विकासन्युज

महासंघका पूर्व अध्यक्ष ढकालले भने- जनशक्ति र प्राकृतिक स्रोतको सही सदुपयोग गरौं

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले भारतीय उद्योग परिसंघद्वारा आजदेखि भारतको आर्थिक नगरी मुम्वईमा आयोजना गरिएको सीआईआई साझेदारी सम्मेलनलाई संवोधन गर्नुहु“दै प्राकृतिक स्रोतले धनी दक्षिण एशियामा रहेको अपार सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरी यस क्षेत्रका जनताको जीवनस्तर सुधार गर्नुपर्नेमा जोड दिएका छन् । दक्षिण एशियामा आर्थिक सहयोग–साझेदारी प्रवद्र्धन सम्बन्धीसत्रलाई संवोधन गर्दै सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहनु भएका महासंघका विशिष्ट सदस्य एवम् पूर्व अध्यक्ष ढकालले यूवा जनसंख्याले धनी दक्षिण एशियामा रहेको बलियो जनशक्ति र प्राकृतिक स्रोतलाई एकाकार गराएर लैजान सकियो भने अवको विश्व अर्थतन्त्रको नेतृत्व यसै क्षेत्रले गर्ने दावी समेत गरे । सीआईआई साझेदारी सम्मेलनमा भाग लिन महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल अहिले भारतको मुम्वईमा रहेको छ । सम्मेलनको भारतका उपराष्ट्रपतिले एक विशेष समारोहका बीच आज समुद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, भारतीय सरकारका उद्योग वाणिज्य तथा नागरिक उड्डयन मन्त्री सुरेश प्रभु, महाराष्ट्रका मुख्य मन्त्री, सार्क राष्ट्रका मन्त्रीहरुको सहभागिता रहेको थियो । पूर्व अध्यक्ष ढकालले सम्मेलन कै दौरान पर्यटन तथा सेवा क्षेत्र सम्बन्धी एउटा शत्रलाई संवोधन गर्दै सार्क क्षेत्रलाई जोडने अर्को महत्वपूर्ण माध्यम पर्यटन क्षेत्र भएको स्पष्ट पारे । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेकाले नेपालमा पर्यटन क्षेत्रमा लगानी गरी फाइदा उठाउन पनि उनले अनुरोध गरे । साझेदारी सम्मेलनमा भाग लिन गएको महासंघको प्रतिनिधिमण्डलका सदस्यमा महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान र निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी पनि रहेका छन् ।

साधनाको दोस्रो वार्षिक साधारणबाट हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौँ । गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो दोस्रो वार्षिक साधारण सभा होटल गोरखा विसौनिमा सम्पन्न गरेको छ । उक्त साधारण सभाले एक कित्ता बरावर एक दशमलव शुन्य पाँच कित्ता (१ः१.०५) हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । हकप्रद शेयर जारी पछि वित्तीय संस्थाको चुक्तापूँजी १० करोड चार लाख पचास हजार पुग्नेछ । साधारण सभामावित्तीय संस्थाको अध्यक्ष कुष्णबहादुर थापाले वित्तीय क्षेत्रमादिनानुदिन परिवेश बदलिँदो छ, केहि दिनअधिमात्रै नेपाल राष्ट्र बैकवाट प्राप्त परिपत्रमा उल्लेख भए अनुसार लघुवित्त वित्तीय संस्थाहरु एक प्रदेश वा राष्ट्रियस्तरमा सञ्चालन गर्नु पर्ने प्रावधान रहेको र यस वित्तीय संस्थाको भविष्यको योजनापनि विगतको ब्यवस्था अनुसार १० जिल्ला वा प्रदेशमा मात्र सीमित नरही राष्ट्रियस्तरको संस्थातर्फ अगाडि बढ्ने सोच रहेको बताए ।

सिन्धुज्वाला हाइड्रोपावरको दोस्रो साधारण सभा, रिक्त रहेको सञ्चालकमा पोखरेल नियुक्त

