विकासन्युज

युनियन हाइड्रोको शेयर बाँडफाँट, सबैलाई मागेअनुसार शेयर

काठमाडौँ । यूनियन हाइड्रो पावर कम्पनीको शेयर बाँडफाँट भएको छ । आवेदन गर्ने सबैलाई मागअनुसार शेयर बाँडफाँट गरिएको लक्ष्मी क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार सिआश्वा प्रणालीबाट ४७ हजार १८५ जनाले आवेदन दिएका थिए । त्यसमा ४५ हजार ४६२ जनाको आवेदन स्वीकृत भएको छ । कम्पनीले गत चैत १३ गतेदेखि साधारण शेयर बिक्री गरेको थियो । कम्पनीले ३४ लाख १० हजार ८१० कित्ता शेयर बाँडफाँट गरिएको हो । आवेदनकर्ता सबैलाई शेयर दिँदै कम्पनीले आज शेयर बाँडफाँट गरेको हो ।

पाँचथर पावरको आईपीओ सूचिकृत, आईतबारदेखि सेयर किनबेच गर्न पाइने

काठमाडौं । पाँचथर पावर कम्पनीको ९६ लाख २५ हजार साधारण सेयर(आईपीओ) सूचिकृत भएको छ । बिहीबार मात्रै कम्पनीको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । कम्पनीले उक्त आईपीओ गत फागुन २३ गते बाँडफाँड गरेको थियो । करीब २ महिनापछि नेप्सेमा सूचिकृत भएको उक्त आईपीओ आगामी वैशाख २२ गते (आईतबार)देखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ । कम्पनीले गत फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म कुल १७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियाे ।

एभेन्जर्स ईन्डगेमले एक साता मै कमायो १ खर्ब ३३ अर्ब, नेपालमा पनि अत्याधिक ‘क्रेज’

