विकासन्युज

चोरका अनेक दाउ – होस गर्नुस्, क्रेडिट कार्डको नम्बर चोरेर एकाउन्टको पैसा सकाउलान !

काठमाडौं, ८ भदौ। प्रहरीले एक व्यक्तिलाई विदेशीको क्रेडिट कार्ड डिटेल चोरी गरेर अनलाइन पेमेन्टबाट लाखौंको सामान किनेको अभियोगमा पक्राउ गरेको छ । गत जेठदेखि पटक पटक गरी हिमालयन बैंकबाट अनलाइन पेमेण्ट सुविधा लिएको नियोटेरिक नेपाल न्यूरोड र जावलाखेलबाट जापानी नागरिकको नाममा जारी क्रेडिट कार्डको नम्बरमार्फत विद्युतीय समान किनेको अभियोगमा एक युवालार्इ प्रहरीले समातेको हो । अर्काको नाममा जारी क्रेडिट कार्डको नम्बर चोरेर सामसुङ, हुवावे र लेनोभोका महंगा मोवाइलहरु अनलाइबाट खरिद गरी ठगी गरेको अभियोगमा बागलुङको गलकोट-९, घर भई हाल बालाजुस्थित बागलुङ प्याराडाईज होटल एण्ड रेष्टुरेण्टमा बस्ने गरेका तेजिन्द्र केसी गत एक गते प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । केसीलाई जापानमा बस्ने नेपाली साथीले जापानी नागरिकको क्रेडिट कार्डको नम्बर लगायतका विवरणहरू भाइबरमार्फत पठाएका थिए । त्यही विववरणको दुरूपयोग गर्दै केसीले अनलाइन पेमेण्ट गरी विभिन्न ब्राण्डका मोबाईल खरिद गर्ने गरेको खुलेको छ । केसीले खरिद गरेका मोबाइलहरु आफूले सापट लिएका व्यक्तिहरुलाई नियोटेरिकको न्यूरोड शाखामा लिन पठाउने गरेको ब्यूरोको अनुसन्धानले देखाएको छ । किनिएका मोबाइल फोनहरु केसीले सिधै साथीहरूलार्इ दिई सापटी तिर्ने गरेको ब्यूरोले जनानएको छ । केसीले अनलाइन पेमेन्टबाट किनिएका मोबाइल फोन केही म्रूल्य घटाई पुन: बेचेको पनि खुलेको छ । ब्यूरोले केसी ले जापान पठाइदिन्छु भनेर तथा अन्य प्रलोभनमा विभिन्न व्यक्तिहरुबाट रकम लिई ठगी गरेको पनि जानकारी दिएको छ । ब्यूरोले केसीबाट ठगिएकाहरूलार्इ सम्पर्क गर्न पनि भनेको छ ।

चीनले गर्यो नाकामा कडाइ, केरुङ र तातोपानी जान पनि भिसा चाहिने

काठमाडौं ८, भदौ । चीनको तातोपानी र केरुङ जान पनि नेपालीले अब भिसा लिनुपर्ने भएको छ । सुरक्षाको कारण देखाउँदै चीनले नेपालसँगका नाकामा कडाइ सुरु गरेको हो । यसअघि तातोपानी र केरुङ नाकाबाट अस्थायी सीमा पास लिएर सीमा क्षेत्रका बजार जान सकिन्थ्यो । तर, सीमा क्षेत्रमा तरुकरीलगायत अवैध गतिविधि बढेको भन्दै चीनले कडाइ गर्न थालेको हो । केरुङ मात्र होइन, नेपालसँग प्रयोगमा नआएका अन्य नाकामा पनि चीनले सुरक्षा व्यवस्था बलियो बनाउँदै लगेको छ । तर, नेपालतर्फ भने सुरक्षा अवस्था निकै फितलो भएकाले अवैध कारोबार गर्नेलाई सहज छ । भारतको नाकाबन्दी तथा तोपानी नाका बन्द भएपछि चीनसँगका अन्य नाकाबाट तस्करीलगायत गतिविधधि बढेका छन् । समाचार स्रोत नयाँ पत्रिका दैनिक ।

