विकासन्युज

सेयरमा विदेशी लगानी खुला हुँदै, उद्योग मन्त्रालयले अगाडि सारेको प्रस्तावलाई सरकारी स्वीकृति पखर्नुपर्ने

काठमाडौं २०, असोज । सरकारले विदेशी कम्पनीलाई धितोपत्र बजारमा लगानी गर्न दिने गरी कानुन ल्याउने तयारी थालेको छ । वैदेशिक लगानी आकर्षित गर्न सरकारले पहिलोपटक धितोपत्र बजारमा विदेशीलाई लगानी गर्न दिने कानुन अगाडि बढाएको हो । विदेशी लगानीसम्वन्धि कानुनको संसोधन र एकीकरण गर्न बनेको विधेयकमा संस्थागत विदेशी लगानीर्तालाई धितोपत्र क्षेत्र खुला गर्ने व्यवस्था राखिएको छ । उद्योग मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामाथि सरोकारवालसँग छलफलको चरणमा रहेको छ । छलफल सकिएपछि यसालाई मन्त्रीपरिषद्बाटै स्वीकृत गराउनुपर्छ । विदेशी लगानीकर्ताले कम्पनी स्थापना गरी पूँजी लगानी कोष खडा गर्न सक्ने व्यवस्था विधेयकमा रहेको छ । यस्तो कम्पनी पब्लिक लिमिटेड हुनुपर्ने व्यवस्था छ । तर, यस्तो कोष एउटै कम्पनीमा चुक्ता पूँजीको १० प्रतिशतभन्दा बढी लगानी गर्न नपाइने व्यवस्था गरिएको समाचार विहिबारको कान्तिपुर दैनिकमा छापिएको छ ।

दसैंको मुखमा सौर्य एयर ग्राउण्डेड, दैनिक २५० यात्रु प्रभावित

काठमाडौं २०, असोज । दसैंको मुखैमा नियमति उडानको सौर्य एयरलाइन्स ग्राउण्डेड भएको (विग्रिएर थन्किएको) छ । बुधबार विहान विराटनगरबाट काठमाडौं आएपछि जहाजको कोपाइलटतर्फको अगाडिको झ्यालको सीसा टुटेको छ । सीसामा देखिएको सानो क्र्याकले पनि विन्डो हिटमा समस्या आउने भएकोले जहाज ग्राउण्डेड भएको समाचार विहिबारको अन्नपूर्ण पोष्टमा छापिएको छ । सीसामा देखिएको सानो समस्या भएपनि ग्राहकको सुरक्षा संवेदशीलतालाई ध्यानमा राखेर जहाज ग्राउण्डेड गरिएको सौर्य एयरलान्यसका प्रवन्ध निर्देशक गोपाल भट्टराईले बताए । उनका अनुसार झ्यालको सीसा नै फेर्नुपर्ने र त्यसो सामान अमेरिकाबाटै मगाउनुपपर्छ । यसका लागि करिब ३० देखि ४० लाख खर्च लाग्ने उल्लेख छ । अमेरिकादेखि सामान मगाउने र ल्याएर जडान गर्दा तीनचार दिन लाग्ने एयरलाइन्सको भनाइ छ । ५० जना यात्रु बोक्ने यो वायुसेवासँग एउटा मात्रै जहाज भएकोले पनि सानो समस्या आउँदा पनि शत् प्रतिशत उडान रद्द हुने गरेको छ । यो वायुसेलाई काठमाडौंबाट विराटनगर, नेपालगन्ज र भद्रपुरको लागि दैनिक ५ देखि ६ वटासम्म उडान गर्ने गरेको छ । जहाज ग्राण्डेड हुँदा दैनिक साढे दुई सय देखि ३० सय जना प्रभावित भएका छन् ।

मठमन्दिरमा पूजा गर्न वार्षिक एक करोड बजेट, ६५ प्रतिशत बजेट दसैँको वेलामा हुने पूजा तथा बलिमा खर्च

काठमाडौं २०, असोज । देशभरका मठमन्दिरमा पूजा गर्न सरकारले वार्षिक एक करोड रुपैयाँ खर्च गर्ने गरेको छ ।सरकारले चालू आर्थिक वर्षमा मन्दिर र शक्तिपीठमा पूजा गर्न एक करोड १६ लाख ५२ हजार चार सय रुपैयाँ विनियोजन गरेको छ । विनियोजित रकममध्ये करिब ६५ प्रतिशत बजेट दसैँको वेलामा हुने पूजा तथा बलिमा खर्च हुने गरेको निवृत्तभरण व्यवस्थापन कार्यालयका प्रमुख शिवनाथ पौडेलले बताए । विनियोजित बजेट दसैँबाहेक अन्य विशेष पूजामा पनि खर्च हुने गरेको छ । पूजाआजाका लागि सरकारले विनियोजन गर्ने बजेट हरेक वर्ष बढ्ने गरेको छ । गत आर्थिक वर्षमा पूजा सामग्री तथा पशुबलिका लागि एक करोड १२ लाख ३२ हजार रुपैयाँ विनियोजन भएको थियो । चौपाया बलिका लागि साढे ८१ लाख बजेट सरकारले चालू आर्थिक वर्षमा चौपाया बलिका लागि ८१ लाख ४५ हजार सात सय रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, पूजाआजा गर्न ३४ लाख ९६ हजार सात सय रुपैयाँ छुट्याएको छ । धुप, धजा, प्रसादसहित २१६ प्रकारका पूजा सामग्री पूजामा प्रयोग गर्ने गरिन्छ । मल्लकालदेखि नै मन्दिर तथा विभिन्न शक्तिपीठका लागि बजेट विनयोजन हुँदै आएको निवृत्तभरण व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख पौडेलले भने, ‘हिन्दूधर्मका लागि निवृत्तभरण व्यवस्थापन कार्यालयले खर्च गर्दै आएको छ । अन्य धर्मावलम्बीका लागि छुट्टै निकायबाट पैसा व्यवस्थापन गरिन्छ ।’ नयाँ पत्रिका दैनिकबाट ।

