प्रभुु क्यापिटल र समृद्धि क्यापिटल एकापसमा गाभिँदै, चुक्ता पुँजी ८० करोड पुग्ने
काठमाडौं । प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिने भएको छ । उक्त मर्जर सम्बन्धी समझदारी पत्रमा प्रभु क्यापिटल लिमिटेडका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एल पी भानु शर्माले हस्ताक्षर गरेका हुन् । समारोहमा प्रभु बैकका अध्यक्ष देवि प्रकाश भट्टचन, सञ्चालकहरु रमेश सिंह खडका, अम्बिका शर्मा लामिछाने, प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्रभु क्यापिटल तथा समृद्धि क्यापिटल लिमिटेडका सञ्चालकहरुको उपस्थिती थियो । यी दुई क्यापिटल गाभिएपछि प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमति भएको छ । मर्जर पश्चात ८० करोड भन्दा बढी चुक्ता पूँजी हुने छ ।
काठमाडौं । अघिल्लो वर्षको फ्रिज बजेटले गर्दा चालु आर्थिक वर्षको पहिलो चौमासिमा २० प्रतिशत मात्रै खर्च भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । उनले भने हामीले अघिल्लो आर्थिक वर्षको फ्रिज बजेटलाई हिसाव नगरी यो आर्थिक वर्षको बजेटलको खर्चलाई मात्रै लिएको कारणले २० प्रतिशत मात्रै खर्च भएको देखिएको बताए । व्यवस्थापिका संसदको अर्थसमिति बैठकमा समितिले चालु आर्थिक वर्षको आर्थिक अवस्थाको बारेमा पहिलो चौमासिक अवस्थाबारे अर्थमन्त्रीसहित सरोकारवाला मन्त्रालयका मन्त्री, सचिव र सहसचिव लगाएतकालाई राखेर छलफल गरेको हो । अर्थमन्त्रीले पहिलो चौमासीकमा २० प्रतिशत मात्रै खर्च हुनु सकारात्मक नरहेको बताए । कर्मचारी तन्त्र तर्सिएको कारणले पनि थोरै मात्रामा खर्च भएको हो । कानुन र नियम अनुसार काम गर्दा कोही तर्सिन र ठराउन पर्दैन । ७६१ वटा सरकारहरु नै सडक निर्माणमा मात्रै लागेकाले पनि बजेट खर्च काम भएको हो । स्थानीय तह, प्रदेश सरकार देखि केन्द्र सरकारसम्म सडक निर्माणमा मात्रै लागि रहेको छ । मन्त्रीले बजेट खर्च गर्न ऐन बाधक नबनेको समेत बताए । अर्थ मन्त्रालयका सचिव डा राजन खनालले भौतिक प्रगती भएको देखिए पनि विक्तिय प्रगती नदेखिएको बताए । उनले भौतिक र विक्तिय प्रगतीसँगसगै लैजानु पर्ने बताए । उनले अघिल्लो वर्ष भुकम्प लागि एकै पटक ठुलो रकम खर्च भएकोले यस वर्षको भन्दा धेरै देखिएको हो । यस वर्ष पनि काम नै नभएको भने हैन । ठुला ठुला परियोजनको दातृ निकायको लगानी फुकुवा गर्न नसकिएको कारणले पनि खर्चमा कमी देखिएको उनले बताए ।
डीएभी माध्यमिक विद्यालयको २७ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । ललितपुरस्थित डीएभी शुशील केडिया विश्व भारती विद्यालयको २७औँ वाषिर्कोत्सव विद्यालयको बुद्ध प्रेक्षालयमा सम्पन्न भएको छ । समाराेहमा प्रमुख अथिति नेपालस्थित भारतीय राजदूतावासका डेप्युटी चिफ अफ मिसन, डा. अजय कुमारलगायत नेपालका शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु उपस्थित भएका थिए । उक्त कार्यक्रममा विद्यालयका कक्षा नर्सरीदेखि १२ सम्मका विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरूलाई वार्षिक पुरस्कार वितरण गरिएको थियो । विश्व साहित्य, संस्कृति, भाषा र कला क्षेत्रमा संग्लग्न रहेका मिडियाकर्मीहरुको लागि उक्त दिन प्रदर्शनमा रहने विश्व साहित्यमा लिखित तर लोपोन्मुख अवस्थामा रहेका सांस्कृतिक धरोहर र सम्पदाहरू सम्मिलित साङ्गितिक नाट्य यात्रा जीवनको विलक्षण अनुभव गरिएको थियो । सांस्कृतिक कार्यक्रमका वर्षभरिकै छानिएका र तिखारिएका सर्वोत्कृष्ट विद्यार्थीहरुको प्रदर्शन रहेको थियो ।
