बेलुका ७ देखी १० बजे रुँदा सबैभन्दा बढी वजन घट्ने
काठमाडौं। एसियावानले सार्वजनिक गरेको नयाँ अध्ययन अनुसार मानिसहरूले रुदाँ र भावनाहरूलाई पोख्दा वजन घट्ने देखिएको छ। यो सम्भव छ र यसको पछि वैज्ञानीक कारणहरु पनि रहेका छन्। जब हामी रुन्छौं हाम्रो शरीरबाट कन्ट्रोसिल नामको हार्मोन निस्कन्छ। यो हार्मोन शरीरबाट बढी मात्रामा निस्कँदा यसले शरीरमा भएको बोसोलाई पगाल्ने गर्दछ। साथै तनाव-दुखका कारण निस्किएका आसुँले हाम्रो शरीरबाट विषाक्त पदार्थहरू हटाउन मदत गर्दछ जुन वजन घट्नको लागि राम्रो तरिका हो। यो अध्ययनको निष्कर्ष प्रसिद्ध जैव रसायनज्ञ विलियम फ्रेीले समर्थन गरेका छन्। यदी तपाई त्यस्तो व्यक्तीमा पर्नुहुन्छ जो सजिलाई रुदैनन् भने यो त्यस्ता व्यक्तीको लागि भने यो तरिका वजन घटाउनको लागि काम गर्दैन। अध्ययनको अनुसार यदि तपाई भित्री मनबाट दुखी भएर रुनुभएको छ भने मात्र तपाईले आफ्नो शरिरको बोसो पघाल्न सक्नुहुन्छ। आँसु तीन प्रकारका हुन्छन् : बेसल, रिफ्लेक्स र साइकिक। बेसल आँसुले हाम्रो आँखालाई रसिलो राख्न मद्दत गर्दछ, रिफ्लेक्स आँसु धुवाँ-धुलो र प्रदुशणको कारण हुने गर्दछ र साईकिक आँसुहरु मानव भावनासँग जोडिएका हुन्छन्। यसको अर्थ मात्र साईकिक आँसुले मात्र तपाईको वजन घटाउन मद्त गर्द्छ। जब हामी तनावमा हुन्छौं तब हाम्रो मुटुको धड्कन बढेर जान्छ। मुटुको धड्कन बढ्दा हृदय मांसपेशिहरुले शरीरको क्यालोरीलाई घटाउन मद्त गर्दछ। त्यस्तै साँझको ७ देखी १० बजेको समय रुनको लागि धेरै राम्रो रहेको बताईन्छ किनभने यो समयमा भावनामा डुबेर रुँदा धेरै मात्रामा कन्ट्रोसिल हार्मोनहरु निस्कन्छ। (टाईम्स अफ ईण्डियाबाट नेपालीमा उल्था गरिएको)
मेगा बैंकको ‘मेगा रेमिट’ सेवा अब बेलायतमा पनि
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना सेवालाई विभिन्न देशमा विस्तार गर्ने क्रममा ‘मेगा रेमिट’ सेवा बेलायतमा पनि विस्तार गरेको छ । यसरी, बैंकले बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज (एसीई मनी ट्रान्सफर) सँगको साझेदारीसँगै बेलायतमा रहेका नेपालीहरुलाई स्वदेशमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने उद्देश्यले रेमिट्यान्स सेवा विस्तार गरेका हो । बेलायतबाट नेपालीले पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सक्नेछन् ।
सानिमा लाईफ इन्स्योरेन्सको नयाँ बीमा योजना बजारमा, ११ घातक रोगको ५० लाख रुपैयाँसम्म बीमा सुविधा
