नेपाली जुत्ता घरको ‘स्क्रयाचमा केबल कार, बम्परमा आईफोन उपहार’ योजना
काठमाडौं, १२ असोज । स्वदेशी ब्राण्डका जुत्ता बिक्रि गर्ने नेपाली जुत्ता घरले बडा दशै तथा तिहारलाई लक्षित गरि ‘स्क्रयाचमा केबल कार, बम्परमा आईफोन उपहार’ नामक उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्र्तगत प्रत्येक जोर जुत्ता तथा चप्पलको खरिदमा उपभोक्ताले एउटा स्क्रयाच कुपन प्राप्त गर्नेछन् । साथै, स्क्रयाच कुपन मार्फत ५ देखि ५० प्रतिशत छुट वा ७५ देखि ५ हजार रुपैयाँसम्म नगद र चन्द्रागिरी केबल कारको टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् । यस योजनामा बम्पर उपहारको समेत व्यवस्था गरिएको छ । उपहार योजनाको अन्त्यमा हुने बम्पर उपहारमा योजना अवधिभरमा सहभागी भएका उपभोक्ताहरुबाट बम्पर लक्की ड्र मार्फत ७ जनालाई आईफोन, २ जनालाई ल्यापटप प्रदान गरिनेछ । नेपाली जुत्ता घरमा नेपाली बजारमा ख्यातीप्राप्त एवं ब्राण्डेड जुत्ता कम्पनीहरुको सहभागीता रहेको छ । जसमा शिखर, बि.एफ.डियर हिल, स्काई, कोशेली, क्रसरोड, लेदर विङ्गस्, टाकुरा, सफटच, शूल्याण्ड र ईजि लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता चप्पलहरु पाईनेछन् । जुत्ता घरमा सबै ब्राण्डका स्पोर्टस्, क्याजुयल, पार्टी, अफिसियल, कलेज/स्कुल र लेडीज सबै बर्ग उमेर र समुहलाई हुने जुत्ता तथा चप्पलहरु बिक्रि वितरणका लागि राखिएको छ । कम्पनीहरुले चाडपर्वलाई ध्यानमा राखि उत्पादित नयाँ मोडलका जुत्ता चप्पलहरु समेत नेपाली जुत्ता घरमा बिक्रि वितरणका लागि राखिएको छ । जुत्ताघरको मुख्य उद्देश्य भनेको नेपाली ब्राण्डको पहिचान एवं नेपाली ब्राण्डको प्रवद्र्धननै रहेको छ । जुत्ता घरमा सबै खालका भेराईटी पाउनुका साथै समयको बचत एवं राजधानीको प्रमुख व्यापारिक केन्द्रहरुमा भएको हुँदा उपभोक्तालाई आफ्नो सेवा तथा सुविधा पुरयाउन सहज हुने विश्वास कम्पनीको रहेको छ ।
४ अर्ब ८८ करोड खर्चेर ३२ जिल्लामा अप्टिकल फाइबर, दुई बर्षभित्रै ब्रोडब्याण्ड सर्भिस
काठमाडौं, १२ असोज । नेपाल दुर सञ्चार प्राधिकरण र नेपाल टेलिकमबिच मध्यपहाडी लोकमार्गको पुर्वी खण्डमा अप्टिकल फाइबर बिछ्याउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार प्राधिकरण अध्यक्ष दिगम्बर झा र टेलिकमकी नव नियुक्त प्रबन्ध निर्देशक कामीनी राजभण्डारीले ४ अर्ब ८८ करोड लागतको अप्टिकल फाइबर योजनामा हस्ताक्षर गरेका हुन् । आगामी दुई बर्षभित्र पुष्पलाल मध्यपहाडी लोकमार्गको पुर्वी खण्डमा अप्टिकल फाइबर बिछ्याउने सम्झौतामा उल्लेख गरिएको छ । पाँचथरको चियो भज्याङदेखि धादिङको सल्यानटारसम्मको २३७६ किलोमिटरमा अप्टिकल फाइबर बिछ्याइनेछ । अप्टिकल फाइबरले सो क्षेत्रमा ब्रोडब्याण्ड सर्भिस उपलब्ध गराउनेछ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै प्राधिकरणका अध्यक्ष दिगम्बर झाले डिजिटल नेपाल बनाउने अभियानको प्रारम्भका रुपमा मध्यपहाडी लोकमार्गको पुर्वी खण्डमा अप्टिकल फाइबर बिछ्याउने कार्यक्रम सुरु गरिएको बताए । दुई बर्षभित्र सो खण्डमा काम सम्पन्न गरेर डिजिटल पुर्व खण्डको सुभारम्भ गरिने पनि उनले बताए । त्यस्तै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामीनी राज भण्डारीले समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरिन् । यसरी बिछ्याइएको अप्टिकल फाइबरको पुर्वाधार अन्य दुर सञ्चार सेवा प्रदायक कम्पनीलाई समेत सहप्रयोगका लागि उपलब्ध गराइने व्यवस्था छ । सम्झौता अनुसार आगामी दुई बर्षभित्र प्रदेश नम्बर १, २ र ३ का सबै जिल्ला सदरमुकाम र नगरपालिकासम्म अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न गरिनेछ । टेलिकमले यसै हप्ता प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउने कामका लागि टेण्डर आव्हान गर्दैछ । टेलिकमलाई भने सिधै काम गर्नेगरि सम्झौता गरिएको हो ।
विश्वका ९० प्रतिशतभन्दा बढीले अस्वच्छ स्वास लिन्छन्ः डब्लुएचओ
स्विट्जरल्याण्ड, १२ असोज । विश्वका रहेक दश जनामध्ये नौ जनाले अस्वच्छ स्वास लिनेगरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ । सो सङ्गठनले यस प्रदूषणका विरुद्धमा नाटकियरुपमा काम गर्न पनि सबैलाई आह्वान गरेको छ । प्रदूषित स्वासप्रश्वासकै कारण विश्वमा रहेक वर्ष ६० लाख व्यक्तिको मृत्यु हुने गरेको सो संस्थाको तथ्याङ्क रहेको छ । सङ्गठनको सार्वजनिक स्वास्थ्य तथा वातावरण विभागकी प्रमुख मरिया नेइराले नयाँ तथ्यबाट आफूहरु निकै चिन्तित भएको बताएका छन् । सङ्गठनले तयार पारेको पछिल्लो प्रतिवेदनअनुसार, विश्वका महत्वपूर्ण सहरबजारमा निकै प्रदूषित हावा छ भने, ग्रामीणक्षेत्रमा पनि सन्तोषजनक देखिएको छैन । विश्वका विकसित मुलुकमा भन्दा गरिव मुुलुकमा स्वच्छ हावाको अभाव देखिएको छ । यस प्रदूषणले विश्वका हरेक व्यक्तिलगायत समाजलाई असर पारेको छ । “यो सार्वजनिक स्वास्थ्यको आपतकालिन अवस्था हो,” नेइराले भने, “प्रदूषण नियन्त्रणका लागि तत्काल प्रशस्त काम गर्नु अत्यावश्यक छ ।” विश्वका सबै सरकारी निकायले सडकमा सवारी साधनको सङ्ख्या घटाउनुपर्दछ भने पकाउनका लागि स्वच्छ ऊर्जाको प्रयोग गर्नुपर्दछ,” प्रतिवेदनमा जनाइएको छ । विश्वका तीन हजार ठाउँबाट मगाइएका विवरणका आधारमा प्रतिवेदन तयार पारिएको बताइएको छ । ती विवरणका अनुसार विश्वको ९२ प्रतिशत जनसङ्ख्या गुणस्तरहिन हावा भएको ठाउँमा बसेका छन् । रासस÷एएफपी
