विकासन्युज

१ रुपैंया निर्यात गर्दा नेपालकाे १६.५ रुपैंया अायात, पेट्राेलियम पदार्थ मात्र ६९ अर्बकाे खपत

काठमाडौं। अार्थिक वर्षकाे पहिलाे चाैमासमा नेपालकाे व्यापारघाटा ४०‍‍.२९ प्रतिशतले बढेकाे छ । अघिल्लाे अार्थिक वर्षकाे साेही समयमा ३ खर्ब २३ अर्ब ९४ कराेड ६३ लाख १७ हजार रुपैंया खुद नाफा रहेकाेमा याे वर्ष उक्त अाकार ४ खर्ब ५४ अर्ब ४७ कराेड २२ लाख २३ हजार पुगेकाे छ । याे अार्थिक वर्षमा कुल निकासी १०‍.७ प्रतिशतले बढेर २९ अर्ब २८ अर्ब १५ कराेड ७९ लाख पुग्दा पैठारी ३८.१ प्रतिशतले वृद्धि भर्इ ४ खर्ब ८३ अर्ब ७५ कराेड ३८ लाख २२ हजार रुपैंया पुगेकाे छ । याे तथ्याङ्क अनुसार नेपालकाे निर्यात अायात अनुपात १६.५ गुणा हुन अाउँछ । नेपालबाट निर्यात हुने वस्तुहरुमा यार्न, उनी गलैंचा, तयारी पाेशाक, फलाम, जुस, चिया, कपडा, पश्मिना सल, अलैंची, जुट लगायत छन् । नेपालबाट सबैभन्दा बढी यार्न निर्यात हुने गरेकाे तथ्याङ्कले देखाएकाे छ, यसकाे हिस्सा १० प्रतिशत छ । त्यस्तै कुल अायातकाे १४‍.३ प्रतिशत पेट्राेलियम पदार्थ अायात भएकाे हुँदा यसकाे अाकार करिब ६९ अर्ब ७ कराेड पुगेकाे छ । त्यस्तै फलाम १२ प्रतिशत, मेसिनरी तथा पार्टस् ७‍.७ प्रतिशत, यातायात र त्यसका पार्टसहरु ७.७ प्रतिशत, हवार्इजहाज तथा पार्टसहरु ३‍.८ प्रतिशत, अन्न ३.१ प्रतिशत, तयारी पाेशाक २.९ प्रतिशत, सुन २‍.९ प्रतिशत, अाैषधी २.१ प्रतिशत र अन्य २६.१ प्रतिशत हिस्सा अायात भएकाे छ । नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, तयारी पोशाक, फलाम तथा स्टील र तिनका उत्पादनहरु, जुस, चिया, टेक्सटाइल, पश्मिना सल, अलैंची, जुटका झोला तथा बोराहरु, फेल्टका सामानहरु, मुसुरोको दाल, शिरपोश, तामाका सामानहरु, टुथपेष्ट, चाउचाऊ, रोजिन तथा रेजिन एसिड, जडिवुटी, जुत्ता, हस्तकलाका सामानहरु, सुतीका झोला, अदुुवा, मासु, छाला, सारयुक्त तेल, अदुवा, छाला आदि निर्यात हुने गरेकाे छ । नेपालको पैठारी व्यापारमा भारत, चीन, फ्रान्स, युएई, थाइलेण्ड, इण्डोनेशिया, स्वीट्जरलेण्ड, मलेशिया, क्यानडा, भियतनाम, अर्जेन्टिना, युक्रेन, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका प्रमुुख रुपमा रहेका छन् ।

ग्लोबल आइएमई बैंक र नेपाल क्यान्सर हस्पिटलबीच उपचार सेवामा छुट दिने सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर प्रा. लि.बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा, सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठ र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् । ग्लोबल आइएमई बैंकले हाल १३२ शाखा, १४१ एटिएम,६ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर ,१०४ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त सेवा प्रदान गर्दै आइरहेको छ । उक्त सम्झौता पश्चात नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट,क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् ।  

