विकासन्युज

नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

काठमाडौं, २१ पुस । सिद्धार्थ बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिपुरेश्वरको नेपाल आँखा अस्पताललाई सहयोग प्रदान गरेको छ । बैंकले अस्पतालको आर्थिक अवस्था कमजोर भएका १५ जना मोति बिन्दुका बिरामीको मोति बिन्दुको शल्यक्रियाका लागि आवश्यक आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले अस्पताललाई ३७ हजार ५ सय रुपैयाँको चेक हस्तातरण गरेको छ । सो सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वरप्रसाद बस्यालले उक्त अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई हस्तान्तरण गरेका छन् ।  सो सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वरप्रसाद बस्यालले उक्त अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई हस्तान्तरण गरेका छन् ।

यती डेभलपमेण्ट बैंकको सेयर स्वामित्व परिर्वतन, ५० प्रतिशत हकप्रद आँउदै

काठमाडौं, २१ पुस । यती डेभलपमेण्ट बैंकको संस्थापक सेयर स्वामित्व परीवर्तन भएको छ । कम्पनीको सेयर स्वामीत्व परीवर्तन पश्चात संस्थापक समुहको सेयर अनुपात ५१ प्रतिशत र सर्वसाधारण समुहको शेयर अनुपात ४९ प्रतिशत कायम भएको छ । बैंकको चौंधौ बार्षिक साधारण सभाबाट पारित संस्थापक शेयर स्वामित्व परीवर्तन सम्बन्धी प्रस्तावलाई नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लि. तथा सिडिएस क्लीयरीङ्ग ले स्विकृती प्रदान गरेको हो । परिवर्तन अघि बैंकको संस्थापक समूहको शेयर स्वामीत्व अनुपात ६८.३१ प्रतिशत तथा सर्वसाधारण समूहको ३१.६९ प्रतिशत रहेको थियो । साथै, बैंकले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात (२ बराबर १) का दरले जारी हुने हकप्रद शेयर निष्काशन प्रकृया अन्तिम चरणमा रहेको समेत बैंकले जनाएको छ ।

धौलागिरिमा फेला पर्यो सेन्चुुरी पदमार्ग (फोटो फिचरसहित)