सिट क्षमताभन्दा कम्तिमा पनि २० जना बढी यात्रु बोक्न पाउनु पर्ने ब्यवसायीको माग, अग्रिम टिकट बुकिङ रोकियो
काठमाडौं, १२ असोज । यातायात ब्यवसायीले दशैको लागि अग्रिम टिकट काट्न रोकेका छन् । राजधानीवाट दशैको लागि वाहिरिने यात्रु धेरै हुने भए पनि पुन राजधानी फर्कदा यात्रु नपाइने भएकोले सिट क्षमताभन्दा कम्तिमा पनि २० जना यात्रु बढी बोक्न पाउनु पर्ने माग राख्दै ब्यवसायीले यस्तो गरेका हुन् । ब्यवसायीले देखाउनको लागि भने नारायणघाट मुग्लिन सडक विस्तारलाई कारण देखाएका छन् । दशैको लागि २० दिन सो सडक खण्ड विस्तारको कार्य रोक्न सरकार सहमत नभएको र सडकका खाल्डाखुल्डी नपुरेको कारण गाडी चलाउन सक्ने अवस्था नभएकोले अग्रिम टिकट बुकिङ बन्द गरिएको यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘दशैको घटस्थापनादेखि फूलपातीको दिनसम्मको ७ दिनमा कम्तिमा पनि १२ लाख मानिस काठमाडौंबाट बाहिरिन्छन्, यसको लागि ठूलो संख्यामा गाडी चल्नुपर्ने हुन्छ, अहिले नै राम्ररी गाडी चल्न नसकेको नारायणघाट मुग्लिन सडक खण्ड २० दिनको लागि विस्तार कार्य रोक्न सरकार सहमत नभएकोले अग्रिम टिकट बुकिङ रोकिएको हो,’ महासचिव सिटौलाले भने । यस्तै सडकमा भएका खाल्डाखुल्डी पूर्न सरकार तयार नभएको कारण पनि गाडी गुडाउन सक्ने अवस्था नभएको सिटौलाको भनाइ छ । सिटौलाले सिट क्षमताभन्दा २० जना बढी यात्रु बोक्न पाउनु पर्ने माग ब्यवसायीवाट आएको जानकारी दिए । ‘काठमाडौंवाट भैरहवा पुगेर आउदा एउटा गाडीको ४५ हजार रुपैयाँ खर्च हुन्छ, तर एकतर्फी रुपमा सिटभरी यात्रु लिएर भैरहवा पुग्दा ३८ हजार रुपैयाँ मात्रै आम्दानी हुन्छ, एकपटक गाडी चलाउदा ७ हजार रुपैयाँ नोक्सान हुन्छ भने किन गाडी गुडाउने भन्ने ब्यवसायीको तर्क आएको छ, हामी यो विषय पनि सरकारसँग राख्छौं,’ सिटौलाले भने । यसको लागि सरकारले सिट क्षमताभन्दा २० जना बढी यात्रु बोक्न दिनुपर्ने उनको भनाइ छ । सरकारले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिने अडान लिएको छ । तर ब्यवसायीले नयाँ गाडी पनि नथप्ने र अहिले संचालनमा रहेका गाडी पनि विग्रिएको भन्दै कम गाडी देखाएर सिट क्षमताभन्दा बढी यात्रु कोच्ने रणनीति लिएका छन् ।
