विकासन्युज

फेरी बढ्यो पेट्रोलियम पदार्थकाे मुल्य, पेट्रोल पुग्यो ११०, डीजेल ९२ रूपैयाँ

काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई/दुई रुपैयाँ मुल्य बढाएकाे छ । बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य बढाएकाे हाे । भारतबाटै पेट्राेलियम पदार्थकाे भाउ बढेर अाएकाे भन्दै स्वचालित मुल्य प्रणालीकाे अाधारमा निगमले मुल्य बढाएकाे जनाएकाे छ । निगमका प्रवक्ता वीरेन्द्र गाेर्इतका अनुसार मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको मुल्य ९२ रुपैयाँ प्रति लिटर पुग्ने भएकाे छ । उनले बुधबार राति १२ बजेदेखि नयाँ मुल्य लागू हुने जनाए । यसअघि पेट्राेल, डीजेल र मट्टीतेलकाे प्रतिलिटर मुल्य क्रमशः १०८, ९० र ९० रूपैयाँ थियाे ।

ओपोकाे स्मार्टफोनमा ६ महिनाभित्र थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधि, माेबाइल उद्याेगमा नयाँ शुरूवात

काठमाडौं । ओपो ग्लोबल रिसर्च ईन्स्टिच्यूट (शेन्जेन)ले कम्पनीद्वारा थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग गरी विश्वकै पहिलो ५जी भिडियो कल डेमोको सफल परिक्षणकोे घोषणा गरेको छ । परिक्षणमार्फत रिमोट रिसिभरमा ओपोको एक फोनमा निहित स्ट्रक्चर्ड लाइट थ्रीडी क्यामेरा र क्वालकम टेक्नोलोजिज्द्वारा विकसित ५ जी एनआर टर्मिनल प्राटोटाइपमार्फत थ्रीडी पोट्र्रेट छवि प्रकाशित गरिएको थियो । ओपोद्वारा आयोजना गरिएको थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिमार्फत ५जी भिडियो कल परिक्षणका लागि स्ट्रक्चर्ड लाइट क्यामेरा सहितको कस्टमाइज्ड ओपो आर ११ एसको प्रयोग गरिएको कम्पनीले जनाएको छ । परिक्षणमा आरजीबी र फोनको स्ट्रक्चर्ड लाइट क्यामेराको प्रयोगद्वारा लक्षित विषयको रंग र थ्रीडी डेफ्ट ईन्फरमेसन संकलन गरिएको थियो । यसरी संकलित सुचना, ५जी वातावरणमा ट्रान्समिट गरी अन्त्यमा लक्षित विषयलाई रिमोट डिस्प्ले स्क्रिनमा प्रस्तुत गरिएको थियो । कम्पनीको अनुसार ओपो रिसर्च ईन्स्टिच्यूटको हार्डवेयर रिसर्च सेन्टरका निर्देशक बाइ जियानले भने थ्रीडी स्ट्रक्चर लाइट प्रविधिको प्रयोगद्वारा गरिएको सफल ५जी भिडियो कलले उपभोक्ताका आवश्यकता बुझ्दै नवप्रबर्तन उन्मुख दिशालाई प्रतिबिम्बित गर्छ । ओपोले स्मार्टफोनमा थ्रीडी स्ट्रक्चर्ड लाएट प्रविधिको उपयोगितालाई ब्यवसायिकिकरण गर्दै उपभोक्ताका लागि सो प्रविधि करिव ६ महिना भित्रै उपलब्ध गराउने उनको भनाइ छ । करिव ३ बर्ष अघिदेखि ओपो ५जी रिसर्च, डेभलपमेण्ट तथा उत्पादनको विकासका लागि अन्तर्राष्ट्रिय मानक निर्धारण कार्यमा कम्पनी सक्रिय रुपले लागिरहेको जानकारी गराएको छ । ‘सन् २०१८को जनवरी महिनामा हामीले क्वालकम टेक्नोलोजिज्सँगको सहकार्यमा ५ जी पाइलट प्रोग्रामको घोषणा गरिएका थियौं,’ स्ट्यान्डराइजेसन रिसर्च ग्रुप  अफ ओपो रिसर्च ईन्स्टिच्यूटका निर्देशक ट्यांग हाईले भने ‘सन् २०१९ सम्ममा ५जी ह्याण्डसेट सार्वजनिक गर्ने पहिलो स्मार्टफोन निर्माता बन्न कम्पनी अघि बढेको हो ।’ उच्च गति (ईएमबीबी), बृहत्त क्षमता (एमएमटीसी) र कम बिलम्बता (यूआरएलएलसी) सहितको ५जी प्रविधिलाई औद्योगिक मोबाइल दुरसञ्चारको नयाँ सुरुवातका रुपमा लिने गरिन्छ । ईएमबीबीको मानक स्थापना तथा म्याच्योरिटीसंगै ओपोले ईमेजिङ तथा सेन्सर प्रविधिसंग ५जी नेटवर्क समाहित गर्ने कम्पनीको भनाइ छ । यसको माध्यमबाट युबेकुटस रियालिटी, भर्चुअल रियालिटी, अगुमेन्टेड रियालिटी जोइण्ट रियालिटी लगायतका लागि प्रयोग सार्थकता अध्ययन गर्ने कम्पनीको योजना छ । सेक्योर पेमेण्ट, थ्रीडी रिकन्स्ट्रक्सन, एआर तथा गेमिङका सम्भावना पनि केलाउँदै उपयोगितामा लाने योजना कम्पनीले अघि सारेको छ ।  