काठमाडौं । एभेन्जर्स श्रृंखलाका फ्यानहरुले एभेन्जर्स ईन्डगेमको हेर्नको लागि विश्वभरका लगभग सबै हल पुरै प्याक बनाईदिएका छन् । एभेन्जर्सको अन्तिम श्रृंखला मानिएको एभेन्जर्स ईन्डगेमले लगभग रेकर्ड तोडेको छ । अमेरिका र क्यानडामा मात्रै ४ दिनको अवधिमा (बैशाख १२ देखि बैशाख १५) झन्डै ३९ अर्ब कमाएको छ । ३ घण्टा लामो सिनेमाले कथाको मुख्य पात्र आईरन म्यान, थोर, क्याप्टेन अमेरिका र अन्य चर्चित सुपरहिरो पात्रहरुको भाग्यको बारेमा बताउँछ । सिनेमाले अमेरिका र क्यानडामा मात्र नभएर चिन, ब्राजिल, फ्रान्स, ईजिप्ट, दक्षिण अफ्रिका लगायत अन्य ३८ मुलुकमा पनि ईतिहास कायम गर्ने सफल भएको छ । १ साताको बीचमा १ खर्ब ३३ अर्ब कमाइसकेको छ । अमेरिका र क्यानडा पछि चीनमा सबैभन्दा धेरै कमाएको छ । फिल्मले चीनमा अप्रिल २४ देखी यता ३६ अर्ब कमाईसकेको छ ।  ईन्ड्गेम आँफैमा अन्य फिल्म भन्दा फरक र बिशेष रहेको छ किनभने यो २२ वटा मार्भल स्टुडियोजको फिल्म हो, जसले १ दशक देखि दर्शकहरुलाई हलसम्म तानिरहेको छ ।दर्शकहरुलाई यी पात्रहरुको बारेमा निकै चासो रहेको छ, डिज्नीका नाटकीय वितरणको प्रमुख क्याथ्लिन ट्याफ भन्छन् । मलाई लाग्छ उनीहरु यो सिनेमाको कथामा रहेका समस्या कसरी हल हुन्छ भन्ने हेर्न चाहन्छन् । एन्डगेमाका मुख्य पात्र रोबर्ट डाउनी जुनियर, क्रिस हेम्स्वोर्थ, स्कार्लेट जोअन्नसन र अन्य समुहका सुपरहीरोको कथाका खलनायक थ्यानोससँगको लडाईंमा बाँधिएको छ । थ्यानोसको पात्रमा नायक जोस ब्रोलिन रहेका छन् । फिल्म रिलिजको केही दिन अगाडि फिल्मले आन्तरिक बजारमा ३३ अर्ब कमाउँछ या कमाउँदैन भन्ने कुरामा बजार विभाजित भएको थियो । तर, यस सिनेमाले यस अगाडिको सबै रेकर्ड तोड्नुको साथै यी भन्दा धेरै अगाडि आएर आफ्नो बेग्लै ईतिहास बनाएको छ । यस भन्दा १ बर्ष अगाडि एभन्जर्स कै श्रृंखला एभेन्जर्स : ईन्फिनिटी वारले २८ अर्ब कमाएर सबैभन्दा बढी कमाएको सिनेमाको दोस्रो स्थानमा रेकर्ड राखेको थियो। पहिलो स्थानमा ७८ अर्बसहित पहिलो स्थानमा रहेको छ । दर्शकको माग पूरा गर्नको लागि, थिएटरहरुले शो को समय थप्नुको साथै र कहिले पनि शो नहुने बिहानको ७ बजे समयका शो को टिकटहरु पनि सबै बिक्री भएको विश्वको सबैभन्दा ठूलो थिएटर चेनको रुपमा रहेको एमसी ईन्टरटेन्टमेन्टले बताएको छ । त्यस्तै कुनै हलहरुले निरन्तर ७२ घण्टा शो चलाएको पनि जानकारी दिए। यसले बक्स अफिसमा रिलिजको पहिलो हप्तामा १ खर्ब ३३ अर्ब ६५ करोड ६० लाख कमाएर रेकर्ड ब्रेक गरेको छ।चाईनाका केही फ्यानहरुले ईन्डगेमको टिकटको लागि ८६२८ रुपैयाँ तिरेका छन् , जुन उनीहरुले ग्रे मार्केटमा किनेका थिए । यो रकम बजारको पाइने टिकेट भन्दा ६० प्रतिसत महँगो हो। लन्डनको एक ठाउँमा बाईक चालकहरुलाई ईन्डगेमको कथा नखुलाउन आग्रह गर्ने साईनबोर्ड पनि लगाईएको डिज्ने प्रमुख कार्यकारी बबले ट्वीटरमा लेखेका थिए। नेपालमा ईन्डगेम क्रेज नेपालमा ईन्डगेमको क्रेज पनि अत्याधिक देखिएको छ । नेपालमा बैशाख १० गते रिलिज भएको थियो । रिलिजको भाेलिपल्ट बिहीबार काठमाडौंका सबै हलहरुमा युवा जमातको भिड अत्याधिक थियो । भिड यतिसम्म्म भयो कि क्युएफेक्सको एप र टिकेट काउन्टर केही समयको लागि बन्द गरियो । सिनेमाको क्रेज यतिसम्म देखियो कि धेरैले “नो स्पोइलर” अर्थात कथा नखुलाउँ भन्दै ईन्स्टाग्राम र फेसबुकमा पोस्ट गरेका थिए । बौद्धमा बस्दै आएकी पेमा शेर्पाले २-३ जना स्पोइलरलाई त ब्लक पनि गर्दिन्। सुपरहिरो हुने सिनेमाको त्यति ठूलो फ्यान नभएता पनि आरआर कलेजमा मास्टर्स अध्ययन गर्दै गरेकी बन्दना थापा मगर साथीले धेरै कर गरेको कारण ईन्ड्गेम हेर्न गएको, तर अब यसअघिको सबै मार्भल्सको मुभी हेर्ने उनले बताईन्। ईन्डगेमको  टिकेट लिन सुमन राणा सिभिलमलमा ५ घण्टा लाईनमा बसे । आफुले यस अघिको सबै श्रृंखला हेरिसकेको र के हुन्छ भन्ने उत्सुकता मेटाउन ईन्डगेम हेर्न चाहेको बताए।ईन्डगेम हेर्न तेस्रो पटक आएकी ललितपुरकी एलिशा थापा मगर आफुलाई अझै पनि हेर्न नपुगेको बताईन् । उनले हाँस्दै अर्को पटक यदी कसैले अफर गरे फेरी पनि हेर्न आउने बताईन् । सिनेमा हलमा कथाको हरेक पात्रको प्रस्थान हुँदा ठुलो स्वोरमा युवा जमात कराए र अन्त्यमा सबैलाई लामो समय सम्म ताली पड्काईरहे । साच्चै सिनेमा ताली पड्काउन लायक बनेको छ। हाँसो, रोदनको र दोस्तीको सही मिसावट भएर रेकर्ड तोड्न लायक बनेको छ।

