पोर्चुगलले पहिलोपटक युरोकप उपाधि जित्यो
काठमाडौँ, २७ असार । आयोजक फ्रान्सलाई १–० गोल अन्तरले हराउँदै पोर्चुगलले पहिलोपटक युरोपियन च्याम्पियनसिप (युरोकप) को उपाधि जितेको छ । पेरिसस्थित फ्रान्सको राष्ट्रिय रङ्गशालामा गएराति सम्पन्न फाइनल खेलमा पोर्चुगलका एडेरले १०९ मिनेटमा गोल गरे । अन्ततः त्यही एक मात्र गोल नै निर्णायक बन्यो । यसअघि आफ्ना कप्तान क्रिष्टियानो रोनाल्डोलाई चोटका कारण खेलको २५ औँ मिनेटमा गुमाएपछि पोर्चुगल केही दबाबमा आएको थियो । तर अतिरिक्त खेलाडीको रुपमा मैदानमा आएका एडेरले त्यो अभाव खड्किन दिएनन्, र गोल गर्दै आफ्नो टोलीलाई जिताए । निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । खेल अवधिभर दुवै टोलीमा खेलाडीले केही गोलका प्रयास गरे पनि सफल भने भएनन् । त्यसमा पनि घरेलु टोली फ्रान्सले बनाएका केही सुन्दर मौकालाई पोर्चुगाली गोलकिपर रुइ पेट्रिसियोले सफल हुन दिएनन् । प्रतियोगितामा पोर्चुगल समूह चरणमा एउटा पनि खेल नजिती तेस्रो स्थानमा रहेको उत्कृष्ट टोलीका रुपमा नकआउट चरणमा पुगेको थियो । त्यसपछि सुधार गरेको उसले पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि जितेको छ । यसअघि सन् २००४ मा घरमै भएको प्रतियोगितामा पोर्चुगलले ग्रिसलाई नतिजा सुम्पिएको थियो । त्यस्तै पोर्चुगल विश्वकपमा सेमिफाइनलभन्दा माथि पुग्न सकेको छैन । रासस
दर्जन बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार खुल्दै, तत्काल किन्नेलाई राम्रो फाइदा
काठमाडौं, २७ असार । ११ महिना सेयर कारोबार बन्द भएको माछापुच्छ्रे बैंक र जनता बैंकको सेयर कारोबार यसै साता खुल्दैछ । गत भदौमा दुई बैंकबीच मर्ज हुने सम्झौता भएपछि सेयर कारोबार बन्द भएको थियो । दुई बैंकबीच मर्ज तोडिएको तीन महिनापछि नेपाल राष्ट्र बैंकले डिमर्ज प्रस्ताव स्वीकृत गरिसकेको छ । माछापुच्छ्रे बैंकको सेयर कारोबार बन्द हुँदा प्रतिकित्ता ५४० रुपैयाँमा कारोबार भएको थियो । यस बैंकको सेयर कारोबार ५९० रुपैयाँको हाराहारीमा खुल्दै छ भने कारोबार खुलेको केही दिन मै यस बैंकको सेयर मूल्य प्रतिकित्ता करिव ८०० रुपैयाँ पुग्ने अनुमान गरिएको छ । बैंकले २ बराबर १ कित्ता हकप्रद सेयर दिने निर्णय साधारणसभाबाट अनुमोदन गराईसकेको छ भने आगामी दुई आर्थिक वर्षमा ११÷११ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने पुँजी वृद्धि योजना सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षमा करिव ८५ करोड रुपैयाँ खुद मुनाफा गर्ने सम्बद्धले बतायो । त्यस्तै, कारोबार बन्द हुँदा प्रतिकित्ता ३७५ रुपैयाँमा किनबेच भएको जनता बैंकको सेयर कारोबार खुलेको केही दिनभित्रै प्रतिकित्ता ५०० देखि ६०० रुपैयाँ पुग्ने सम्भावना छ । गत वर्ष कमाएको १५ करोड रुपैयाँ नाफा सेयरधनीलाई वितरण गर्न नपाएको यस बैंकले चालु आर्थिक वर्षमा करिव ३० करोड खुद मुनाफा गर्दैछ । आगामी साधारणसभाबाट बैंकले १८ देखि २० प्रतिशत बोनस सेयर दिने सम्भावना छ भने ५० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णय गत साधारणसभाबाट गरिसकेको छ । मर्जर सफल भएपछि धेरै बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार साउनमा खुला हुँदैछ । सम्भवत कैलाश विकास बैंकको सेयर यसैसाता कारोबार हुँदैछ । कैलाश विकास बैंकका प्रमुख सञ्चालन अधिकृत विमल तिमल्सिनाका अनुसार सेयर कारोबार खुला गर्न सबै प्रक्रिया पुरा भईसकेको छ । धितोपत्र बोर्डबाट स्वीकृत पत्र आउन बाँकी छ । यसै सातादेखि सेयर कारोबार खुला हुन सक्ने उनले बताए । मर्जपछि कैलाश विकास बैंक पुँजी, कारोबार, नाफा, नेटवर्क सबै हिसावले विकास बैंकहरु मध्ये सबैभन्दा राम्रो भएको यस बैंकको प्रमुख कार्यकारी अधिृकत कृष्णप्रसाद लामिछानेले बताए । यस बैंकको सेयर प्रतिकित्ता ३३० मा करोबार भई बन्द भएको थियो । मर्जपछि कारोबार खुलेको केही दिनभित्रै यस बैंकको सेयर मूल्य ५० प्रतिशतसम्म वृद्धि हुन सक्ने अनुमान गरिएको छ । मर्जरका कारण कारोबार रोकिएको सिद्धार्थ डेभलपमेन्ट बैंकको सेयर कारोबार पनि छिट्टै खुल्दैछ । यस बैंकमा एकता विकास बैंक र नेपाल आवास फाइनान्स मर्ज एकिकृत कारोबार शुरु भई सकेको छ । प्रतिकित्ता २८३ रुपैयाँमा कारोबार बन्द भएको यस बैंकको सेयर पनि कारोबार खुला भएपछि उच्च दरले बढ्ने निश्चित छ । चालु आर्थिक वर्षमा बैंकको नाफा राम्रो भएको र आगामी दुई आर्थिक वर्षमा करिव ४५ प्रतिशत पुँजीवृद्धि बोनस सेयरबाट गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिृकतृ अजय मिश्रले बताए । मर्जसफल भई एकिकृत कारोबार शुरु हुनै लागेको बैंक अफ काठमाडौंको सेयर कारोबार पनि छिट्टै खुल्ने छ । यस बैंकमा लुम्बिनी बैंक मर्ज भएको हो ।प्रतिकित्ता ५८५ रुपैयाँमा कारोबार बन्द भएको यस बैंकको सेयर मूल्य प्रतिकित्ता ८०० भन्दा माथि जान सक्छ । दुई बैंक मर्ज हुँदा पनि चुक्ता पुँजी ५ अर्ब भन्दा कम रहेको छ । मर्ज हुनुपूर्व दुबै बैंकका वित्तीय अवस्था राम्रो भएकोले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा राम्रो मुनाफा गर्ने र सेयरधनीलाई उच्च दरको बोनस सेयर दिने सम्भावना छ । अपुग पुँजीको लागि बैंकले हकप्रद सेयर जारी गर्ने पुँजी योजना पेश गरेको छ । यी सबै बैंकको सेयर कारोबार खुलेको पहिलो, दोस्रो र तेस्रो दिन किन्नले लाभ लिन सक्छन् । पहिलो तिन दिन सेयर पाउन मुस्किल पर्ने सेयर ब्रोकरहरु बताउँछन् ।
कसमस डेभलपमेन्ट बैंकको पाँच लाख कित्ता हकप्रद सेयर साउन ११ देखि
काठमाडौं, २७ असार । कसमस डभलपमेन्ट बैंकले साउन ११ गतेदेखि ५ लाख तीन हजार एक सय २५ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । कसमसले एक बराबर एक कित्ताको अनुपातमा एक सय रुपैंयाँ मुल्यका हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयरको निष्काशन भदौ ३ गते बन्द हुनेछ । बैंकले हाल कायम रहेको पाँच करोड तीन लाख १२ हजार पाँच सयको चुक्ता पुँजीलाई दुई गुणा बढाउन हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकले चैत मसान्तसम्ममा एक करोड ७० लाख नाफा कमाएको थियो ।
राजनीतिक अस्थिरता कम भएसंगै नयाँ उद्योग खुल्ने क्रम बढ्यो
काठमाडौं, २६ असार। देशमा राजनीतिक स्थिरता कायम भएसंगै लगानीको वातावरण पनि बढ्दै गएको छ। गत बर्ष भारतले लगएको नाकाबन्दीले सुस्ताएको लगानीको वातावरण अहिले पहिलेकै स्थितिमा फर्किएको हो। विगत साढे पाँच महिनामा उद्योग विभागमा दर्ता भएका उद्योगको संख्याले यस्तो देखाएको हो। सरकारी तथ्यांक अनुसार गत बर्षको पाँच महिनाको तुलनामा यो बर्ष धेरै उद्योग दर्ता भएका छन् । बैशाख पछि हालसम्म २ सय १५ ओटा उद्योग दर्ता भएको विभागको तथ्यांक छ । जुन गत बर्षको सो अवधिको भन्दा १३ ले बढी हो । यी उद्योगहरुको जम्म पूँजी ५२ अर्व ४३ करोड २० लाख रहेको छ । विभागको तथ्यांक अनुसार यो अवधिमा सवै भन्दा बढी दर्ता हुने उद्योगमा सेवा सम्वन्धि उद्योग रहेका छन् । साँढे पाँच महिनामा सेवा सम्वन्धि ७५ ओटा उद्योग दर्ता भएका थिए । त्यस्तै पर्यटनमुलक ७० उद्योग दर्ता भएको तथ्यांकमा उल्लेख छ । उत्पादनमुलक ४२ ओटा उद्योग दर्ता भएका देखिन्छन् । जसमा चिनियाँ लगानी धेरै मात्रामा रहेको छ। चिनियाँहरुले धेरैजसो चाइनिज भाषा सिक्ने इन्स्टिच्युट र रेष्टुरेन्टमा लगानी गरेको पाइएको छ। दर्ता उद्योगमध्ये १ सय ५३ साना उद्योग छन् । त्यस्तै मझौला ३५ र ठूला उद्योगको संख्या ३० छ । ती उद्योगहरुबाट ८ हजार सातसय जनाले रोजगारी पाउनेछन्।
सर्वसम्मत रुपमा सुशीला कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन
व्यवस्थापिमका–संसद, संसदीय विशेष सुनुवाइ समितिको आइतबार बसेको बैठकमा सर्वसम्मत रुपमा कामु प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेको छ । तस्बिर: रासस
साउन १ गतेदेखि डिम्याट खाता अनिवार्य, डिम्याट खाता नखोल्नेको सेयर कारोबार बन्द
काठमाडौं, २६ असार । डिम्याट (विद्युतीय) खाता नहुनेले अब सेयर किन्न नपाउने भएका छन् । कम्पनीहरुले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा लगानी गर्न समेत डिम्याट खाता अनिवार्य चाहिने भएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि जस्तोसुकै सेयर कारोबारका लागि पनि अनिवार्य डिम्याट खाता चाहिने व्यवस्था गरेको बोर्डका प्रबक्ता निरज गिरीले बताए । बोर्डले डिम्याट खाता नभएकाहरुको आवेदन फारम अस्वीकृत गर्न मर्चेन्ट बैंकरहरुलाई निर्देशन पनि दिइसकेको छ । मर्चेट बैंकररले सेयर निष्काशन तथा बिक्री प्रवन्धकको काम गर्छन् । साउन महिनामै ३ लघुवित्त सवा ८ लाख कित्ता साधारण नभने यर नस्किँदै छ । धितोपत्र बोर्डबाट स्वीकृत पाएको दुई