काठमाडौँ । सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडले आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको छ । २०६५ साउन २१ मा स्थापना भएको लिमिटेडले आफ्नो दोस्रो साधारणसभा काठमाडौँमा सम्पन्न गरेको हो । लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं ३ मा ४३ मेगावाटको अपर नेसम खोला जलविद्युत आयोजना र २१ मेगावाटको अपर नेसम खोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । साधारणसभाले आर्थिक प्रतिवेदन २०७४/०७५, लेखापरीक्षकको प्रतिवेदन २०७४/०७५, वित्तीय अवस्थाको विवरण, आय विवरण तथा सो अवधिको नगद प्रवाह विवरण पारित गर्दै आर्थिक वर्ष २०७५/०७६ को लागि लेखापरीक्षक नियुक्त गरेको छ । त्यसैगरी प्रबन्धपत्र नियमावलीको संशोधन तथा समितिमा रिक्त रहेको सञ्चालकको चयनको अनुमोदन गरेको छ । सञ्चालक समितिले रिक्त रहेको सञ्चालक पदमा ध्रुवकुमार पोखरेललाई नियुक्त गरेको थियो । कम्पनीका अध्यक्ष चुर्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा जलविद्युत क्षेत्रको वर्तमान अवस्था तथा कम्पनीले निर्माण गर्न लागेको नेसम खोला जलविद्युत आयोजनाको अवस्थाका बारेमा गणेशकुमार श्रेष्ठले जानकारी गराएका थिए । त्यसैगरी आयोजना प्रमुख देवेन्द्र केसीले आयोजनाको कार्यप्रगति तथा आयोजना निर्माणको अवस्थाको जानकारी गराउनुभएको थियो । कम्पनीका सञ्चालक इ. ध्रुवकुमार पोखरेलले आयोजनाको प्राविधिक पक्षको बारेमा जानकारी गराएका थिए ।

सट्टा तथा लियन शिक्षकहरु आन्दोलित, बुझाए ज्ञापन पत्र

काठमाडौँ । श्रोत व्यक्ति सट्टा शिक्षकहरु आन्दोलित भएका छन् । सरकारले श्रोत केन्द्रमा कार्यरत श्रोतव्यक्तिहरुलाई विद्यालयमा फर्काउन निर्णय गरेपछि उनीहरुको सट्टामा कार्यरत शिक्षकहरु आन्दोलित भएका छन् । श्रोतव्यक्ति सट्टा शिक्षक केन्द्रीय संघर्ष समिति नेपालले श्रोत व्यक्ति फिर्ताको निर्णय अबिलम्ब सच्याउन र सट्टा तथा लियन शिक्षकहरुको रोजगारीको ग्यारेन्टी गर्न माग गरेको छ । संघर्ष समितिका अध्यक्ष बासुदेव शर्माको नेतृत्वमा संघर्ष समितिका सदस्यहरुले नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय अध्यक्ष लक्ष्मण खतिवडालाई ज्ञापन पत्र समेत बुझाएका छन् । मुलुकभर सट्टा तथा लियन शिक्षकहरु १ हजार ५३ जना रहेका छन् ।

ऊर्जा मन्त्रीलाई प्रश्न-विद्यालयले कसरी पाउँछ विद्युत् मिटर ?