गुराँस लघुवित्तले साँढे २ करोड आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको २ लाख ५० हजार कित्ता साधारण सेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको लागेको हो । सो मात्रको सेयर निष्काशन गर्न संस्थाले एनआईबिएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा गुराँस लघुवित्त वित्तीय संस्थाको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत नगेन्द्र मिश्र र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । हाल गुराँस लघुवित्तको अधिकृत पुँजी १० करोड र जारी पुँजी ७ करोड ७५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, चुक्तापुँजी ५ करोड २५ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणहरुलाई सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पुँजी ७ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।

सेयर काराेबारमा विद्युतीय हस्ताक्षर अनिवार्य गरिदै, नेपाल सट्र्रिफाइङ्ग कम्पनीसँग साझेदारी

काठमाडाैं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले अनलाइन प्रणालीबाट सेयर काराेबारका लागि प्रयास जारी राखेकाे बेलामा नेपाल धिताेपत्र बाेर्डले  डिजिटल सिग्नेचर प्रयाेगमा ल्याउने तयारी गरेकाे छ । बाेर्डले चालु अार्थिक वर्षमा नै डिजिटल सिग्नेचर प्रयाेगमा ल्याउन प्रयास भइरहेकाे जनाएकाे छ । बोर्डका अध्यक्ष डा. रेवत वहादुर कार्कीले यसै वर्षदेखि पुँजी बजारलार्इ  डिजिटलाइज गर्ने कार्यक्रम रहेकाे बताए । बाेर्डकाे कार्यक्रम कार्यान्वयन गर्न नेपाल स्टक एक्सचेञ्ज, सिडिएससि, क्रेडिट रेटिङ्ग संस्था तथा मर्चेन्ट बैंकर, ब्राेकर कम्पनी, संस्थागत लगानीकर्ताकाे सहयाेग अावश्यक भएकाे उनले बताए । त्यसैगरी विद्युतीय कारोबार ऐन कार्यान्वयनमा आएसँगै  सेयर कारोबारलाई विश्वसनीय, कानून सम्मत र सुरक्षित बनाउन विद्युतीय हस्ताक्षरको प्रयोगको शुरुवात गर्नु आवश्यक रहेकाे उनकाे भनार्इ छ । विद्युतीय हस्ताक्षर प्रयाेग कसरी गर्ने भन्ने विषयमा बाेर्डले धिताेपत्र व्यवसायीहरूसँग बुधबार अन्तरक्रिया गरेकाे छ । डिजिटल सिग्नेचर प्रयाेगमा ल्याउन बाेर्डले नेपाल सट्र्रिफाइङ्ग कम्पनी प्रा. लि.सँग साझेदारी गर्ने उनले बताए । अन्तरक्रिया कार्यक्रममा नेपाल सट्र्रिफाइङ्ग कम्पनीका  निर्देशक दिपक भण्डारीले विद्युतीय हस्ताक्षरको आवश्यकता, यसको महत्व, विशेषता, फाइदा, प्रयोग गर्ने तरिका, धितोपत्र बजारमा ग्राहक परिचय विवरण, खरिद बिक्री आदेश तथा धितोपत्र दलाल व्यवसायीहरुले बोर्डमा पेश गर्नुपर्ने विवरणमा विद्युतीय हस्ताक्षर प्रयोग गर्न सकिने जस्ता विषयवस्तुहरु समेटिएको प्रस्तुतिकरण गरेका छन् । कम्पनीका अध्यक्ष विप्लवमान सिंहले नेपाल सरकारले विद्युतीय हस्ताक्षरलाई अगाडि बढाउने नीति लिएकोमा नेपाल सरकारका विभिन्न निकायहरुबाट विधुतीय हस्ताक्षर लिने कार्य यसै आ.व. देखि शुरुवात भएको समेत जानकारी गराए ।