काठमाडौ । सानिमा लाईफ इन्स्योरन्स कम्पनीले ‘सानिमा घातक रोग रक्षावरण योजना’ राइडर बजारमा ल्याएको छ । ११ प्रकारको घातक रोगको जोखीम बहन हुने किसीमले सो योजना बजारमा ल्याइएको हो । घातक रोगको बीमा सुविधा ५० हजार रुपैयाँ देखी ५० लाख रुपैयाँसम्मको जोखिम बहन हुने प्रकृतीको छ । बीमा योजनामा प्रवेश गर्न चाहने बिमितको उमेर १८ देखी ५५ वर्षसम्म तोकिएको छ । बीमा अवधि भने ५ वर्षदेखी २५ वर्षसम्म रहने कम्पनीले जनाएको छ । यस्तै, बिमितको अधिकतम बीमा शुल्क भुक्तानी उमेर ६५ वर्षसम्म रहेको छ । कार्यक्रमको प्रमुख आतिथिका रुपमा रहेका बीमा समितिका अध्यक्ष चिरञ्जीवि चाँपागाईले भने–‘पछिल्लो २ वर्षमा बीमा कम्पनीहरुले नयाँ पोलिसी जारी गरिरहेका छन र बीमा क्षेत्रको आकर्षणपनि बढ्ने क्रममा रहेको छ ।’ उनले बीमा र अभिकर्ता बिच महत्वपूर्ण सम्बन्ध रहने भन्दै चर्चा गरेका थिए । यस्तै, कार्यक्रममा सानिमा लाईफ इन्स्योरेन्स कम्पनीका निर्देशक सुवर्णदास श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए । उनले रोगले बिरामीहरुलाई मात्र नभई आफन्तहरुलाई समेत पिडा दिएको देखेकाले बजारमा आफूहरुले ११ रोग किसिमका रोग लक्षित बीमा योजना ल्याएकोमा प्रकाश पारे । कम्पनीको महाप्रबन्धक शिवराम तिमल्सीनाले भने–‘हामीहरुले पैसा हुनेहरुकोलागि मात्र नभएर मध्यम आय भएका बिमितहरुपनि सहज हुने गरी यो बीमा पोलिसी ल्याएका हौँ ।’ सानिमा इन्स्योरेन्स कम्पनीका ब्राण्ड एम्बेस्डर जितु नेपाल देखी (कार्डीयोलोजिस्ट) डक्टर टी.एन. भट्राई, किड्नी विषेशज्ञ (नेफ्रोलोजिस्ट) डक्टर कल्पना श्रेष्ठ लगायतको कार्यक्रममा उपस्थिती थियो । कम्पनीले तोकेको विशेष शर्त सानीमा लाईफ इन्स्योरेन्स कम्पनीले विषेश शर्तको रुपमा दुईवटा बुँदाहरु अछि सारेको छ । बुँदा नम्बर १ मा भने प्रतिक्षा अवधि भनेर बीमा योजना प्रारम्भ भएको वा बीमा पुनर्जागरण भएको ९० दिनसम्म प्रतिक्षा अवधि कायम गरिएको छ । अर्को बुँदामा भने अस्तित्व अवधि भनेर घातक रोग निरुपण अवधि भन्दै ३० दिन कायम गरिएको छ । सानीमा लाईफ इन्स्योरेन्स कम्पनीले आफूले तोकेका ११ वटा घातक रोग बिमितलाई लागेको प्रमाणीत भएमा शर्तहरुको प्ररिधिमा भित्र रही मुल बीमाङ्कको आधारमा ५० लाख बीमा सुविधा एकमुस्ट प्रदान गर्ने बताएको छ । यस्ता छन् सानिमा घातक रोग रक्षावरण योजना भित्र पर्ने ११ घातक रोग १. कडा प्रकृतिको क्यान्सर २. निरन्तर डायलसिसको आवश्यकता पर्ने गरी भएको मृगौला विफलता ३. निरन्तर लक्षण सहितको मल्टिपल स्क्लेरोसिस ४. मुख्य अंग, बोन म्यारो प्रत्यारोपण ५. ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरुको मर्मत ६. प्राइमरी पलमोनरी आटिरिअल हाइपर टेन्सन ७. कडा प्रकृतिको प्रथम हृदयघात ८. स्थायी प्रकृतिको मस्तिष्कघापत ९. विषेश कडा प्रकृतिको कोमा १०. एओर्टा ग्राफ्ट शल्यक्रिया ११. कोरोनरी धमनी बाईपास ग्राफ्ट
सप्तरीमा मानवाधिकार उल्लङ्घनका ८५ वटा घटना