दशैं मनाउन पाँँच लाखले उपत्यका छोडे, १५ लाखले गाँउ जान टिकट काटिसके

काठमाडौं २०, असोज । दशैं मनाउन उपत्यका छाड्नेहरूको संख्या दैनिक बढेको छ । पाँच दिनयता करिब पाँच लाख सर्वसाधारणले उपत्यका छाडेको ट्राफिक प्रहरीको तथ्यांक छ । नागढुंगा नाकाबाट मंगलबार मात्र पाँच हजार सात सय पाँच सवारीसाधनमार्फत ६४ हजार तीन सय ५९ सर्वसाधारण बाहिरिएका छन् । सबै नाकाबाट गरेर सवा लाख सर्वसाधारण मंगलबार बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । सबै नाकाबाट मंगलबार १० हजार ६६ सवारीसाधन बाहिरिएका थिए । मंगलबारभन्दा बुधबार नाकाबाट बाहिरिनेको संख्या बढेको समाचार बिहिबारको नेपाल समाचार पत्रमा छापिएको छ । दसैँमा हरेक वर्ष करिब २० लाख सर्वसाधारणले उपत्यका छाड्छन् । त्यसमध्ये करिब १८ लाखले सार्वजनिक यातायात प्रयोग गर्ने ट्राफिक प्रहरीले जनाएको छ । यो वर्ष १४ लाखभन्दा धेरै टिकट बिक्री भइसकेको छ । फूलपातीको अघिल्लो दिन, फूलपाती र अष्टमीको दिनमा सबैभन्दा धेरै यात्रु बाहिरिने गर्छन् ।

सांग्रीला होटलद्वारा दसैं भोज प्याकेज सार्वजनिक, अष्टमीदेखि चार दिन ग्राहकको रोजाई अनुसारको विशेष मेनु

काठमाडौं २०, असोज । पाँचतारे होटल सांग्रीलाले दसैं भोज नामक प्याकेज सार्वजनिक गरेको छ । होटलले आगामी आइतबारदेखि बुधबारसम्मको चार दिने प्याकेज सार्वजनिक गरको हो । होटलले चार दिन सम्म दसैं भोज नामक प्याकेज सार्वजनिक गरेको होटलकी सहायक विक्री प्रवन्धक बविता पाण्डेले जानकारी दिएकी छन् । उनका अनुसार होटलले दसैंका अष्टमीदेखि एकादशीसम्मको लागि विशेष मेनु सार्वजनिक गरेको छ । यस्तो मेनुमा ग्राहकले रोजेर खाना तथा खाजा खान पाउने छन् । पाँचतारे होटलमा सर्वसाधारणको पनि सहज पहुँच पुग्ने गरी होटलले नयाँ मेनुसहितको प्याकेज ल्याएको छ । होटलका अनुसार सुरुवाती मेनुमा खसीको रक्ती, कलेजो, फोक्सो साधेको ६ सय रुपैयाँमा, चिउरा र समै वजी पाँच सय रुपैयाँमा, कालो भटमास साधेको चार सय पचास, आलुको अचार कालो तिल हालेको चार सय पचास, कुखुराको सेकुवा पाँच सय र खसीको छोयला ६ सय रुपैयाँमा सेवा दिने भएको छ । सुपमा च्याउनेको झोल तीन सय, खशीको खुट्टाको रस तीन सय ५० रहेको छ । मेन कोर्समा थाई भेज ११ सय र ननभेज १४ सय रुपैयाँ तोकिएको होटलले जानकारी दिएको छ । डेजर्टको पनि तीन सय र चार सय ५० को गरी दुई थरी सेवा रहेको छ । होटलका कार्यकारी सेफ महेश राज ढकालका अनुसार स्वादिलो र हाइजेनिक खाना एफोर्टवल प्राइमा सेवा दिएको छ । गत वर्ष पनि आउने यस्तो प्योकजमा यो वर्ष भने ग्राहकले छानेर र मन परेको मेनु रोज्न पाउने गरी हरेकमा शुल्कसहित सार्वजनिक गरेको हो । होटलले हरेक वर्ष दसैंका लागि दसैं भोज नामक मेनु सार्वजनिक गर्ने गरेको छ ।