जनरल इन्स्योरेन्स कम्पनी र देवःविकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडाैं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल  र देवः विकास बैंकबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एसकेतमोट बीच भेट वार्ता भएकाे थियाे ।  भेट्मा दुवैले  सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने भएका छन् ।

लगातार बजार घट्दा सबैभन्दा बढी गुमाउनेमा लघुवित्त, त्यसपछि इन्स्योरेन्स

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगातार गिरावट अाएकाे छ । याे साताभरी नै बजार राताे भयाे र  बिहीबार पनि नेप्से १० अंकले  घट्याे । बजारमा निरन्तर गिरावट अाउँदा  लघुवित्त संस्थाका सेयरधनीले बढी गुमाएका छन् । बिहीबारको कारोबारमा पनि धेरै गुमाउनेको अग्रस्थानमा रहेका १० कम्पनी मध्ये सबैभन्दा बढी लघुवित्त संस्था रहेका छन् । सबैभन्दा बढी गुमाउने १० कम्पनीमध्ये लघुवित्त मात्र ५ वटा छन् । सबैभन्दा बढी मिर्मिरे लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले ५.२४७ प्रतिशत गुमाएका छन् । त्यस्तै, डिपरोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.९९, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ४.२३, आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ४.०२ र विजया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.८४ प्रतिशतले घटेको छ । राम्राे लाभांश घाेषणा गरेका संस्थाकाे पनि मूल्यमा गिरावट देखिएकाे छ । बिहीबार डिप्रोक्स लघुवित्तले २० प्रतिशत लाभांश घोषणा गरेको थियो । लाभांश घोषणासँगै सेयर मूल्यमा गिरावट आएको छ । सो दिनभरको बजारमा यस संस्थाको मूल्य अघिल्लो दिनको तुलनामा ३१ रुपैयाँ घटेर प्रतिकित्ता ५९० रुपैयाँमा झरेको छ । लघुवित्तपछि सबैभन्दा बढी इन्स्यारेन्स कम्पनीको सेयर मूल्यमा गिरावट आइरहेको छ । बिहीबार गुमाउनेको अग्रस्थानमा रहेका मध्ये विभिन्न ३ बीमा कम्पनीको सेयर मूल्य घटेको छ । सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ५.८५ प्रतिशतले घटेको छ । त्यस्तै, नेकाे इन्स्योरेन्सका लगानीकर्ताले ५.२० र गुराँस लाइफ इन्स्योरेन्सका सेयरधनीले ३.७७ प्रतिशत गुमाएका छन् । कमाउनेको अग्रस्थानमा रहेका १० कम्पनीमध्ये अधिकांश वाणिज्य बैंक र जलविद्युत कम्पनी रहेका छन् । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीकाे सेयर मूल्य भन्दा लघुवित्त तथा बीमा समूहकाे मूल्य अझै माथि छ । वाणिज्य बैंक समूहकाे परिसूचक १००९ हुँदा माइक्राेफाइनान्स समूहकाे परिसूचक १३०० भन्दा माथि छ । त्यस्तै बीमा समूहकाे परिसूचक ५ हजार भन्दा माथि छ ।  

राजधानीका क्यासिनो व्यवस्थापनमा अदालत बाधक, सीमा क्षेत्रमा क्यासिनो हब बनाइने मन्त्रीकाे भनार्इ 