काठमाडौँ । “माननीय मन्त्री ज्यू, विद्यालयमा कम्प्युटर क्षिक्षाका लागि विद्युत् लाइन जोड्न खोजेको, तर सार्वजनिक जग्गामा भवन भएकाले हामीसँग लालपूर्जा छैन । सोही कारण हामीले विद्युत् मिटर राख्न पाएका छैनौँ । हामीले विद्युत् मिटर नपाएकै कारण विद्यार्थीलाई कम्प्युटर पढाउन नपाउने हो त ?” यो भनाइ हो काभ्रे जनजागृति माविका शिक्षक ठाकुरप्रसाद उप्रेतीको । शिक्षक उप्रेती त्यतिमा मात्रै रोकिएनन् । उनले भने, “मिटर जडान गर्न नेपाल विद्युत् प्राधिकरणको काभ्रेपलाञ्चोक वितरण केन्द्रले १० हजार धरौटी राख्न भनेको छ । हामीले कसरी मिटर लिने होला ?” अभिभावकले विद्यालयमा कम्प्युटर पढाइ गर्न लामो समयदेखि माग गर्दै आएको भएपनि मिटर नपाउँदा विद्युत् लाइन जोड्न पाइएन, शिक्षक उप्रतीले थप गुनासो गरे । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले हरेक साताको शुक्रबार १२ बजेदेखि १३ बजेसम्म एक घण्टा ११५१ नम्बरको पैसा नलाग्ने फोनमा ग्राहकका गुनासो सम्बोधन गर्ने पहल गर्नुहुन्छ भन्ने सुनेकाले आफूले फोन गरेको उप्रेतीको भनाइ थियो । शिक्षक उप्रेतीको भनाइ ध्यानपूर्वक सुनिरहेका मन्त्री पुनले भने, “तपार्इँको समस्या समाधान हुन्छ । लालपूर्जा नभएकालाई समेत विद्युत् मिटर दिने प्रक्रिया शुरु भइसकेको छ । प्राधिकरणको काभ्रेपलाञ्चोक वितरण केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ । शिक्षक उप्रेतीसँगको वार्तासँगै मन्त्री पुनका सहयोगीले प्राधिकरणको काभ्रेपलाञ्चोक वितरण केन्द्रका प्रमुखलाई फोन लगाए । मन्त्री पुनले काभ्रे वितरण केन्द्रका प्रमुखलाई जनजागृति माविको समस्या समाधान गर्न निर्देशन दिए । शुक्रबार मन्त्री पुनले विभिन्न क्षेत्रका नौ नागरिकसँग संवाद गरे । उनले उनीहरुका गुनासा ध्यानपूर्वक सुन्नुभयो र सकेसम्म समाधान गर्ने प्रयास पनि गरे । दोलखा बिगु गाउँपालिका–८ का सञ्जीव ओलीले चार महिना पहिले लाइन विस्तार गरिएको भएपनि करीब ३०० मिटर तार नहुँदा विद्युतीकरण गर्न समस्या भएको गुनासो गरे । ओलीले प्राधिकरणको दोलखा वितरण केन्द्रले आफूहरुको माग सम्बोधन नगरेको गुनासो मन्त्रीलाई सुनाए । मन्त्री पुनले तत्कालै दोलखा वितरण केन्द्रका प्रमुखलाई समस्या समाधान गरिदिन निर्देशन दिए । यस्तै मन्त्री पुनलाई गुनासो सुनाउनेमा बुटवल उपमहानगरपालिकका घनश्याम कँडेल थिए । उनले पानी जडानका लागि विद्युत् उपलब्ध गराइदिन माग गरे । मकवानपुर भीमफेदीका राजकुमार पुडासैनीले काठको पोल विस्थापनका लागि प्राधिकरणले पटकपटक स्थलगत निरीक्षक गरेको भएपनि १४५ पोल फेर्नुपर्ने भएकाले काम रोकिएको गुनासो गरे । थापाथलीको सुकुम्वासी बस्तीबाट बलबहादुर खत्रीले फोन गरेर अस्थायी मिटर जडान गरेका कारण प्रतियुनिट २० का दरले महसुल तिर्नुपरेको भन्दै स्थायी मिटरको प्रबन्ध गरिदिन आग्रह गरे । उनले लालपूर्जा नभएका व्यक्तिलाई समेत मिटर उपलब्ध गराउने सुने पनि प्राधिकरणले अस्थायी मिटर दिएर बढी शुल्क लिएको भन्दै समस्या समाधान गरिदिन मन्त्री पुनलाई अनुरोध गरे । दोलखा भीमेश्वरका नवराज कार्कीले तामाकोशी काठमाडौँ प्रसारण लाइनको टावर सकेसम्म सार्वजनिक जग्गाबाट लैजानुपर्ने बताए । खोटाङका प्रेम गुरुङको माग भने फरक थियो । उनले विद्युत् महसुल मिनाहा गरिदिनु पर्नेमा जोड दिए । साँखुका सत्यनारायण तिवारीले फर्निचर व्यवसायका लागि थ्री फेज विद्युत् लाइन उपलब्ध गराइदिन अनुरोध गरे । फर्निचर व्यवसाय गरेर स्वदेशमा नै रहने थिए तर थ्री फेज लाइन नभएका कारण समस्या भएको छ, उनको भनाइ थियो । बारा विश्रामपुरका अमिरलाल पालले पनि विद्युत् वितरण सहज बनाउनु पर्नेमा जोड दिए । मन्त्री पुनले नागरिकका समस्या सम्बोधन गर्न हरेक शुक्रबार नियमित रुपमा एक घण्टा संवाद गर्दै आएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मातहतका निकायमा भइरहेको काम कारवाहीका बारेमा नागरिकले कस्तो प्रतिक्रिया दिएका छन् भन्ने थाहा पाउन पनि हटलाइन प्रभावकारी भएको मन्त्री पुनको भनाइ छ । सकेसम्म नागरिकको गुनासा सम्बोधन गर्ने प्रयास गरिएको छ । महत्वपूर्ण कार्यक्रममा व्यवस्त हुनुपर्दा वा देशका विभिन्न स्थानमा जाँदाबाहेक हटलाइनमा नागरिकका गुनासा सुन्ने कार्यलाई निरन्तर अगाडि बढाएको बताउँदै मन्त्री पुनले भने, “नागरिकले असाध्यै राम्रो प्रतिक्रिया दिनुभएको छ । यसबाट मन्त्रालय र मातहतका निकायमा भएका काम कारवाहीको बारेमा समेत जान्ने अवसर मिलेको छ ।” रासस