प्रमोटर सेयर बिक्री नभएका तीन वाणिज्य बैंकप्रति राष्ट्र बैंक कठोर बन्दै, पुँजी नपुर्याउने पाँच बैंक निगरानीमा

काठमाडौं । सेयर पुँजी न्यूनतम ८ अर्ब रुपैयाँ नपुर्याउने पाँच वटा वाणिज्य बैंकलाई के गर्ने भन्ने विषयमा नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा गम्भिर बहस शुरु भएको छ । बैंक अफ काठमाडौं, सिभिल, कुमारी, एनसीसी र एनएमबी बैंकको ८ अर्ब पुँजी पुगेको छैन । पुँजी नपुगेकै कारण उनीहरुलाई राष्ट्र बैंकले वार्षिक साधारणसभा गर्न अनुमति पनि दिएको छैन । त्यस्तै संस्थापक सेयर बिक्रीमा समस्या भोगिरहेका सिभिल, कुमारी र एनसीसी बैंकप्रति राष्ट्र बैंकले कठोर निर्णय लिने तयारी गरेको उच्च स्रोतले बतायो । सिभिल बैंकले हकप्रद सेयर निष्काशन गर्दा करिब ३३ लाख कित्ता प्रमोटर सेयर बिक्री भएको थिएन । लिलामी गर्दा पनि ३१ लाख कित्ता सेयरको लागि आवेदन नपरेपछि दोस्रो पटक लिलामीमा राखिएकोछ । त्यस्तै कुमारी बैंकको हकप्रद सेयर निष्काशन खुला छ । तर आधारभूत सेयरधनीबाटै हकप्रद सेयरको लागि प्रयाप्त पैसा नराखेपछि राष्ट्र बैंकले कुमारी बैंकलाई पनि गम्भिर रुपमा लिएको छ । एनसीसीसँग मर्ज प्रक्रियाबाट वाहिरीएको कुमारी बैंकप्रति राष्ट्र बैंकको असन्तुष्टी बढ्दो छ । त्यस्तै, आधारभूत सेयरधनीले नै हकप्रद सेयरमा लगानी नगरी विवादस्पद विषयलाई लिएर उजुरबाजुरमा फसेको एनसीसी बैंकले हकप्रद सेयर निष्काशन समेत गर्न सकेको छैन । आधारभूत सेयरधनीले लगानी नगरेको भन्दै धितोपत्र बोर्डले एनसीसी बैंकको हकप्रद निष्काशन सम्बन्धि विवरण पत्र स्वीकृत गर्न मानेको छैन । बैंक अफ काठमाण्डूले प्रमोटर सेयर निष्काशन गर्दा जम्मा भएको प्रिमियमलाई पुँजीमा गणना गर्न गरेको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकार गरेको छैन । ‘अन्तराष्ट्रिय लेखा प्रणाली र सिद्धान्तअनुसार प्रिमियम रकम संचित कोषमा जम्मा हुन्छ, सेयर पुँजीमा राख्न मिल्दैन’ राष्ट्र बैंकका एक सञ्चालकले भने । बैंक अफ काठमाण्डूसँग यस्तो रकम करिव ९३ करोड रुपैयाँ छ । त्यस्तै, एनएमबी बैंकले प्रस्ताव गरेको ८८ करोडको एफपीओ निष्काशन नभएकोमा पनि राष्ट्र बैंक असन्तुट भएको छ । उक्त एफपीओ निष्काशन हुने हो भने बैंकको पुँजी ८ अर्बभन्दा बढी हुन्छ ।