‘फास्ट ट्रयाक भारतलाई दिन माओवादीकै सहमति’, नेपालले आर्फैं बनाउने यस अघिको निर्णयमा धक्का

काठमाडौं ८, भदौ । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र काठमाडौं तराई द्रुत मार्ग (फास्ट ट्रयाक)निर्माणको जिम्मेवारी भारतीय कम्पनीलाई दिन तयार रहेको पार्टीकै नेताहरुले खुलासा गरेका छन् । यस अघि केपी ओलीको सरकारले आफैं बनाउने भनेको यो आयोजना प्रचण्ड सरकार आएपछि भारतीयलाई नै दिने खुलासा भइसकेको छ । सरकारको विशेष दूतका रूपमा नयाँदिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिमार्फत प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो सन्देश पठाएको ती नेताको दाबी गरेको खबर आजको कारोबार दैनिकमा छापिएको छ। सहुलियतपूर्ण ऋण तथा मूल्य समायोजन नेपाल सरकारले नै बेहोर्ने गरी द्रुतमार्ग निर्माणको जिम्मा भारतीय कम्पनीलाई सुम्पने निर्णय सुशील कोइराला नेतृत्वको नेपाली कांग्रेसको सरकारले गरेको थियो। मंगलबार स्वदेश फर्किएका निधिले पनि विभिन्न परियोजनाबारे भारतीय अधिकारीहरुसँग छलफल भएको विमानस्थलमा प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री दाहालले दुई देशबीचको सम्बन्ध सुधार्न भन्दै निधिलाई विशेष दूतका रूपमा भारत पठाएका थिए। यस अघि पनि निधीले भारतीयलाई नै यो योजानाको निर्माण दिने विषयममै  चर्को लविङ गरेका थिए । निधी भारत जानासाथ यो योजना भातरीयलाई नै बनाउने दिने सहमति भएको समाचार आएको हो ।

कार्गोबाट डलर ल्याउँदै चार बाणिज्य बैंक, डलर अभाव छिट्टै हटाउँने तयारी

काठमाडौं ८, भदौ । बजारमा अमेरिकी डलर अभाव बढेपछि चार बाणिज्य बैंकले विदेशबाट कार्गो गरेर डलर ल्याउने गृहकार्य थालेका छन्। आफूले विदेशमा राखेको अमेरिकी डलर कार्गो गरेर नेपाल भित्र्याउने गृहकार्यमा ती बैंक जुटेको छन। नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकले विदेशी डलर ल्याउने गृहकार्य अघि बढाएको नेपाल राष्ट्र बैंकका विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुगानाले जानकारी दिए । बजारमा डलरको अभाव भएसँगै यसको खोजीमा दौडधुप गर्नेको सख्या बढ्न थालोको समाचार सार्वजनिक भएपनि आम सर्वसाधारणको सहणताका लागि पनि बाणिज्य बैंकले यो कदम चालेको उल्लेख छ । आइतबारको तुलनामा डलर खोज्न आउनेको संख्या सोमबार बृद्धि भएको बैंकहरुले बताएका छन् । यसको भोलीपल्टै मंगलरबार डलर ल्याउन लागिएको उल्लेख छ । आम उपभोक्ताको नगदै बोक्ने बानीका कारण डलर अभाव भएको सिटिजन्स बैंक इन्छरेनशनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंघ भण्डारीले बताए । उनका अनुसार उपभोक्ताले अब डलर नगदमा होइन कार्ड प्रयोग गरेर लिनुपर्छ । विदेशी नागरिक तथा पर्यटकले डलरको कारोबार गर्न कार्ड नै प्रयोग गर्छन् । नेपाली उभोक्ता भने नगदै बोक्न रुचाउने भएकोले पनि बजारमा खोज्न जाँदा भनेकै समयमा नगद नपाइएको बैंकरको भनाइ छ । डलरको नगद कारोबारले कालोधनलाई सेतो बनाउन प्रयोग हुने तथा आतंकबादलाई प्रोत्सहन दिने भएकोले पनि नगद भन्दा कार्डनै प्रयोग गर्नुपर्ने सुझाव राष्टबैंकले थियो।  