काठमाडौं । राजधानीका क्यासिनोहरूकाे अवस्थामा अदालत बाधक बनेकाे जनाउदै सरकार सीमा क्षेत्रमा क्यासिनो हबको विकास गर्ने तयारीमा जुटेकाे छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले अदालतको स्टे अर्डरका क्यासिनाे र एयरपाेर्ट व्यवस्थापन जटिल भएकाे बताएका छन् । त्यसकाे विकल्पमा सीमा क्षेत्रमा क्यासिनाे हक बनाइने उनले बताए । राजधानीमा नेपाल स्वतन्त्र होटल, क्यासिनो रेष्टुरेन्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३८ औं स्थापना दिवसको उद्घाटन गर्दै उनले भने, ‘यहाँ दूर्भाग्यपूर्ण अवस्था छ । बीच–बीचमा एउटा स्टे अर्डर ल्याएर क्यासिनो चलाइदिएको हुन्छ । दुई ठाउँमा मेरो मन्त्रालयको जटिल अवस्था छ । एयरपोर्टको पसल हटाउने भनियो तर त्यहि स्टे अर्डर लिएर आईदिन्छन्, अर्काे क्यासिनोमा । म अदालतको सम्मान गर्दै भन्न चाहन्छ, यस्ता खालको स्टे अर्डरले क्यासिनो र एयरपोर्टमा सुशासन कायम गर्न अप्ठ्यारो भएको छ । हामी सुशासन चाहन्छौं । गलत तरिकाको स्टे अर्डर आउने काम नहोस् । ’ कानून नभएकाले पनि यो समस्या देखा परेको भन्दै उनले क्यासिनो लगायत पर्यटन क्षेत्रलाई समेट्ने नयाँ संघीय पर्यटन ऐन–२०७५ जारी गर्ने तयारीमा सरकार रहेको बताए । उनले अबको तीन/चार महिनामा संसदले त्यो कानून ल्याउने र पर्यटन क्षेत्रका तमाम समस्या समाधान गर्न सहज हुने उनको विश्वास थियो । ‘२०३५ सालको पर्यटन कानून ८० प्रतिशत संशोधनको खाँचो देखिएपछि अहिले ऐनको मस्यौदा भईरहेको छ । आउँदो संसदबाट पाश गछौं, जसले क्यासिनो होटल लगायत पर्यटन क्षेत्रका सबै क्षेत्र स्वतः कानूनद्धारा व्यवस्थित हुनेछन्, त्यतिबेला स्टे अर्डरको काम हुने छैन ।’ उनले भने । उनले नेपालमा पर्यटनबाट जिडीपीको योगदान १० प्रतिशतसम्म पुर्याउनेबारे आफूहरुले सोचिरहेको पनि बताए । मजदुरको हकहितका लागि कुनै कसर बाँकी नराख्ने भन्दै उनले रोयल्टी नतिर्ने क्यासिनो नविकरण नगरिने बताए । उनले भने, ‘सिमाक्षेत्रका केही महत्वपूर्ण ठाउँमा क्यासिनोको बढी सम्भावना रहेको त्यसलाई क्यासिनो हबकोरुपमा विकास गर्नुपर्दछ । नगरी पर्यटनको योगदान सोचेजस्तो हुँदैन । पुरातन सोचेर हुँदैन । ’ उनले अन्य पर्यटकीय प्रोडक्टको विकास गरिने पनि बताए । कार्यक्रममा होटल संघ नेपाल हानका अध्यक्ष अमरमान शाक्यले मजदुरको दक्षता विकास गरी पर्यटनको विकासमा लाग्न आफूहरु दत्तचित्त रहेको बताएका थिए । त्यस्तै नेस्वहोमयूका अध्यक्ष सूर्यबहादुर कुँबरले होटल, क्यासिनो तथा रेष्टुरेन्ट क्षेत्रका मजदुरको समस्याका सन्दर्भमा पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा सहभागी अन्य मजदूरले क्यासिनो तथा मनोरञ्जन क्षेत्रमा सञ्चालकले विभिन्न बहानामा ज्यादति गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । कार्यक्रममा अग्रज ट्रेड युनियनकर्मी र व्यवसायीलाई सम्मान गरिएको थियो । गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने युनियन आबद्ध मजदूरका तीन सन्ततिलाई ‘स्व. माधव न्यौपाने स्मृति छात्रवृत्ति’ समेत प्रदान गरिएको थियो । यसैगरी सर्वोत्कृष्ट ट्रेड यूनियन पुरस्कार होटल अन्नपूर्ण दरबारमार्गमा क्रियाशील आधिकारिक ट्रेड यूनियनलाई प्रदान गरिएको थियो ।