सप्तरी । इन्सेक सप्तरीले सन् २०१९ को ६ महिनाको अवधिमा सप्तरीमा ८५ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको जनाएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूबारे बिहीबार आयोजित कार्यक्रममा जानकारी दिँदै इन्सेकले सप्तरीमा ६ महिनाको अवधिमा सात जनाको हत्या, बालिका बलात्कारका १६, महिला बलात्कारका सात, घरेलु हिंसाका २५ घटनासहित ८५ वटा घटना अभिलेख भएको जनाएको छ । जिल्लाको मानवअधिकारको अवस्था तथा अर्धवार्षिक पूर्वसमीक्षा गोष्ठीमा इन्सेक सप्तरीका प्रतिनिधि मनोहर पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार बालिका बलात्कार प्रयासका तीन, बाल यौन दुव्र्यवहार, बालबालिका विरुद्धको कसुर, बालबालिका दुरुपयोग र महिला बलात्कार प्रयासका एक÷एक घटना भए । अपहरणका चार घटनामा तीन बालिका र एक बालक तथा अपहरण प्रयासको एक घटनामा एक राजनीतिक दलका कार्यकर्ता पीडित भए । सप्तरीमा ०७५ पुस १७ देखि ०७६ असार १५ गतेसम्म बहुविवाहका आठ घटनामा आठ जना फरार, एक जना पुर्पक्षका लागि थुनामा, पाँच जना धरौटीमा रिहा र दुई जना गत शुक्रबार पक्राउ परेको इन्सेक प्रतिवेदनमा उल्लेख छ । कालाजारका एक बिरामीले उपचार नपाएको घटनासहित सशस्त्र प्रहरी र जिल्ला समन्वय समितिको सवारी साधन तोडफोडका साथै जिल्ला शिक्षा समन्वय इकाइ कार्यालयको झ्याल ढोकाका सिसाहरु फुटाएर प्रदर्शनकारीहरुले क्षति पुर्याएको घटनाहरु भएको उल्लेख गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी न्यायाधीश हरिश्चन्द्र ढुङ्गाना, जिल्ला न्यायाधीशहरु उमेश कोइराला, श्रीप्रसाद सञ्जेल, कमलप्रसाद ज्ञवाली, कृष्णप्रसाद पौडेल, नन्दकिशोरप्रसाद यादव, सुदर्शन लामिछाने, दण्डपाणि लामिछाने, नेकपाका प्रदेश कमिटी सदस्य छेदी रजक, राजपा सप्तरीका अध्यक्ष अमरनाथ मण्डल, जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्याय, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोर रामले प्रतिवेदनमाथि टिप्पणी गरेका छन् । रासस
विद्युतीय सवारी सञ्चालनको अनुमति प्रदान गर्न सरकारलाई समितिको निर्देशन
काठमाडौँ । विद्युतीय सवारी साधन सञ्चालन गर्ने अनुमति प्रदान गर्न विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । स्मार्ट लाइसेन्स, विद्युतीय सवारी साधन सञ्चालन र व्यवस्थापन तथा बहिराहरुलाई लाइसेन्स दिनेबारे समितिमा विहीबार भएको छलफलपछि यस्तो निर्देशन दिइएको हो । समितिले निजी/सरकारी/सहकारी वा अन्य कम्पनीलाई विद्युतीय सवारी साधन सञ्चालन गर्न निर्देशन दिंदै चार्जिङ स्टेशन लगायतको व्यस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उर्जा मन्त्रालय समेतलाई निर्देशन दिएको हो । भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, सचिव, सडक विभागका महानिर्देशक समेतको उपस्थितमा समिति सभापति कल्याणी खड्काले यस्तो निर्देशन दिएकी हुन् । साथै समितिले बहिराहरुलाई लाइसेन्स दिन समेत सरकारलाई निर्देशन दिएको छ । काठमाडौँ लगायतका स्थानमा नो हर्न लागु भएको अवस्थामा बहिराहरुलाई लाइसेन्स दिन