विमास्थल वरपर लेजरलाइट निषेध, उड्डयन प्राधिकरणको सचेतना अभियान

काठमाडौं ७, भदौ । नेपालको उड्डयन क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिरकणल विमानस्थल वरपर विकिरण फ्याँक्ने लेजरलाइट प्रयोग निषेध गरेको छ । लेजरलाइटले जहाजको उडान अवतरणमा समस्या हुन थालेपछि प्राधिकरणले सचेतना अभियान संचालन गर्ने निर्णयसहित लेजरलाइट निषेध गरेको हो । गत शुक्रकार नेपाल वायुसेवा निगमको जहाज शुक्रबार काठमाडौं विमानस्थल नजिक आइपुगेपछि लेजरलाईको सीधा प्रभावले अवतरणै चुनौति दिएको घटना सार्वजनिक भएपछि प्राधिकरणले सचेतना अभियान थालेको हो । त्यतिबेला जहाजको ककपीट अर्थान चालक दल भएकै ठाँउमा सीधा लेजरलाइट परेका कारण जहाज ेअवतरणमै चुनौति दिएको समाचार सार्वजनिक भएको भएको थियो। गत शुक्रबार बैंककबाट फर्किंदै गरेको नेपाल वायुसेवा निगमको एयरबस ए–३२० विमान काठमाडौं भित्र छिरिसकेको थियो । साँझको बेला अँध्यारो उपत्यकाभित्र आइसकेको जहाज ठैंचु नाघेर हात्तिवनमाथिको आकासमा आएपछि ककपिटमा विपरित दिशा जडीबुटीबाट विकिरण उत्सर्जन गर्ने लेजर लाइटले ककपिटमा आक्रमण गर्‍यो । १ सय ४० यात्रु बोकेर आइरहेको विमानलाई अवतरण गराउन खोजिरहेका क्याप्टेनका आँखामा असर पर्‍यो । उनीहरु झस्किए । नेपाली आकासमा पाइलटहरुले यस्तो अवस्था यसअघि कहिल्यै ब्यहोरेका थिएनन् । विदेशी मुलुकमा बेलाबेला भइरहने यस्तो समस्या नेपाली पाइलटले गत शुक्रबार पहिलोपटक फेस गरे । लेजरलाइटले उत्सर्जन गरेको हरियो चुम्बिकय विकिरणले ककपिटको कमाण्ड सम्हालिरहेका चालकदलको आँखामै हानेपछि अप्ठ्यारो अवस्था पैदा भयो । धन्न त्यो विमानको कोपाइलट सिटमा बसेका चालकले यसबारे पूर्व जानकारी र अध्ययन गरेकाले सावधानी अपनाइ हाले । क्याप्टेनलाई तत्कालै विमानस्थल बाहिरबाट कुनै अपराधिक मानसिकता भएकाले लेजर लाइट हानेको हुन सक्ने ब्रिफिङ्ग गर्दै उनले विमानलाई ओभरसुट वा गो–अराउन्ड दायाँबाया मोड्ने कार्य गराएनन् । १६ सय मिटर हाराहारी उचाईबाट बिस्तारै डिसेन्ड झर्दै गरेको विमान हात्तिवन, इमाडोल कटाउदै जडीबुटीतर्फ आयो । लेजरलाइट ककपिटमा परीनै रह्यो । त्यो लेजरलाइटले करिब ४० सेकेन्डसम्म ककपिटमा पाइलटलाई हानि पुर्‍यायो । जब विमान विमानस्थलको रेखाभित्र पस्यो अनि मात्रै लेजरलाइटको आक्रमण हट्यो । चालकदलले विमानलाई सेफ ल्याण्डिङ्ग गरीसकेपछि एयरट्राफिकलाई ग्राउण्डबाट खबर गरे । तत्काललै नेपाल वायु सेवा निगमका चालकदलले यस्तो गतिविधिले जहाज दुर्घटनामा पर्न सक्ने खतरा औल्याउँदै तत्कालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिखित उजुरी हाले । सोमबार पनि निगमकातर्फबाट घटनाबारे विस्तृत प्रतिवेदन पनि प्राधिकरणलाई दिइएको थियो।