रिलायबल डेभलपमेन्ट बैंकको १०औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं, १२ असोज । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले १० औ वार्षिकोत्सवको सम्पन्न गरेको छ । उक्त उपलक्ष्यमा रुद्रमती सरोकार समाजले फोहोरमुक्त सडक घोषणा कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत गौशाला देखि कमल पोखरी सम्म ४० थान डष्ट बिन निशुल्क प्रदान गरेको छ । उक्त कार्यक्रमको उद्घाटन स्वास्थ्य मन्त्री गगनकुमार थापाले गरेका थिए । हाल बैंकले १७ वटा शाखाहरु मार्फत करिब ९ अर्ब रुपैयाँ निक्षेप संकलन र ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । आगामी दिनहरुमा पनि यस्तै संस्थागत सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु गर्दै जाने बैंकले जनाएको छ ।
नेशनल लाइफ इन्स्योरेन्सले ३० प्रतिशत बोनस दिने, पूँजी एक अर्ब ३३ करोड पुग्ने
काठमाडौं, १२ असोज । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने निणर्य गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णय बीमा समितिले स्वीकृति दिएपछि तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ३३ करोड रुपैयाँ पुग्ने छ ।
दिल्लीले अनुमति नदिँदा उड्नै लागेको एयरवस रोकियो, १०४ जना यात्रु बोकेर एक घण्टा पर्खियो
काठमाडौं १२, असोज । दिल्लीले अनुमति नदिँदा वायुसेवा निगमको विहान ११ साढे नौ बजेको जहाज १ घण्टा भन्दा बढी समय रोकिएको छ । निगमको आरए २०५ उडान नम्बरको जहाज ११ बजे उडान तालिका भएपनि मंगलबार बेलुका दुवाई रद्द भएपनि बुधबार विहान दुई घण्टा अगाडि नै दिल्ली जाने तयारीमा थियो । उडान सयम दुई घण्टा अगाडि सारेर ९ बजे नै उडान गरेको भएपनि अनुमति नलिएको भन्दै दिल्लीले रोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । निगमको यो जहाजले यात्रु राखेर ट्याक्सी वे बाट धावनमार्गमा जानै लाग्दा दिल्लीको अनुमति नआएको र ११ बजेको निर्धारित समयमा नै उड्नुपर्छ भनेपछि एक घण्टा भन्दा बढी समय यात्रु जहाजमै राखेर प्रतिक्षामा बसेको हो । ११ बजेपछि मात्रै उडान गर्ने अनुमति पाएपछि जहाजले १०४ जना बोकेर दिल्ली गएको स्रोतले जानकारी दिएका छ । निगम स्रोतका अनुसार ११ बजेलाई अनुमति लिएको जहाज निर्धारित समय भन्दा छिटो उडाउन खोजिएको भन्दै रोकिएको उल्लेख छ । निगमको यो जहाज ठीक ११ बजे दिल्ली उडेको छ ।
नयाँ पर्यटकीय गन्तव्यको खोजीमा टुर व्यवसायी आफैं सक्रिय छौ- यमबहादुर खड्का
यमबहादुर खड्का, अध्यक्ष, सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपाल सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालले स्थालमार्गबाट रारा घुम्ने पर्यटकीय प्याकेज सार्वजनिक गरेको छ । व्यवसायीले आफैं स्थालगत भ्रमण गरेर संभावना देखेपछि मात्रै सार्वजनिक गरेको यस्तो प्याकेजको प्रभावकारिता पनि व्यवसायीमा नै निर्भर हुने गरेको छ । नयाँ नयाँ पर्यकीय