हिमालयन बैंकको थप शाखा बारा र बाँकेमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बारा र बाँकेमा थप शाखा विस्तार गरेको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बाराको प्रसौनीमा र बाँकेको राप्तीसोनारीमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । यससहित बैंकको कूल शाखा संख्या ४९ पुगेको छ । उक्त शाखाहरुबाट बैंकले ग्राहकहरुलाई सम्पूर्ण बैङ्किग सुविधाहरु उपलब्ध गराउँनेछ ।

ग्लोबल आइएमई बैंकको थप ४ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले यस साता ४ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले अब रुपन्देहीको चारांगेमा, गुल्मीको हार्दिनेटा, भेदुवा र हटियाबाट नयाँ शाखारहित बैंकिङ्ग सेवा दिने भएको छ । यससगैं बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८३ पुगेको छ । बैंकले हाल १२९ वटा शाखा, १३१ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर माफर्त बैंकिङ सेवा प्रदान गर्दे आइरहेको छ ।

मारुती सिमेन्टले निःशुल्क प्राविधिक परामर्श दिने, निर्माण गुणस्तरीय र मजबुत हुने

काठमाडौं । मारुती सिमेन्ट लिमिटेडले निशुल्क प्राविधिक परामर्श तथा सहयोग गर्ने भएको छ । संस्थाले निर्माण गुणस्तरीय र मजबुत होस भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो । कम्पनीले ‘मोबाइल कंक्रिट एक्सपर्ट’ नामक प्राविधिक सेवा सहितको भ्यान हरेक निर्माण स्थलमै पुगेर दक्ष प्राविधिकहरुबाट कंक्रिटको कम्प्रेसिभ स्ट्रेन्थको जाँच तथा गुणस्तरीय निर्माणमा आवश्यकता अनुसारको प्राविधिक परामर्श सेवा निःशुल्क रुपमा प्रदान गर्ने भएको छ । मारुती सिमेन्टले यस सेवामा ‘मोबाइल कंक्रिट एक्सपर्ट’ भ्यान मार्पmत कंक्रिट कम्प्रेसिभ स्ट्रेन्थको जाँच, सम्पूर्ण ढलान सम्बन्धी प्राविधिक जानकारी, गुणस्तरीय निर्माण सामाग्रीहरुको सही छनौट तथा मिश्रणको सही अनुपात एवं यसको कार्यक्षमता बारे जानकारी, भाइबे्रटर र क्युरिङ्ग गर्ने सहि तरिका, कंक्रिट बनाउने सही तरिका साथै गारो र प्लास्टर लगाउने सही तरिका अनि आवश्यकता अनुसार थप प्राविधिक परामर्श तथा सहयोग प्रदान गराउने छ । यो सेवा हाल काठमाडौँ उपत्यकाभित्र मात्र सञ्चालन गरिएको र निकट भविष्यमा नै उपत्यका बाहिर पनि शुरु गरिने कम्पनीका सिनियर ब्राण्ड म्यानेजर राजु श्रेष्ठले जानकारी गराएका छन् । यस सेवामा निःशुल्क टोल फ्रि नम्बर नेपाल टेलिकम प्रयोगकर्ताका लागि १६६००११७७७७ र एनसेल प्रयोगकर्ताका लागि ९८०१५७३७७७ नम्बरमा कल गरि आफूलाई आवश्यक परेको प्राविधिक सल्लाह सुझाव तथा निर्माणाधीन संरचनाको लागि कंक्रिटको भारवहन क्षमता जाँचको सुविधा लिन सकिने कम्पनीले बताएकाे छ ।