रोक्नु हुँदैन–समिति सभापति खड्काले बताइन् । देशभरबाटै स्मार्ट लाइसेन्स बितरण गर्ने व्यवस्था गर्न समेत समितिले विहीबार निर्देशन दिएको छ । विद्युतीय बस चलाउन निजी क्षेत्र उत्साहित, तर पाएनन् चार्जिङ स्टेशन राख्ने ठाउँ विद्युतीय सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णयलाई सुन्दर यातायातले गर्यो स्वागत सुन्दर यातायातले गर्यो नीति कार्यक्रमको स्वागत, ‘विद्युतीय सवारी सम्बन्धी नीति बनाऊ’
भूकम्प प्रभावित लाभग्राहीहरूका लागि सहुलियतपूर्ण ऋणसम्बन्धी सचेतना
काठमाडौं । यूकेएड सक्षम एक्सेस टु फाइनान्सले भूकम्प प्रभावित लाभग्राहीहरूका लागि सहुलियतपूर्ण ऋणसम्बन्धी तीन दिने सचेतना कार्यक्रम सञ्चालन गरेको छ । वि.स २०७२ साल बैशाख १२ गते गएको भूकम्पले क्षति ग्रस्त व्यक्तिका लागि सो कार्यक्रम असार १६ देखि १८ सम्म क्रमशः गोरखा नगरपालिका, शहिद लखन गाउँपालिका तथा पालुङटार नगरपालिका गरी तीन स्थानहरूमा सञ्चालन गरिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वैदेशिक सहायता समन्वय शाखाका शाखा प्रमुख दिव्यराज पोख्रेल विशेष अतिथिका रूपमा र प्राधिकरणकी नमिता पौडेल बैङ्किङ समन्वय विशेषज्ञको रुपमा तीनवटै सचेतना कार्यक्रमहरूमा उपस्थिति भएका थिए । सो असार १६ मा सम्पन्न भएको कार्यक्रममा सभापतिको रुपमा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, गोरखाका प्रमुख रामशरण आचार्य थिए भने अतिथिका रूपमा गोरखा नगरपालिकाका उपमेयर विनाकुमारी श्रेष्ठ रहेका थिए । असार १७ को कार्यक्रममा सभापतिको रूपमा शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा अतिथिको रूपमा शहिद लखन गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी तथा शहिद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आले मगर र अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, गोरखाका प्रतिनिधि श्री शैलेन्द्र भट्टको उपस्थिति रहेको थियो । त्यस्तै असार १८ को कार्यक्रममा सभापतिको रुपमा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, गोरखाका प्रमुख रामशरण आचार्य रहेका थिए भने प्रमुख अतिथिका रूपमा पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेल थिए । त्यसैगरी पालुङटार नगरपालिकाकी उपमेयर पम्फा बसेले अतिथिको रुपमा कार्यक्रममा प्रतिनिधित्व गर्नु भएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पोख्रेलले सहुलियत ऋणको सम्बन्धमा प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा सक्षम एक्सेस टु फाइनान्सका आवास पुननिर्माण आयोजना प्रमुख विभुप्रसाद अर्यालले भूकम्प प्रभावित लाभग्राहीहरूलाई सहुलियतपूर्ण ऋण तथा वित्तीय साक्षरताको महत्वका बारेमा प्रकाश पारेका थिए । लाभग्राहीहरूले सहुलियत ऋण सम्वन्धमा राखेका ऋण रकम, ऋण