विद्युत् नियमावली २४ वर्षपछि संसोधन हुँदै, सय मेगावटसम्म अब सजिलो

काठमाडौ ७, भदौ । सरकारले जलविद्युत आयोजना अध्ययन, उत्पादन र प्रसारण तथा वितरण लाइनको अनुमति दिने प्रक्रिया छोट्याएर सहज बनाउने निर्णय गरेको छ । विद्युत, नियमवाली, २०५० लाई २४ वर्षपछि संशोधन गरी सय मेगावटसम्मका आयोजना र प्रसारण लाइन अनुमति विद्युत विकास विभागबाटै जारी गर्ने व्यवस्था तयारी बढाइएको छ । नियमवाली संशोधनपछि ऊर्जासचिवमा रहेको उक्त अधिकार अब विभागको महानर्देशकको सर्नेछ । त्यसैले अब साना आयोजना अनुमति लिन मन्त्रालय धाउनुपर्दैन । ऊर्जा मन्त्रालय नियमावली मन्त्रिपरिषद्बाटै स्वीकृत गराउँने तयारी गरेको छ । यो नियमावली आएपछि जलविद्युतमा लामो प्रक्रिया छोट्टिएर अब छोटो हुने पनि मन्त्रालयको भनाइ छ । निजी प्रर्वद्धकले प्रक्रिया लामो भएको र प्रक्रिया पनि झन्झटिलो भएको गुनासो गरेपछि ऊर्जा मन्त्रालयले प्रक्रिया छोटो बनाउन नियमावली नै संसोधन थालेको हो । समाचार स्रोत नागरिक दैनिक ।

पोस्टमार्टम सहयोगीको पारिश्रमिक १०० रुपैयाँ, कर कटाएर हातमा पर्छ ८५ रुपैयाँ

काठमाडौं ८, भदौ । जिल्ला अस्पताल होस् वा स्याङजा वालिङ प्राथमिक स्वास्थ् केन्द्र, राज्यले शव चिर्ने सहयोगीलाई प्रति शव एक सय रुपैयाँमात्रै अतिरिक्त पारिश्रमिक दिने गरेको छ । तर ती सहयोगीले भने मूल्य अभिबृद्धिकर कटाएर प्रति शव जम्मा ८५ रुपैयाँमात्र पाउने गरेका छन् । कुखुराको मासु किन्न हिँडेका सन्तबहादुर दमै ५ दिनपछि मृत अवस्थामा भेटिए । पुतलीबजार नगरपालिका वडा नं ९ लामागेका ४२ वर्षीय दममै केही महिनाअघि स्याङ्जा सदरमुकाममा मासु लिन आउँदै गर्दा चिप्लिएर खरबारीमा खसे । बटुवाले गनाइरहेको अवस्थामा उनकोशव देखेपछि प्रहरीलाई खबर गरे । गनाएको शव जिल्ला असपताल लगियो । अनि चिरफार पनि भयो । मास्कको त के काम, नामका गलबन्दी नै बाँधेर चिरफार गर्नुपरेको कार्यालय सहयोगीको भनाइ रहेको छ । यी त एक पात्रमात्र हुन् । बढीपहिरोमा पुरिएका खोलाले बथाएका, बेबासिसे शव अत्यन्त्यै गनाउने र चिरफार गर्दा अत्यन्य कठिन मानिन्छन् । तर ती शव चिर्ने र सिलाउने काम गर्ने सहयोगी तिलकप्रसाद लामिछानेले भने ८५ रुपैयाँमात्र पाउँछन् । पोष्टमार्टमका लागि चिरफार गर्न राज्यले कुनै व्यक्ति खटाएको छैन । एउटा शव चिरफार गर्न कम्तीमा ४५ मिनेटदेखि २ घन्टासम्म लाग्ने गरेको र टाउको नै खोल्नुपरे अझै धेरै समय लाग्ने लम्सालले बताए । समाचार स्रोत अन्नपूर्ण पोष्ट छ ।