कृषि व्यवसाय गर्ने युवालाई ७० प्रतिशत अनुदान

काठमाडौं । कृषि व्यवसाय गर्ने युवालाई ७० प्रतिशत अनुदान दिने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले घोषण गरेका छन् । स्वदेशमा नै रोजगारी सृजना गरी युवा जनशक्तिको विदेश पलायन रोक्न तथा स्वदेशमै युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्न उक्त कार्यक्रम ल्याउने उनले बताएका छन् । इजरायली दुतावास र साना किसान बैंकले संयुक्त रुपमा काठमाडौंमा गरेको साना किसान कृषि तालिम कार्यक्रममा उनले स्वदेशमा नै रोजगारी सृजना गर्ने जोड दिए । ‘विदेशमा सिकेको शिपलाई सदुपयोग गर्ने दिशामा सरकर अघि बढ्नेछ,’ उनले भने ‘कृषि क्षेत्रमा काम गर्न चाहनेहरुका लागि सरकारले सहयोग गर्नेछ ।’ कृषि मर्यादित र सम्मानित पेशा भएको भन्दै उनले स्वदेशमै केही गर्छु भन्ने सोंच भएकाहरुलाई राज्यले सहयोग गर्ने उनकाे स्पष्टाेक्ति थियाे । छोटो समयमै मुलुकलाई कृषिको माध्यमबाट माथि उठाउन सकिने उनको भनाइ छ । उनको अनुसार विदेशबाट सिकेर आएको शिपलाई मुलुकमा सदुपयोग गरी आयातलाई प्रतिस्थापन गर्ने गरी निर्यात बढाउन जोड दिइनेछ । इजरायलमा २ दशमलय ८ प्रतिशत मानिसले खेती गरेर ८० प्रतिशत उत्पादन निर्यात गर्ने गरेको अनुभव सुनाउँदै मन्त्री खनालले नेपालले पनि कृषि क्षेत्रमा प्रगति गर्न सक्ने उनको भनाइ छ । मन्त्रालयकोअनुसार नेपालमा ६६ प्रतिशत मानिस कृषिमा आश्रित भएपनि ५० प्रतिशतलाई मात्र खान पुग्ने गरेको छ । थप ५० प्रतिशत आयात गर्नु पर्ने बाध्यता रहेको छ । हिमालदेखि तराईसम्म १६ प्रकारको हावापानी उपलब्ध छ । संसारमा उत्पादन हुने सबै वस्तु नेपालमै उत्पादन हुने मन्त्री खनालको दावी छ । ‘तर नेपालमा उत्पादन हुने वस्तु संसारका सबै ठाँउमा हुन सक्दैन,’ उनले भने ।

प्रोभिषाद्धारा एकदिने रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । शैक्षिक परामर्शदातृ संस्था प्रोफेशनल भिषा एण्ड एजुकेशन सर्भिसेस (प्रोभिषा)ले एकदिने रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । संस्थाले आफ्नो १०औं वार्षिक उत्सबको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो । नेपालमा पनि रगतको अभावमा ज्यान गुमाउनेको अवस्थालाई मध्यनजर गर्दै आज भृकुटिमण्डपमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको हो । संस्थाले समाज सेवालाई पनि प्राथमिकतामा राख्दै उक्त कार्यक्रम गरेको हो । १० वर्षदेखि सञ्चालनमा रहेको यस संस्थाले नेपालको काठमाण्डौं र अष्ट्रेलियाको सिड्नीबाट आफ्नो सेवा प्रदान गरिरहेको छ ।