७९ लाख कित्ता सेयर लिलामीमा अाउने भएपछि एनसीसी बैंककाे सेयर मूल्यमा उच्च गिरावट

काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंककाे ७९ लाख कित्ता सेयर लिलामीमा अाउने भएपछि सेयर मूल्य घटेकाे छ । बिहीबार यस बैंककाे सेयर मूल्य प्रतिकित्ता २०३ रूपैयाँसम्म झरेकाे छ । बुधबार २०९ रूपैयाँमा काराेबार बन्द भएकाे यस बैंककाे सेयर बिहीबार २०४ रूपैयाँमा झरेर बन्द भयाे । यस बैंकले केही महिनाअघि जारी गरेकाे हकप्रद सेयर मध्ये ७९ लाख कित्ता सेयर बिक्री भएकाे छैन । बैंकले उक्त सेयर सार्वजनिक रूपमा बढाबढ मूल्यमा बेच्ने पर्नेछ । ७९ लाख कित्ता मध्ये प्रवर्द्धक सेयर मात्र ६५ लाख कित्ता छ । एनबी समूहले ३५ लाख कित्ता सेयर किन्न नसकेपछि र निर्मल प्रधानले १० लाख कित्ता सेयर नकिनेपछि ठूलाे मात्रामा प्रवर्द्धक सेयर बिक्री नभएकाे बैंकले जनाएकाे छ । त्यस्तै, एपेक्स डेभलपमेन्ट बैंकबाट एसीसीमा मर्ज भएका प्रवर्द्धक सेयरधनी मध्ये धेरैले हकप्रद सेयरमा पैसा नहालेकाे बतार्इकाे छ । साधारण सेयरतर्फ पनि १४ लाख भन्दा बढी कित्ता बिक्री भएकाे छैन । सेयर बजारमा मन्दी अाएकाे बेलामा ७९ लाख कित्ता लिलामीमा अाउँदा सेयर मूल्य अझै घट्ने विश्लेषण गरिएकाे छ । गत असारमा बैंककाे सेयर मूल्य १७१ रूपैयाँसम्म झरेकाे थियाे । सेयर बजारमा गिरावट अाएकाे अवस्थामा प्रिमियम अाम्दानी कम हुने विश्लेषणका अाधारमा बैंकले नबिकेकाे सेयर लिलामीमा राख्न ढिलार्इ गरेकाे छ । तर उक्त सेयर बिक्री गरेपछि मात्र प्रस्तावित बाेनस जाेडेर पुँजी ८ अर्ब पुग्ने भएकाेले छिटाेभन्दा छिटाे सेयर लिलामीमा राख्नु पर्ने बैंककाे वाध्यता छ । नबिकेकाे सेयर लिलामी नगरी बैंकले हकप्रद सेयर भर्नेकाे सेयर नेप्सेमा सूचिकरण गरिसकेकाे छ । सूचिकरणपछि बैंककाे चुक्ता पुँजी ६ अर्ब २२ कराेड रूपैयाँ भएकाे छ । नेप्सेले भने बैंककाे चुक्ता पुँजी ७ अर्ब १ कराेड भएकाे भनि गलत विवरण वेवसाइटमा राखेकाे छ । गत वर्षकाे नाफाबाट करिव ५० कराेड र मर्जसँगै जम्मा भएकाे ९९ कराेड प्रिमियम वितरण गरेर चुक्ता पुँजी ८ अर्ब पुर्याउने बैंककाे याेजना छ । बैंकले गत दुर्इ अार्थिक वर्षकाे साधारणसभा गर्न सकेकाे छैन ।