एक सातामै ५७ हजार भूकम्पपीडितलाई पहिलो किस्ता, ४५ दिनभित्र सबै पीडितलाई दिने अभियान

काठमाडौं ८, भदौ । राष्टिय पुनर्निर्माण प्राधिकरणले एक सातामै थप ५७ हजार भूकम्पप्रभावितलाई घर निर्माणका लागि पहिलो किस्ताको अनुदान रकम वितरण गरेको छ । यससँगै पहिलो किस्ताको अनुदान पाउनेको संख्या एक लाख नाघेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले ४५ दिनभित्र सबै भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरिसक्ने घोषणा गरेपछि ३१ साउनदेखि प्राधिकरणले विशेष अभियान सुरु गरेको थियो । प्राधिकरणले छोटो समयमा यति धेरैलाई पहिलो किस्ताको रकम वितरण गरेको हो । भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका ५ लाख ३३ हजार प्रभावितलाई पहिलो किस्ताको ५० हजार रकम वितरण गर्नुपर्नेमा हालसम्म १ लाख ६ हजार ९५९ सम्म यो सुविधा पुगेको प्राधिकरणका सहसचिव एवं प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । उनका अनुसार, हालसम्म ३ लाख ८४ हजार भूकम्प प्रभावितसँग अनुदान सम्झौता भैसकेको छ । पछिल्लो अभियानको क्रममा थप ४४ हजारसँग अनुदान सम्झौता गरिएको हो । हालसम्म दोस्रो र तेस्रो किस्ता कुनै प्रभावितलाई दिइएको छैन भने पहिलो किस्ता पाएका ५ हजारभन्दा बढीले घर निर्माण सुरु गरे पनि सरकारी अनुदान पाएर एक जना प्रभावितले पनि सम्पन्न गर्न सकेका छैनन् । अभियान सुरु गर्नुअघि ३१ साउनसम्म प्राधिकरणले ३ लाख ३९ हजार ४ सय ६२ घरधनीसँग अनुदान सम्झौता र ४९ हजार ७ सय ४९ प्रभावितलाई पहिलो किस्ताको रकम दिएको थियो । तोकिएको समय अर्थात् दशैंअघि नै सबै भूकम्प प्रभावितसँग अनुदान र पहिलो किस्ताको रकम पुर्याउने गरी अभियान अघि बढाइएको प्राधिकरणले जनाएको छ । “बिदाको दिनसमेत नभनी पहिलो किस्ता र अनुदान वितरण जारी राखेका छौं,” उनले भने । पहिलो किस्ताको रकम पाउने संख्यामा स्थानीय विकास मन्त्रालय र प्राधिकरणबीचमा संख्या भने फरक पाइएको छ । मन्त्रालयको १ लाख १ हजार मात्र छ । प्राधिकरणले भने महालेखा परीक्षकको कार्यालयमार्फत आएको तथ्यांकलाई आफूहरूले सार्वजनिक गरेको बताउँछन् । आजको कारोबार दैनिकमा खबर छ ।