सिबिआइएल क्यापिटलको कामु सिइओमा नवराज गिरी नियुक्त

काठमाडौँ । सिबिआइएल क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत नवराज गिरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा नियुक्त भएका छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत समिर दाहाल मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटडको सहायक प्रमुख कार्यकारी अधिकृतमा पदस्थापना भएका कारण प्रमुख कार्यकारी अधिकृत पद रिक्त हुँदै थियो । समितिको बैशाख १७ गते बसेको बैठकले बैशाख २० गतेदेखि लागु हुने गरी कामु प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा गिरीलाई नियुक्त गरेको हो । सिटिजन्स बैंकको सहायक कम्पनीका रुपमा रहेको सिबिआइएल क्यापिटलमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको लगानी रहेको छ ।

एनआईसी एशियाका ग्राहकलाई ह्याम्स हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र ह्याम्स हस्पिटल, धुम्बाराहीबीच संझौता भएको छ । बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई ह्याम्सहस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र हस्पिटलको तर्फबाट ह्याम्स हस्पिटलका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन् ।

सार्कका अर्थमन्त्रीहरुको बैठकमा खतिवडाले गरे सम्बोधन, ‘नेपाललाई थप सहायता प्रदान गर्ने प्रतिवद्धता’

काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडाले एसियाली विकास वैंकको ५२ औँ वोर्डस अफ गभर्नरको वार्षिक बैठकको शिलशिलामा फिजीको नादीमा बिहीबार आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुको तेह्रौ बैठकको अध्यक्षता गरे । उक्त बैठकलाई सम्बोधन गर्दै उनले दक्षिण एसियाको आर्थिक विकास मार्फत जनताको कल्याण र सम्बृद्धिको लागि यस क्षेत्रको आर्थिक अन्तरनिर्भरता अत्यावश्यक भएको उल्लेख गरे । दक्षिण एसिया विश्व आर्थिक बृद्धिको केन्द्र भएको र विश्व अर्थतन्त्रमा यस क्षेत्रले लगातार राम्रो प्रभाव जमाउँदै गएको भएतापनि अन्तरदेशीय सडक सञ्जाल र अन्तर आवद्धता बढाउन नसक्दा अन्तरदेशीय व्यापारको हिस्सा तीन गुणासम्म बढाउन सकिने संभावना भएपनि पाँच प्रतिशत भन्दा माथि पुग्न नसकेको वताए । अर्थमन्त्री खतिवडाले दक्षिण एसियाको समग्र अर्थिक स्थायित्वको चर्चा गर्दै नेपालले ईतिहास मै लगातार तेस्रो बर्षसम्म ६ प्रतिशत भन्दा माथिको आर्थिक बृद्धि हासिल गर्न सफल भएको उल्लेख गरे । लगातार उच्चआर्थिक बृद्धि हासिल गरिरहँदा ब्यापार घाटा र वाह्य क्षेत्र सन्तुलनमा चाप पर्नु स्वभाविक भएको वताउँदै आगामी दिनमा उच्चआर्थिक बृद्धि र वाह्य क्षेत्र सन्तुलनका बीचमा सामन्जस्यता कायम गर्न सरकारले ध्यान पुर्याउने जानकारी दिए । बिहीबार नै एसियाली विकास वैंक, युरोपियन लगानी वैंक, अन्तराष्ट्रिय विकासका लागि ओपेक कोष (ओफिड) र संयुक्त राज्य अमेरिकाका डिपार्टमेन्ट अफ ट्रेजरीका उच्च अधिकारीहरुसंग भएको वेग्लावेग्लै द्विपक्षीय वैठकहरुमा अर्थमन्त्री डा. खतिवडाले नेपालको समग्र आर्थिक अवस्था, लगानीको आवश्यकता, लगानीको लागि अनुकुल वातावरण निर्माण गर्न गरिएका सुधारहरुको वारेमा जानकारी गराए । नेपालमा उच्च आर्थिक बृद्धिलाई निरन्तरता दिन, पूर्वाधार विकास गर्न, संघीयताको सफल कार्यान्वयन गर्न, संविधान प्रदत्त मौलिक हकहरुको कार्यान्वयन गर्न, भूकम्प पछिको पुर्ननिर्माण खास गरी आवास र विद्यालय भवनहरुको पूर्ननिर्माणको कार्य सम्पन्न गर्न र दिगो विकासको लक्ष्य हासिल गर्न सरकारलाई ठूलो राशीको लगानी आवश्यक भएकोले विकास साझेदारहरुलाई नेपालमा थप सहायता प्रदान गर्न आव्हान गरे । अर्थमन्त्रीसंग भएका ती वैठकहरुमा नेपालको आर्थिक बृद्धि र नेपाल सरकारले शुरु गरेका सुधारका कार्यहरु प्रति उत्साहित हँुदै विकास साझेदारका प्रतिनिधिहरुले नेपाललाई थप सहायता प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