काठमाडौं, २१ पुस । धौलागिरि हिमाल प्रथम (८,१७२ मिटर) को दक्षिणि आधारशिविरसम्म पुग्ने नयाँ पदमार्ग पहिचान भएको छ । म्याग्दी उद्योग वाणिज्य संघले काठमाडौंबाट बिशेषज्ञ टोली बोलाएर ०७२ फागुनमा ‘धौलागिरि सेन्चुरी टे«क’ एक्सप्लोर गरेको थियो ।राजधानीमा उक्त पदमार्गको शुभारम्भ गरिएको छ । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारबाट झीं, पाखापानी, रायखोर, घ्यासिखर्क, छरी, फेदी, सहस्र भीर, ओडार क्याम्प हुँदै धौलागिरि आधारशिविर पुगेपछि फर्केर छरी, घ्यासिखर्कबाट चिमखोला, दर्मिजा, दग्नाम हुँदै गलेश्वर मन्दिर भएर बेनीबजारसम्म पदयात्रा गर्न सकिन्छ । काठमाडौंबाट पदयात्रामा निस्कनेहरुले बेनी, झीं, घ्यासिखर्क, फेदी, ओडार क्याम्प, आधारशिविर र दग्नाममा बास बस्नुपर्ने हुन्छ । घ्यासिखर्क, बेनी र फेदीमा आउँदा र जाँदा नै रात बिताउनु पर्छ । धेरै पर्यटकले छोटो दुरीका पदमार्गको खोजी गरिरहेको अवस्थामा धौलागिरि सेन्चुरी पदमार्ग चाँडै लोकप्रिय हुने संभावना छ । काठमाडौंबाट बेनीसम्म बसमा आउजाउ गर्न दुई दिन लाग्छ भने पदयात्रा गर्न ७ दिन लाग्ने छ । प्रकृति र संस्कृतिको अनुपम स्वाद चखाउँदै पर्यटकलाई धौलागिरि हिमालको फेदसम्म घुमाउन संघले नयाँ पदमार्ग पहिचान गरेको हो । यस काममा नेपाल पर्यटन बोर्ड, टे«किङ एजेन्स्जि एशोसियसन अफ नेपाल (टान), गाउँ पर्यटन प्रबर्धन मञ्च नेपाल, गैरआवासिय म्याग्देलीको संस्था मोना, पदमार्गको झीँ गाउँ, जिविस म्याग्दी र हिमालयन म्याप हाउस लगायतले सघाएका छन् । अध्ययन टोलीको नेतृत्व हिमालयन म्याप हाउसका निर्देशक पवन शाक्यले गरेका थिए । टोलीमा गुरिल्ला टे«ल समेत एक्सप्लोर गरेका अध्येता सुरेन्द्र राना, बेनीका सामाजिक अभियन्ता दिनेशनारायण श्रेष्ठ, फ्रेण्ड्स एडभेञ्चर टिमका गाइड ङवा तामाङ र दिपक लामा सहभागी थिए । यो नयाँ पदमार्गको छरीसम्म बस्ती छ । शिकारी, गोठाला र यार्सागुम्बा टिप्न जानेहरुले हिँड्ने गोरेटो पच्छ्याउँदै नयाँ पदमार्ग अध्ययन गरिएको हो । पदमार्ग ४,००० मिटर उचाइमा छ । रघु गंगा नदिको किनारै किनार पदयात्रा गर्नु पर्छ । यात्रामा मगर तथा छन्त्याल जीवनशैली र संस्कृति बुझ्न पाइन्छ । पदमार्ग सुधार, संकेत चिह्नको व्यवस्था, गाउँलेलाई अतिथि सत्कार, होमस्टे व्यवस्थापन लगायत तालिम दिएपछि मात्रै यो पदमार्ग दिगो हुने अध्ययन टोलीको निष्कर्ष छ । छरीभन्दा माथि बस्ती छैन । तलका गाउँमा सामान्य खाना, बास र भरिया पाइन्छ । हालका लागि क्याम्पिङ टे«क संभव छ । संघले हिमालयन म्याप हाउससँगको सहकार्यमा धौलागिरि सेन्चुरी टे«कको नक्सा, र पोस्टर प्रकाशन गरिसकेको छ । बृतचित्र समेत तयार छ ।

सुबिसु इन्टरनेट १७ औँ वर्षमा प्रवेश, संचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सफल

काठमाडौं, २१ पुस । नेपालको एक अग्रणी इन्टरनेट सुबिसु केवलनेट बिहीबारबाट १६औं बर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००१ देखि केबल टिभीबाट सेवा शुरु गरेको सुबिसु, हाल देशको सुचना तथा संचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने एक अग्रणी कम्पनीको रुपमा स्थापित छ । १६ बर्षको अन्तरालमा कम्पनीले आफ्ना ग्राहकहरुलाई थप नविन्तम तथा अत्यन्त उच्च कोटिका सेवाहरु दिँदै आएको छ । ग्राहकहरुलाई डिजिटल टिभी सेवा, इन्टरनेट टिभी ओटिटि सेवा र ब्रोड व्याण्ड सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको छ । कम्पनीको वार्षिकोत्सबको अवसरमा सुबिसुको प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउद भन्छन् “सुबिसु सफलतापूर्वक १७औं वर्षमा प्रवेश गर्नुमा हाम्रा ग्राहकहरुको निरन्तर साथ, माया र विश्वास हो । हामी ग्राहकहरुको यहि साथ, माया र विश्वास सदैब हामीसँग रहोस भन्ने चाहान्छौँ । १६ बर्षको अन्तरालमा हामी थप अनुभवी भएका छौ, यहि अनुभवका साथ हामी अझ केन्द्रित रहि आफ्ना अमूल्य ग्राहकहरुलाई थप उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।”