काबेली ‘ए’ निर्माण एक महिनाभित्रै, ३७.६ मेगावाट जलविद्युत थप हुँदै

काठमाडौं २०, असोज । मेची अञ्चलकै ठूलो जलविद्युत आयोजनाका रुपमा रहेको ३७.६ मेगावाट क्षमताको काबेली ए आगामी एक महिना भित्रनिर्माण सुरु हुने भएको छ । चिनियाँ कम्पनीलेले निर्माणको जिम्मा पाएको काबेली ए जलविद्युत आयोजना निर्माणको सम्पूर्ण प्रकृया पूरा भइसकेकाले आयोजना प्रवर्द्धक प्रदीपकुमार श्रेष्ठले बताए । ताप्लेजुङ र पाँचथर सीमाक्षेत्रमा बग्ने काबेली नदीबाट विद्युत उत्पादन गर्ने तयारी गरिरहेको यो अयोजना निर्माणका लागि लगानी समस्या नभएकाले तीन वर्षभित्र काम सम्पन्ने गर्ने लक्ष रहेको श्रेष्ठको भनाइ छ । यसअघि काबेली हाइड्रोपार इनर्जी प्रालिले निर्माण सुरु गरेको थियो । तर उक्त कम्पनीले समझौता विपरीत काम गरेको भन्दै स्थानीयले विरोध जनाएपछि निर्माण हुन सकेको थिएन । कारोबार दैनिकबाट ।

ढकतराजु परीक्षण नहुँदा उपभोक्ता ठगिँदै, कम तौलने बनाउँदा पनि उपभोक्ता बेखवर

काठमाडौं २०, असोज । तरकारी तथा फलफूल नापतौलका सामाग्री नियमित परीक्षण नहुँदा उपभोक्ता ठगिने गरेका छन् । व्यापारीका नापतौल मेसिन वर्षैंदेखि गुणस्तर मापन नहुँदा उपभोक्ता सजिलै ठगिएका हुन् । काभ्रेजिल्लाको प्रमखु व्यापारिक केन्द्र बनेपा, पनौती, धुलिखेलका चोक, अरनिको र बीपी राजमार्गका आसपासमा करिब दुई सयभन्दा बढी व्यापारीबाट उपभोक्ता ठगिँदै आएका छन् । एक किलो फलफूल र तरकारी किन्दा एक सयदेखि दुई सय ग्रामसम्म तौल कम हुने गरेको उपभोक्ताको गुनासो छ । वर्षैदेखि खिईसकेको ढकतराजुले सामान जोख्दा तौल कम हुने भएपनि बाध्यतावश किन्नपरेको उपभोक्ताको भनाइ छ । कतिपय व्यापारीलाई ढकतराजु वार्षीक परीक्षण गर्नुपनर्छ भन्ने समेत थाहा छैन । अन्नपूर्ण पोष्टबाट ।

ग्यास सिलिन्डरको मूल्य घट्यो, ३५० सम्म घटाएर प्रतिसिलिण्डर २ हजार बनाए

काठमाडौं २०, असोज । ग्यास कम्पनीहरुले सिलिन्डरको मूल्य घटाएका छन् । कम्पनीहरुले धरौटी भने पनि किन्नुपर्ने बाध्यतामा पारेर असुल्दै आएको रकम यसपटक माग घटेपछि घटाइएको हो । सिलिन्डरको मागमा कमीसँगै कम्पनीको बजारीकरण गर्न केही उद्योगीले मूल्य घटाएका हुन् । ग्यास बिक्रेता संघ काठमाडौंका तथ्यांक अनुसार उद्योगीले कम्तीमा एक सय रुपैयाँदेखि साढे तीनसय रुपैयाँसम्म मूल्य घटाएका हुन् । बिक्रेता संघका अनुसार सबैभन्दा बढी नमस्ते, सगर र त्रिवेणीले मूल्य घटाएका छन् । नमस्ते ग्यासले २३ सय ५० रुपैयाँ लिदैं आएकोमा असोजबाट २ हजार रुपैयाँमा बिक्री गरेको छ । २३ सय रुपैयाँमा बिक्री गर्दै आएको सगरले २ हजार, २३ सय रुपैयाँमा बिक्री गर्दै आएको त्रिवेणीले २ हजार, २३ सय पर्ने नारायणीको सिलिन्डर २१ सय ५०, रुपैयाँमा बिक्री भएको संघले जनाएको छ । त्यस्तै त्रिशुल, सुर्य, एचपी, तारा, गीता ग्यासले पनि २३ सय बाट घटाएर २१ सय मूल्य कायम गरेका छन् । उद्योगीले धरौटीको नाममा मूल्य लिए पनि सर्वसाधारणले धरौटी रकम फिर्ता पाएका छैनन् । कान्तिपुर दैनिकबाट ।