सार्कका व्यवसायिक नेताहरू काठमाडौंमा, क्षेत्रीय समृद्धिमा जोड

काठमाडौँ । सार्क उद्योग वाणिज्य संघको ७७ औं बैठक काठमाडौंमा शुरु भएको छ । बैठकको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले विहीबार एक समारोहका बीच चन्द्रागिरीमा उद्घाटन गरे । बैठक नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा सार्क उवासंघद्वारा आयोजना गरिएको हो । बैठकलाई संवोधन गर्दैसभामुख महराले क्षेत्रीय रूपमा आर्थिक समृद्धिका लागि कार्यरत संस्था सार्क उद्योग वाणिज्य संघका गतिविधिले सिंगो दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका उद्देश्यहरू हासिल गर्न सहयोग पुर्याउने विश्वास प्रकट गरे । दक्षिण एशियाली राष्ट्रहरू बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी आकर्षणका माध्यमबाट यस क्षेत्रको समृद्धिका लागि संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिंदै प्रमुख अतिथि महराले संघको बैठक यस दिशामा पूर्णरूपमा सफल हुने विश्वास आफूले लिएको बताए । उक्त कार्यक्रमलाई संवोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले दक्षिण एशियामा नेपाल लगानीका लागि प्रमुख आकर्षणको थलो बन्दै गएको बताइन् । हालै सम्पन्न लगानी सम्मेलनबाट सार्क लगायत विश्वमै नेपालमा बन्दै गएको लगानीको वातावरणका विषयमा सन्देश गएको उनले बताइन् । कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत मझार जोभेदले सार्कलाई समृद्ध क्षेत्र र सुखी जनता अभियानमा अगाडी बढाउनु पर्ने र यसको नेतृत्व सार्क उवासंघ जस्ता संस्थाले लिनुपर्ने सुझाव राख्दै कार्यक्रमको पूर्ण सफलताको कामना गरे । सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रूवान इदरिसिंघेले सार्क उवासंघको बैठक काठमाडौंमा आयोजना गर्न पाएकोमा खुशी प्रकट गरे । अध्यक्ष रूवान इदरिसिंघेले सहकार्य, केनेक्टीभिटी, स्वतन्त्र आवात जावत यस क्षेत्रको आर्थिक समृद्धि हासिल गर्ने आधार भएकाले यसका लागि सार्क सदस्य राष्ट्रहरू बीच सामूहिक प्रयासमा जोड दिए । सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष, महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले आपसी सहकार्यका क्षेत्रहरू पहिल्याउंदै अगाडि बढ्नु पर्नेमा जोड दिए । उपाध्यक्ष ढकालले यस क्षेत्रमा पूर्वाधार निर्माण, उर्जा, प्राविधिक विकास, सूचना प्रविधि, पर्यटन लगायतका क्षेत्रमा आपसी सहकार्य र संयुक्त लगानीको खा“चो औल्याए । सार्क उवासंघका पूर्व अध्यक्ष दासो उगेन दोर्जी र संघका वरिष्ठ उपाध्यक्ष इफ्तिखार अलि मलिकले आपसी संवाद र छलफलका माध्यमबाट यस क्षेत्रको आर्थिक विकास र समृद्धिका एजेण्डालाई अगाडि बढाउनु पर्नेमा जोड दिंदै सार्क उवासंघले क्षेत्रीय विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने धारणा राखे । कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू, सार्क उवासंघका पदाधिकारीहरू, कार्य समिति सदस्यहरू, साधारण सदस्यहरू, नेपाल लगायत सार्क क्षेत्रका उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो । संघको बैठक शुक्रबारसम्म चल्नेछ ।

ग्लोबल आइएमईद्वारा करुण फाउण्डेशनलाई २१ थान व्हीलचेयर हस्तान्तरण

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले करुणा फाउन्डेशन नेपाललाई स्पेशल व्हील चेयर सहित २१ थान व्हील चेयर हस्तान्तरण गरेको छ । बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख गणेश अवस्थीले करुणा फाउन्डेशन नेपालका कार्यकारी निर्देशक दीपकराज सापकोटालाई व्हील चेयरहरु हस्तान्तरण गरेका हुन् । करुणा फाउन्डेशन नेपाल वि.स.२०७२ देखि इलाम र सुनसरी जिल्लामा अपाङ्गता रोकथाम र अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको जीवनमा गुणस्तरीय सुधार ल्याउन क्रियाशील रहँदै आएको छ ।