गन्तव्यको खोजी, प्रवद्र्धन र विकास गरिरहेको सोट्टो नेपालले पछिल्लो समय गरेको बाँकेको गाभर भ्यालीदेखि मुगुको रारासम्मको प्याकेज सार्वजनिक भएको छ । यस अघि पनि सोट्टो नेपालले नै काठमाडौबाट स्थलगत भ्रमणबाट नै इलाम र वरपरका पर्यटकीय गन्तव्य, खप्तड, लुम्बीनीदेखि स्वर्गद्वारीसहितका आधा दर्जन पर्यटकीय गन्तव्यको खोजि गर्ने र प्रवद्र्धनात्मक अभियान संचालन गरिसकेको छ । पछिल्लो पटक व्यवसायीले तयार पारेको रारा प्याकेजमा केन्द्रित रहेर सोट्टो नेपालका अध्यक्ष यमबहादुर खड्कासँग गरिएको कुराकानीको प्रमुख अंश । सोट्टो नेपालले स्थलगल अध्ययन भ्रमण गरेपछि राराको प्याकेज कसरी आगाडि बढ्छ ? हामीले यो स्थलगत यात्रा तय गरेपछि सोट्टोका व्यवसायीबीच एक प्रकारको उत्साह पनि आएको छ । व्यवसायी आफैं सहभागि भएर तयार पारिएको प्याकेज प्रवद्र्धन गर्नमा कुनै समस्या हुन्छ जस्तो मलाई लाग्दैन । हामीले बनाउको प्याकेजलाई अन्य व्यवसायीक संस्थाले पनि आत्मसाथ गर्छन । सबै प्याकेज आफैंले बनाएको मात्रै संचालन गर्ने भन्ने कुरा संभाव नहुने भएकोले एउटा बनाएको नै अर्कोले प्रयोग गर्दै जाने हो । यसर्थ, यात्रा सकिएकोले अब हामीले गरेको बाँकेदखी रारासम्मकै स्थलगत भ्रणलाई प्याकेजमा उतार्छौ । यसका लागि हामीले बास बसेका स्थानहरु बाँकेको गाभरभ्याली, सुर्खेत, जुम्ला, कालीकोट, मुगुको पीना र रारासम्मकै वास बसेको स्थानलाई पनि पर्यटकीय प्याकेजमा सहभागि गर्छौ । स्थानिय तहसम्मलाई सहभागि गराउने अवस्था छ कि छैन ? पक्कैपनि हामीले स्थानिय स्तरलाई सचेतना दिएर र उनिहरुसँगै सहकार्य गरेर प्याकेज विक्री गर्ने हो । हामीले व्यवसायी साथिहरु जो सहभागि भएका छन्, उनिहरुसँग पनि छलफल गरेर प्याकेज तय गर्छौ । हामीले यसपटक प्रवद्र्धनात्मक कार्यक्रम पनि राखेकोले ग्रामिण जनजीवन अध्ययन गर्ने र घुमघाम गर्ने अवसर कम भयो । पर्यटकीय प्याकेजमा भने यसलाई समावेश गरिन्छ । प्याकेज तय गर्ने आधार के हुन्छ त ? पर्यटकीय प्याकेज तय गर्ने व्यवसायले घोषणा गरे अनुसार पर्यटकलाई दिने सेवा, सुविधा र आवश्यक शुल्कसहितको योजना हो । यसर्थ, पर्यटकलाई यही नै खाने र यही नै बस्ने भन्ने पनि हुँदैन । आवश्यकता अनुसारको स्थान तय गर्ने, पर्यटकले चाहे अनुसारको स्थानमा बस्ने र खाने सुविधा प्याकेजमा हुनुपर्छ । भनेपछि पर्यटकीय प्याकेजमा रारा घुम्नेको संभावना देखिन्छ ? संभावना भएरपनि सबै पर्यटकीय स्थलको प्रवद्र्धन भनेकै जसरी अगाडि बढ्छ भन्ने हुँदैन । रारामा आउने पर्यटकको चाहना हुँदाहुँदै पनि समय पैसाको अभाव छ । पैसा हुनेलाई समय मिल्दैन, समय हुनेले भनेकै बेला पैसा खर्चन