठमाडौं । एनएमबि बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १७.७१ प्रतिशत घटेर १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले २ अर्ब ३५ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १२.१८ प्रतिशत बढेर ४ अर्ब ७७ करोड १४ लाख ७६ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २५ करोड ३२ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २१.१७ प्रतिशत बढेर १ अर्ब ३४ करोड २९ लाख ८१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.२१ प्रतिशत बढेर ६ अर्ब ५४ करोड ९२ लाख १२ हजार रुपैयाँ, सञ्चालन नाफा १५.२९ प्रतिशत घटेर २ अर्ब ५० करोड ९९ लाख ६८ हजार रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ५६ करोड ४३ लाख १३ हजार रुपैयाँ रहेको छ । १९ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ८१ करोड २५ लाख ४० हजार रुपैयाँ रहेको छ ।  पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन ३.७४ प्रतिशत बढेर २ खर्ब ९१ अर्ब ४४ करोड १० लाख ४२ हजार रुपैयाँ र कर्जा प्रवाह ४.८२ प्रतिशत बढेर २ खर्ब ३९ अर्ब ४७ करोड ६ लाख ४९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले २ खर्ब ८० अर्ब ९२ करोड ६४ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २८ अर्ब ४५ करोड ६३ लाख ४ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.०९ प्रतिशत छ । यस्तै, बैंकको आधार दर ५.४८ प्रतिशत छ ।  बैंकको प्रतिसेयर आम्दानी ३.६८ रुपैयाँ घटेर १७.१० रुपैयाँमा झरेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १६८.७५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.९८ गुणा छ ।  गत वर्षको पुसमा ३.९७ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा बढेर ४.५६ प्रतिशत पुगेको छ ।  

एनआईसी एशिया बैंकको निक्षेप २.६४ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १३.५४ प्रतिशत घटेर १३ करोड ११ लाख ९१ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले १५ करोड १७ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १५.८७ प्रतिशत घटेर ४ अर्ब ३६ करोड ३८ लाख ८३ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब १८ करोड ६९ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ११ प्रतिशत बढेर ७० करोड २१ लाख ३७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११.८१ प्रतिशत घटेर ५ अर्ब ३३ करोड ९१ लाख ५७ हजार रुपैयाँ, सञ्चालन नाफा ४२.१६ प्रतिशत घटेर १९ करोड ७७ लाख ७७ हजार रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७ अर्ब ३९ करोड ९५ लाख ३६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २२ अर्ब ६ करोड ८१ लाख ७६ हजार रुपैयाँ रहेको छ ।  पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन २.६४ प्रतिशत बढेर ३ खर्ब २७ अर्ब ५० करोड १४ लाख १२ हजार रुपैयाँ र कर्जा प्रवाह ६.६१ प्रतिशत घटेर २ खर्ब ९ अर्ब ३१ करोड १२ लाख ८६ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ३ खर्ब १९ अर्ब ६ करोड ५८ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २४ अर्ब १२ करोड १८ लाख ५६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६७.१० प्रतिशत छ । यस्तै, बैंकको आधार दर ६.४१ प्रतिशत छ ।  बैंकको प्रतिसेयर आम्दानी ०.२८ रुपैयाँ घटेर १.७६ रुपैयाँमा झरेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १९८.३३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १८८.४४ गुणा छ ।  गत वर्षको पुसमा ४.६१ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा बढेर ७.४७ प्रतिशत पुगेको छ । 

नाफामा नम्बर वान बन्यो नबिल बैंक, वितरणयोग्य नाफा ३ अर्ब २७ करोड रुपैयाँ

काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ४६.७१ प्रतिशत बढेर ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यससँगै चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंक बनेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी २.४२ प्रतिशत बढेर ८ अर्ब ८ करोड ७२ लाख ८८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ८९ करोड ५९ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ६.६१ प्रतिशत बढेर १ अर्ब ६१ करोड १३ लाख २७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.५८ प्रतिशत बढेर १० अर्ब ६३ करोड १७ लाख २९ हजार रुपैयाँ, सञ्चालन नाफा २६.९५ प्रतिशत बढेर ६ अर्ब ५७ करोड २६ लाख ९८ हजार रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब २७ करोड ३० लाख ३२ हजार रुपैयाँ रहेको छ । ३२ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३३ अर्ब ४२ करोड ८० लाख ५६ हजार रुपैयाँ रहेको छ ।  पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन ७.९० प्रतिशत बढेर ५ खर्ब ६६ अर्ब ५ करोड ९४ लाख १४ हजार रुपैयाँ र कर्जा प्रवाह ५.७८ प्रतिशत बढेर ४ खर्ब ३४ अर्ब ७३ करोड ८४ लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड ५९ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब ९९ करोड २० लाख ४१ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.१२ प्रतिशत छ । यस्तै, बैंकको आधार दर ५.०४ प्रतिशत छ । गत वर्षको पुसमा ४.९३ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा ४.२५ प्रतिशतमा झरेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ११.०६ रुपैयाँ बढेर ३५.०४ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २३५.६४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.९१ गुणा छ ।

ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब २५ करोड रुपैयाँ, निक्षेप संकलन ६ खर्ब नाघ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ६.५० प्रतिशत बढेर ३ अर्ब २५ करोड २१ लाख १७ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३.३३ प्रतिशत घटेर ८ अर्ब २ करोड २३ लाख १७ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ८ अर्ब २९ करोड ८५ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ९.७४ प्रतिशत बढेर १ अर्ब ७५ करोड ६२ लाख ५५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.६९ प्रतिशत बढेर १० अर्ब ८७ करोड ९ लाख ३२ हजार रुपैयाँ, सञ्चालन नाफा १.७२ प्रतिशत बढेर ४ अर्ब २७ करोड ६३ लाख २७ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ४२ करोड ६६ लाख ७५ हजार रुपैयाँ रहेको छ ।  ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २६ अर्ब २७ करोड ८ लाख ४८ हजार रुपैयाँ रहेको छ ।  पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन १०.०३ प्रतिशत बढेर ६ खर्ब ५ अर्ब ८८ करोड २ लाख ७८ हजार रुपैयाँ र कर्जा प्रवाह ५.५७ प्रतिशत बढेर ४ खर्ब ३२ अर्ब ९६ करोड ७२ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ५ खर्ब ५० अर्ब ६२ करोड ८५ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब ११ करोड ३९ लाख ३३ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७१.५५ प्रतिशत छ । यस्तै, बैंकको आधार दर ५.१६ प्रतिशत छ ।  बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी १.०४ रुपैयाँ बढेर १७.०६ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७५.२९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.२४ गुणा छ ।  गत वर्षको पुसमा ४.८६ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा ४.९१ प्रतिशत रहेको छ ।  

उच्च पहाडी तथा हिमाली भागमा मध्यम हिमपात र वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू-भागमा पूर्णतया बादल लागेको छ र बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा र गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।  त्यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।