रामचन्द्र संघाई विरुद्ध व्यापारिक साँझेदार सुभाष खेतान र रमेश अग्रवालको ६ आरोप

काठमाडौं, २१ पुस । सिद्धार्थ ग्यास उद्योग प्रालीका अध्यक्ष रामचन्द्र संघाईलाई उनकै व्यापारिक साँझेदारहरु सुभाष कुमार खेतान र रमेश कुमार अग्रवालले ६ वटा गम्भिर आरोप लगाएका छन् । सिद्धार्थ ग्यास उद्योग प्रालीका ५० प्रतिशत हिस्सेदारका रुपमा रहेका खेतान र अग्रवालले राजश्व अनुसन्धान विभाग, अख्तियार, सम्पति सुद्धिकरण विभाग, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोलाई बोधार्थ दिएर नेपाल आयल निगमलाई लेखेको पत्रमा संघाई विरुद्ध गम्भिर प्रकृतिका ६ वटा आरोप लगाइएको छ । रामचन्द्र संघाईले भारतबाट ग्यास ढुवानी गर्दा बढि रकम भाडा तिरेर राजश्व चुहावट तथा विदेशी मुद्रा अपचलन गरेको आरोप पनि उनीहरुले लगाएका छन् । त्यस्तै, संघाईले ५० प्रतिशत लगानी कर्तालाई बाइपास गरेर उद्योग कब्जा गरेको, बुलेट ढुवानीमा बढि भाडा तिरेर राजश्व चुहावट गरेको, विदेशी मुद्रा अपचलन गरेको, उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पर्नेगरि न्युन गुणस्तरका सिलिण्डर बेचेको, भूकम्प र भारतीय नाका बन्दीका समयमा कालोबजारी गरेको लगायतका आरोप लगाएका छन् । उनीहरुले नेपाल आयल निगमलाई कात्तिक २५ गते पत्र लेखेर पिडिओ रोक्का गरि कारवाही अघि बढाउन माग गरेका थिए । संघाईले उपभोक्ताहित प्रतिकुल तथा राजश्व चुहावटको काम समेत गरेकाले उनी माथी तत्काल अनुसन्धान गरेर कारवाही गरिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् । खेतान र अग्रवालले सिद्धार्थ ग्यास उद्योग प्रालीमा आफुहरुको ५० प्रतिशत हिस्सा रहेको र सो सम्बन्धी मुद्धा पाटन उच्च अदालतमा विचाराधिन रहेकाले पनि संघाईलाई अदालतको मानहानीको कारवाही पनि गरिनुपर्ने दावी गरेका छन् ।

बिहीबार मात्र गुडविल फाइनान्सको ९ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं, २१ पुस । बिहीबार मात्र गुडविल फाइनान्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । फाइनान्सको ९ लाख ७ हजार ५ सय कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ४५ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको प्रतिकित्ता सेयर २८५ रुपैयाँमा किनबेच भएको छ ।

३५ करोडको कारोबार भएको बजारमा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं, २१ पुस । बिहीबार नेप्से परिसूचक सामान्य ३ दशमलब ६८ अंकले घटेर १४५४ अंकमा झरेको छ । बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा जम्मा ३५ करोड रुपैयाँको कारोबार भएको छ । सो दिन १२८ कम्पनीको १२ करोड १२ लाख कित्ता सेयर किनबेच भएको छ । बजार राताम्मे हुँदा पनि दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । एनबी इन्स्योरेन्स कम्पनी र कर्नाली डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ९.८८ र ९.७८ प्रतिशतले बढेको छ । सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैंकको सेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ । बिहीबार कारोबार भएका सबै समूहका परिसूचकहरु राताम्मे भएका छन् । बीमा र होटल समूहका परिसूचक क्रमशः ४१ र १५ अंकले घटेका छन् । अन्य बाँकी समूहको परिसूचकहरु सामान्य अंकले ओरालो लागेका छन् ।