महिनाभित्र सेयर निष्काशन गरिसक्नुपर्ने हुन्छ । निक्षेप सदस्य (डीपी) कहाँ गएर डिम्याट खाता खोल्नुपर्ने हुन्छ । सेयर ब्रोकर, बैंक तथा वित्तीय संस्था र धितोपत्र बोर्डले तोकेका अन्य संस्थाले डीपीको सेवा दिन सक्छन् । लगानीकर्ताले खाता खोल्नका लागि फारामसहित नागरिकता लगायत अन्य आवश्यक कागजातहरु डीपीमा पेश गर्नुपर्छ । त्यसपछि डीपीले लगानीकर्ताको खाता खोली उस्को हस्ताक्षरको अभिलेख राख्छ जुन सीडीएससीमा रेकर्ड हुन्छ ।
अर्घाखाँची सिमेन्टद्धारा खाँचीकोटमा वृक्षारोपण, २ हेक्टर क्षेत्रफलमा १ हजार विरुवा रोपियो
काठमाडौं, २६ असार । अर्घाखाँची सिमेन्टले अर्घाखाँची जिल्लाको खाँचीकोट गाविसमा वृक्षारोपण गरेको छ । कम्पनीले वातवरणीय संरक्षणलाई उच्च प्राथमिकता दिई २ हेक्टर भन्दा बढी जग्गामा १ हजार विरुवा रोपेको जनाएको छ । उक्त वृक्षारोपण कार्यक्रममा बोल्दै कम्पनीका महाप्रबन्धक महेन्द्र रावलले स्थानीयस्तरमा वातावरण संरक्षणको अभियानलाई सहयोग गर्न वृक्षारोपण गरिएको बताउए । उनले भने–‘अर्घाखाँची सिमेन्ट उद्योग वातावरणीय संतुलन कायम गर्नका लागि हर संभव प्रयासमा लागिरहने छ ।’ गुणस्तरीय उत्पादनमा जोड दिदै आएको अर्घाखाँची ओपीसि सिमेन्टले छोटो अवधिमा नै नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको उनले बताए ।
पश्चिमाञ्चल विकास मञ्चको अध्यक्षमा चन्द्र ढकाल निर्वाचित
काठमाडौं, २६ असार । कर्म थलोवाट जन्म थलोलाई विकास गर्ने उद्देश्यका साथ लुम्विनी, गण्डकी र धौलागिरी अंचलका गरी १६ जिल्लाको साझा संस्था पश्चिमाञ्चल विकास मञ्चको शनिबार सम्पन्न साधारण सभाले व्यवसायी चन्द्रप्रसाद ढकाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिको लुम्बिनी उपाध्यक्षमा बम बहादुर कार्की, गण्डकी उपाध्यक्षमा हरिकुमार श्रेष्ठ, धौलागिरी उपाध्यक्षमा ज्ञानेन्द्रविक्रम महत निर्वाचित भएका छन् । त्यस्तै महासचिबमा मदनकुमार महत, सचिबमा यादव भट्टराई, कोषध्यक्षमा योगराज कँडेल शर्मा, सह–कोषाध्यक्षमा नारायणप्रसाद तिम्सिना निर्वाचित भएका छन् भने सदस्यहरुमा संजय अधिकारी, सुशील खड्का, नवराज पन्त, डा. बमबहादुर थापा जिताली, श्रीराम पौडेल, डा. बिमला शाक्य, अर्जुन कुमार अर्याल, चिन्तामणी न्यौपाने, विष्णु बहादुर सिंह, रुद्रनाथ बस्याल, दिग्बिजय मिश्र र विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । पर्वत, मुस्ताङ, मनाङ र नवलपरासीवाट कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन र नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. रामकृष्ण तिम्सेनाले बताए । पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठको अतिथ्यतामा सम्पन्न भएको शपथ ग्रहण तथा समापन कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष रामकाजी कोेनेले निर्वाचित समितिको सफलताको कामना व्यक्त गरे ।