सामसङ प्लाजाले ल्यायो टिभी एक्सचेन्ज अफर

काठमाडौँ । के तपाईँ बैठक कोठामा भएको सीआरटी टिभीले ठाँउ ओगटेर चिन्तित हुनुहुन्छ र नयाँ टिभी किन्ने योजनामा हुनुहुन्छ ? के तपाईँ आफ्नो बैठक कोठालाई स्लिम टिभीले सजाएर आर्कषक बनाउन इच्छुक हुनुहुन्छ ? तर संकुचित रकमले गर्दा नयाँ टिभी किन्न सकिरहनु भएको छैन । तपाईँ अब चिन्तित नहुनुहोस् । सामसङ प्लाजाले ग्राहकहरुका लागि सुनौलो योजना ल्याएको छ । सामसङ प्लाजाले सामसङ्ग एलईडी टिभी एक्सचेन्ज अफर ल्याएको छ । यस योजना अन्तर्गत कुनैपनि ब्राण्डका पुराना सीआरटी टिभीलाई नयाँ सामसङ एलईडी टिभीसँग साट्न सकिनेछ । यो योजना पुष २६ गतेदेखि माघ ४ गतेसम्म मात्र लागू हुनेछ । यस अफरमा पुराना टिभीलाई उचित मूल्यांकन दिइने छ । उक्त योजना बाराही सिनेमा हल नजिक रहेको भक्तपुर सामसङ प्लाजामा र नयाँ बजारको सामसङ प्लाजामा मात्र लागू गरिएको छ ।