बूढीगण्डकी आयोजनाः मुआब्जा वितरण प्रक्रिया अगाडि बढ्यो

काठमाडौँ, २१ पुस । बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने बाटो क्रमशः खुल्दै गएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आयोजनाबाट प्रभावित गाविस तथा क्षेत्रको मुआब्जा निर्धारण गरेर सम्पर्कका लागि स्थानीय प्रभावितलाई सम्पर्क गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय, धादिङले पहिलो चरणमा सलाङ, मैदी, खरी गाविसका प्रभावितलाई मुआब्जा वितरण गर्ने भएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले न्यूनतम प्रतिरोपनी पाँच लाख २५ हजार रुपैयादेखि अधिकतम आठ लाख ३५ हजार रुपैयाँसम्मको मुआब्जा तय भएको जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालयले विभिन्न ११ वटा खण्डमा मुआब्जा तय गरेको छ । बाक्लो बस्ती र मूल मोटरबाटोसँग जोडिएका दायाँ बायाँका जग्गालाई सबैभन्दा बढी मुआब्जा दिइनेछ । यस्तै मूल मोटरबाटोसँग जोडिएका दायाँ बायाँ जग्गाको रु आठ लाख चार हजार, घरबस्ती क्षेत्र र सहायक मोटर बाटोको रु सात लाख ७३ हजार, खेत अब्बल रु सात लाख ४२ हजार, खेत दोयम रु सात लाख ११ हजार, खेत सिम रु छ लाख ८० हजार, खेत चाहार रु छ लाख ४९ हजार, बारी अब्बल रु छ लाख १८ हजार, बारी दोयम रु पाँच लाख ८७ हजार, बारी सिम रु पाँच लाख ५६ हजार तथा बारी चाहार रु पाँच लाख २५ हजारका दरले मुआब्जा तोकिएको छ । प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार आयोजनाको प्रक्रिया अगाडि बढेको छ । जग्गा प्राप्ति ऐन, २०३४ अनुसार परियोजनाका लागि जग्गा अधिग्रहण गर्दा, सम्पूर्ण घर र जग्गा अधिग्रहणमा परी विस्थापित हुने र अन्यत्र कहीँ पनि घर जग्गा नभएका विस्थापितले सोको प्रमाणपत्र पेस गरेको खण्डमा पाँच रोपनीभन्दा कम जग्गा हुने र पाँचदेखि १० रोपनीसम्म मात्र जग्गा हुने परिवारको हकमा तोकिएको मुआब्जाभन्दा बढी जग्गाको प्रकारका आधारमा थप १५ प्रतिशतसम्म मुआब्जा प्राप्त गर्नेछन् । घर, गोठ, उद्योग, कलकारखाना तथा बोटबिरुवालगायत अन्य वैयक्तिक भौतिक सम्पत्तिको लगत लिन अलग्गै टोली खटाउने र सोका आधारमा मूल्याङ्कन गरी थप मुआब्जा दिइनेछ भने मुआब्जा निर्धारण हुन बाँकी रहेका आरुघाट र खहरे बजार क्षेत्रको मुआब्जा निर्धारणका लागि विशेष टोली खटाइ सो टोलीले दिने प्रतिवेदनका आधारमा मुआब्जा तय गरिनेछ । गृहमन्त्रालयले बूढीगण्डकी आयोजना विकास समितिका तर्फबाट आज सार्वजनिक सूचना प्रकाशित गरी सलाङ, मैदी र खरी गाविसको मुआब्जाका लागि आयोजनाको कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालय गोरखाले पनि पहिलो चरणमा तीन गाविसको मुआब्जा वितरण गर्ने सूचना प्रकाशित गरेको थियो । बूढीगण्डकी आयोजना विकास समितिका अध्यक्ष डा लक्ष्मीप्रसाद देवकोटाले मुआब्जा लिनका लागि स्थानीय प्रभावितले जिल्ला प्रशासन कार्यालय, गोरखा र आयोजनाको कार्यालय सिउरेनीटारमा निवेदन दिइसकेको जानकारी दिएका छन्। आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतले आगामी १५ दिनभित्र गोरखाका घ्यालचोक, भूमलीचोक र दर्बुङ गाविसको करिब दुई हजार १०० कित्तामध्ये एक हजार कित्ताको मुआब्जाका लागि निवेदन प्राप्त भएको र अन्यको चाँडै नै मुआब्जा वितरण गरिने बताउनुभयो । आयोजनाका लागि चालु आवमा अर्थ मन्त्रालयले पाँच अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ भने नेपाल आयल निगमले भन्सार बिन्दुमा नै लगाएको पूर्वाधार शुल्कमार्फत हालसम्म तीन अर्ब रुपैयाँ जग्गा भइसकेको छ । यस्तै आयोजनाले इन्जिनियरिङ, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसमेत तयार पारिसकेको छ । आयोजना प्रभावितलाई मुआब्जा वितरणका लागि केही दिनभित्रै संयोजक पद चयन गरिने ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले जानकारी दिएका छन्। रासस