नसक्ने पनि अवस्था छ । हामीले यसलाई समयको अभाव हुनेलाई हवाई जहाजबाट र समय हुने तथा ग्रामिण जीवनको अध्ययन गर्दै घुम्न चाहने पर्यटकका लागि स्थलमार्गबाटै जाने अफर गर्ने हो । यही अनुसारको प्याकेज बनाउने र प्रवद्र्धन गर्ने काम गर्छौ । जो होस् हामीले स्थलमार्गकै यात्रा गरेपछि भने वाईल्याण्ड अफर गर्न सक्ने अवस्था भने भयो । उसोभए, आन्तरिक र वाह्य दुबै पर्यटकलाई नयाँ आइटीनरी बन्यो ? त्यो त हामी आफैं सहभागि भएर आएकोले संभावना देखियो । हामीले जहाँ घुमेका छौ र जहाँज पुग्न सफल भएका छौं त्यो नै आन्तरिक तथा वाह्यक पर्यटककै लागि बनेको आइटीनरी हो । स्थलमार्गकै प्याकेज त बन्यो प्रवद्र्धनको संभव देखियो त ? सबै ठाँउमा लक्जरीयस नहुन सक्छ । जे जस्तो छ त्यस्तैमा रमाउने हो भने पक्कै पनि स्थलमार्गको प्याकेज संभव छ । स्थलमार्गबाट आउँदा सबै ठाउँमा होटलको सुविधा त हुँदैन नि ? हामीले ठूला होटल र रिसोर्ट बनाउँनुपर्छ भनेर भ्रम छर्न पनि हुँदैन । जे छ त्यसैलाई प्रवद्र्धन गर्नुपर्छ । अहिले रारामा आउने पर्यटक वार्षिक ५ सय जना पुग्न मुस्किल भइरहेको समयमा होटल र रिसोर्ट आवश्यक छ भन्नु पनि भएन । भएकै सुविधा पर्यटक लैजानुपर्छ । बिस्तारै पर्यटक बढ्दै जाँदा आवश्यकता महसुश हुँदै जाने हो । पर्यटक बढ्दै जान थालेपछि व्यवसायीले लगानी गर्न पनि थाल्छन् । यसका लागि अहिले भने होमस्टेबाट नै पर्यटक तान्ने प्रयास गर्नुपर्छ । सबै ठाँउमा होमस्टे तथा होटल हुन नसके पनि टी आउस र लज त चाहिएला नी ? हामीले स्थानियलाई होटल होइन होमस्टे सुरु गर्न प्रोत्साहन गरेका छौं । थोरै मात्रामा पर्यटक आउने भएकोले स्थानिय स्तरमा पर्यटकको लाभ बढाउनु पनि पर्छ । पर्यटकीय सेवा र सुविधाका लागि भने टी हाउस तथा लज पनि आवश्यक पर्ने भएकोले पर्यटक बढ्दै जाँदा पूर्वाधार थप गर्दै जान सकिन्छ । यो आवश्यकताको सिद्धान्तले निर्धारण गर्छ । रारा आउन चाहने पर्यटकको लागि अनुमानित लागत त चाहियो नि ? सामान्यतया अलिकति होमवर्क गरेर प्याकेज सार्वजनिक गर्नुपर्ने हुन्छ । तर, अहिले हामीले गरेको तयारी अनुसार ३५ देखि ४० हजार रुपैयाँसम्ममा हवाई जहाजबाट र २५ देखि ३० हजार रुपैयाँसम्ममा स्थलमार्गबाट रारा घुम्ने प्याकेज बनाउँन सक्छौं । उसोभए, अब राराको स्थलगत प्याकेजसहितका आइटीनरी सार्वजनिक हुन्छ ? पक्कैपनि । हामीले यसमा लागतसहित प्याकेज सार्वजनिक गर्ने र आवश्यकता अनुसारको थपघट गर्न सकिन्छ भनेर अनुमानित निकाल्ने भन्ने मात्रै हो । कतिपय आवस्थामा यात्रा भनेको ठ्याक्कै भनेकै अनुसारको लागत नलाग्ने र कहिलेकाँही अनुमानित गरेकोले नपुग्ने पनि हुन सक्छ । यसर्थ स्थानिय तथा राजनीतिक दलसँग पनि सहकार्य गरेर उपयुक्त साथ र सहयोगसहितको प्योकज बनाउँन सकियो भने थप प्रभावकारी हुन्छ । हवाई मार्गको आइटीनरी पहिल्यै तय भैरहेकोले अब स्थलमार्गको पनि थप चाहिँ भयो । स्थानियको सहयोग विना प्याकेज सफल त हुँदैन नी ? स्थानियको साथ र सहयोग अवश्य चाहिन्छ । स्थानियले सहयोग नगरे वा उनिहरुको पनि पर्यटक बढाउने स्वार्थ भएन भने गाह्रो हुन्छ । पर्यटन व्यवसाय भनेको एउटाले मात्रै लाभ गर्ने क्षेत्र होइन । पर्यटन व्यवसायले अर्को व्यवसायलाई पनि लाभ दिने हुन्छ । उत्पादनमा, आम्दानीमा जोड दिनुपर्छ । पर्यटक आउँदा उनिहरुले लैजाने स्थानिय स्तरबाट उत्पादिन कोशेसी हुनुपर्छ । लोकल प्रडक्टलाई प्राथमिकता दिनुपर्छ । त्यसो हुँदा सहर बजारबाट किनेर ल्याउने चाउँचाउ होइन स्थनिय स्तरमै पाइने कोदाको रोटीलाई प्राथमिकता दिन सक्नुपर्छ । पर्यटक एक ठाँउबाट अर्को ठाँउमा पुग्दा फरकफरक उत्पादन, सेवा, सुविधाको क्षेत्रले पनि लाभ गर्न सक्ने भएकोले स्थानिय स्तरमा नै फाइदा हुने हो । स्थानिय स्तरको पर्यटन प्रवद्र्धन हुन त्यहिँ ठाउँ र समूदायले सहयोग अवश्य पनि गर्नुपर्छ । रारामा पर्यटनको पूर्वाधारमा सरकारले बनाउँने कि स्थानिय स्तरको जागरण बढाउँन ? कतिपय स्थानमा सरकार र स्थानिय दुबैको उत्तिकै आवश्यकता पर्छ । स्थानिय स्तरबाट हुन सक्ने काम त्यहिबाट हुनुपर्छ । राज्य स्तरबाट हुने नीतिगत तथा ठूला पूर्वाधार निर्माण पनि हुनुपर्छ । स्थानियले साइकल ट्याक बनाउने, हाइकिङ गराउँनेसहितका काम गर्न सक्छन् । कस्ता खालका पर्यटकीय गतिविधि हुनुपर्छ ? पर्यटकीय गतिविधि भनेको त स्थानियले नै बढाउँदै जाने हो । स्थानियकै पहलमा साइक्लिङ हुनुपर्छ, हाइकिङ, गाउँ घुमाउने कार्यक्रम, टुर गाइड विकास गर्ने काम, स्थानिय क्षेत्रको पहिचान गराउँने, पर्यटकलाई राराको महत्व दर्शाउने, पर्यटकलाई होमस्टेमा राख्नेसहितको काम गर्न बाहिरका व्यवसायी जानु पर्दैन । स्थानिय आफैंले गर्ने हो र यसको लाभ पनि स्थानियले नै लिने हो । पर्यटक सेवाका सवारी साधनबाट सेवा दिन सकिने अवस्था कस्तो छ ? स्थानिय व्यवसायीले नै अग्रसरता लिन सकेको अवस्थामा हुन सक्छ । बाहिरका व्यवसायीलाई ल्याउनु भन्दा यहीका व्यवसायीले पहल गराएर भएको काम प्रभावकारी र दिगो हुन्छ । काठमाडौंबाट र वाहिरका व्यवसायीले गर्ने लगानीले स्थायिनलाई लाभ दिन सक्दैन । आवश्यकताको आधारमा भने पक्कै पनि पर्यटक सवारीबाट सेवा दिन पनि सकिन्छ । त्यसका लागि स्थानियले गर्न नसके बाहिरकाले पनि लाभ हेरेर सेवा दिन सक्छन्् । आवश्यकताको सिद्धान्तले निर्धारण गर्छ यस्तो विषय ।