नेप्से परिसूचक १०.०५ बिन्दुले बढ्यो, चार कम्पनीका शेयर सूचीकृत

काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न चार कम्पनीका शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता ठूलो परिमाणको शेयर माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सूचीकृत भएको छ । सो कम्पनीको १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत भयो । सो कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजारमा खरीद बिक्री शुरु हुने स्टकले जनाएको छ । यसै साता जोशी हाइड्रोपावर लिमिटेडको पनि ३७ लाख १४ हजार कित्ता साधारण शेयर स्टकमा सूचीकृत भएको छ । स्वदेशी लघुवित्त वित्तीय संस्था र नागबेली लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर पनि यसै साता स्टकमा सूचीकृत भए । स्वदेशी लघुवित्तको ११ लाख ५० हजार र नागबेलीको सात लाख ६६ हजार ५३१ कित्ता शेयर सूचीकृत भएका छन् । धितोपत्र बजारमा यस साता १० दशमलव शून्य पाँच बिन्दुले कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ । साताको पहिलो दिन एक हजार १७० दशमलव ७९ बिन्दुमा रहेको नेप्से साताको अन्तिम दिन बढेर एक हजार १८० दशमलव ८४ बिन्दुमा पुगेको छ । यस्तै बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । दोस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक, तेस्रोमा नबील बैंक रहेको छ । यस्तै स्ट्याण्र्डड चार्टड बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआई बैंक र एनएमबी बैंक क्रमशः रहेका छन् । शेयर सङ्ख्या कारोवारका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको एक हजार १२९ कित्ता शेयर कारोवार भए । त्यस्तै छिमेक लघुवित्त वित्तीय संस्थाको ५२३, एनआइबिएल समृद्धि फण्ड एकको ४१८ एकाइ, नेपाल क्रेडिट एण्ड कर्मस बैंक ३७०, प्रभु बैंक २९२, नेशनल हाइड्रोपावर १९१, बैंक अफ काठमाडौँ १५१, एनआइसी एशिया १२५, कुमारी बैंक ११६ र एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड एकको ११६ एकाइ खरिद बिक्री भए । रासस

माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटमा ४७ र धादिङमा १८ हल गोरु जुधाइँदै

काठमाडौँ । परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले पत्रकार सम्मेलन गरी यस वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने जानकारी दिइयो । नुवकोटको तारुकमा २३, बेतावतीमा आठ र घले गाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउन दर्ता भएको सो अवसरमा पर्यटन समजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए । तारुका गोरु जुधाइ मेला आयोजक समिति सदस्य विष्णु तारुकेले गोरु जुधाइँसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम यसै वर्षदेखि थप गरिएको जानकारी दिए । सो अवसरमा पर्यटन व्यवसायीद्वय रामशरण थपलिया र दीपक महतले गोरु जुधाइ पर्वलाई स्थानीय कला संस्कृतिसँग जोडेर आन्तरिक तथ बाह्य पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए । तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक तिथिमिति कतै नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो करीब दुई सय वर्ष पुरानो मानिन्छ । तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौँ, धादिङका गरी हजारौंको सङ्ख्यामा दर्शकको सहभागिता हुने गर्दछ । यस्तै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको थलो बेत्रावतीमा पनि गोरु जुधाइ हुने भएको छ । पछिल्लो छ वर्षदेखि बेत्रावतीमा माघे सङ्क्रान्तिमा गोरु जुधाइँदै आएको छ । यसवर्ष आठ हल गोरुको दर्ता भइसकेको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा सामेल भएका गोरु शारीरिक रुपमा अशक्त भएमा वा सिङमात्रै भाँचिएमा पनि बीमाको व्यवस्था गरिएको छ । विजेता तथा उपविजेतालाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको सो अवसरमा जानकारी दिइयो । टोलैपिच्छे गोरु जुधाउने परम्पराले चर्चा पाउन नसकेपछि स्थानीय युवा मिलेर विगत १२ वर्षदेखि गोरु जुधाइलाई एकीकृत बनाएर तारुका–५ स्थित चन्दनीको कटहरबोटको पाटोमा शुरु गरेपछि यसको चर्चा यतिखेर विदेशमा समेत हुने गरेको छ । बाह्र वर्षदेखि यो पर्वलाई मनाउन प्रमुख राजनीतिक दलले चक्रीय प्रणाली अपनाएका छन् । मेला सञ्चनाल गर्ने विषयमा स्थानीयवासीबीच मनमुटाब बढ्दै गएपछि चक्रीय प्रणालीमा मेला शुरु गर्न थालिएको छ । रासस