अवधि, व्याजदर, आवश्यक कागजात लगायत विभिन्न विषयका जिज्ञासाहरुको अर्यालले उत्तर दिए । सक्षम एक्सेस टु फाइनान्स, यूकेएडबाट वित्तीय सहयोग प्राप्त कार्यक्रम हो जुन नेपाल सरकार र संयुक्त अधिराज्यबीचको सम्झौताको एउटा हिस्सा हो । यसलाई नेपालमा स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा डिएफआइडी नेपालका लागि लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ ।
सार्वजनिक नीति तथा सुशासनसम्बन्धी तेस्रो सम्मेलन शुरू
काठमाडौं । दक्षिण एशियाली मुलुकले अङ्गीकार गरेका सार्वजनिक नीति तथा शासन प्रणालीका अनुभव आदानप्रदान गर्ने उद्देश्यले ‘दक्षिण एशियाको सार्वजनिक नीति तथा सुशासन’सम्बन्धी तेस्रो सम्मेलन बिहीबारदेखि शुरु भएको छ । दुई दिनसम्म चल्ने सो सम्मेलनको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उद्घाटन गर्दै दक्षिण एशियाली मुलुक नेपाल, भारत र बङ्गलादेश एकै प्रकारका समस्याबाट गुज्रिरहेको बताएका छन् । “दक्षिण एशियाली मुलुकले नयाँनयाँ परिस्थितिको सामना गरिराख्नुपरेको छ । बढ्दो गरिबीले गर्दा थप उत्पादन बढाउनुपर्ने आवश्यकता छ”, उनले भने, “अब नयाँनयाँ अनुसन्धान गरेर अगाडि बढ्नुपर्छ र सरकारलाई बाटो देखाउनुपर्छ ।” बौद्धिक पलायन बढ्दो चुनौतीका रुपमा देखापरेको उल्लेख गर्दै मन्त्री पण्डितले शैक्षिक संस्थाको गुणस्तर अभिवृद्धि गरी मुलुकको आवश्यकता पूरा गर्न अग्रसर हुनुपर्ने बताए । “विकास र समृद्धिका लागि अहिले मुलुकलाई दक्ष जनशक्तिको आवश्यकता छ भने अर्कोतर्फ शैक्षिक बेरोजगारको पनि ठूलो दबाब छ”, उनले भने, “शिक्षित जनशक्ति र मुलुकको आवश्यकताबीच सन्तुलन भएन भने मुलुकका समस्या समाधान हुँदैनन् ।” सार्वजनिक नीति तथा शासन प्रणालीका सम्बन्धमा दक्षिण एशियामा एकै प्रकारका समस्या देखिएको उल्लेख गर्दै उनले सम्मेलनमा सहभागीबीचको अनुभव आदानप्रदानबाट समस्याको समाधान निकाल्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको सो सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका प्राध्यापक, सार्वजनिक नीतिसम्बन्धी जानकारलगायत ५० जनाभन्दा बढीको सहभागिता रहेको छ । सम्मेलनमा सार्वजनिक नीति र शासन प्रणाली, दिगो विकास लक्ष्य, सार्वजनिक सुशासनका विषय, लगानीको वातावरण निर्माणलगायत नीतिगत विषयमा संवाद एवं छलफल हुनेछ । रासस
दीगो विकासको लागि जर्मन सरकारको ३ अर्ब अनुदान
काठमाडौं । जर्मन सरकारले नेपाललाई ३ अर्ब चार करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । जर्मनले नेपालको नवीकरणीय ऊर्जा, मातृशिशु स्वास्थ्य सेवा र दीगो आर्थिक विकास सम्बन्धी कार्यक्रमका क्षेत्रमा खर्च गर्ने गरी अनुदान उपलब्ध गराउन लागेको हो । भोलि शुक्रबार नेपाल सरकार र जर्मन सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले बताएको छ ।