अर्थमन्त्री भन्छन्ः पहाड फोर्नुपर्नेछ, संसद सहयोग गरिदिनु पर्यो
फाइल फोटो काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विकास निर्माणको लागि आवश्यक काम गर्न संसदको सहयोग मागेका छन् । व्यवस्थापिका संसदको अर्थसमिति बैठकमा मन्त्री खतिवडाले संसदको सहयोग मागेका हुन् । समितिले चालु आर्थिक वर्षको आर्थिक अवस्थाको बारेमा पहिलो चौमासिक अवस्थाबारे अर्थमन्त्रीसहित सरोकारवाला मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेको हो । सो छलफलमा मन्त्री खतिवडाले विकास निर्माणको लागि नदीजन्य पदार्थको प्रयोगले मात्रै नपुग्ने भएकोले पहाड फोर्नुपर्ने र त्यसको लागि संसदको सहयोग आवश्यक हुने बताए । छलफलमा विकास निर्माणमा सक्रिय मन्त्रालयहरुका अधिकारीहरुले नदीजन्य पदार्थको प्रयोगमा समस्या उत्पन्न भएकोले विकास आयोजनाहरुलाई समयमै अघि बढाउन बाधा पुगेको धारणा राखे । वातावरणीय प्रभाव जस्ता विषयले नदीजन्य पदार्थको प्रयोगमा समस्या उत्पन्न भएको अधिकारीहरुको भनाइ छ । छलफलमा मन्त्री खतिवडाले ठूलो परिमाणमा विकास निर्माणका कामहरु गर्नुपर्ने भएकोले नदीजन्य पदार्थले मात्रै नपुग्ने बताए । ‘हामी एकैचोटी ठूलो परिमाणमा विकास निर्माणका कामहरु गरिरहेका छौं, यस्तो कार्यको लागि नदीजन्य पदार्थले मात्रै पुग्दैन, पहाडै फोर्नुपर्ने हुन्छ, यसका लागि संसदले पनि आवश्यक सहयोग गरिदिनु पर्यो,’ मन्त्री खतिवडाले भने । सरकारले ठूला विमानस्थल, रणनीतिक राजमार्ग, रेल मार्ग जस्ता ठूला परियोजना अघि सारेकोले त्यसको कार्यान्वयनका लागि ठूलो परिमाणमा निर्माण सामाग्री आवश्यक पर्ने उनको भनाइ छ ।
प्रभु बैंकको २०१औं शाखा सर्लाहीको मलंगवामा
काठमाडौं । प्रभु बैंकले सर्लाहीको मलंगवामा आफ्नाे २०१ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरेका हुन् । कार्यक्रममा निरसल साहले बैंकिङ्ग सेवा विस्तार अभियानबाट देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताएका छन् । बैंकको मलंगवा शाखा कार्यालयबाट यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु प्रभावित हुने र बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्ने बैंकले विश्वास लिएको छ ।
धौलागिरी र आँधीखोला लघुवित्त गाभिँदै, चुक्ता पूँजी १७ करोड पुग्ने
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । बुधबार पोखरामा दुवै संस्थाका मर्जर समितिका संयोजक र पदाधिकारीको उपस्थितिमा एक आपसमा गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो मर्जर संम्झौतापछि संस्थाको नाम धौलागिरी आँधीखोला लघुवित्त वित्तीय संस्था रहनेछ । संस्थाको अध्यक्षमा धौलागिरी लघुवित्त वित्तीय संस्थाका इश्वरलाल राजभण्डारी रहनेछन् । संस्थाको प्रमुख कार्यकारी अधिकृतमा आधीँखोला लघुवित्तका डोलराज के.सी र नायब प्रमुख कार्यकारी अधिकृतमा धौलागिरी लघुवित्तका शिवराम जोशी रहने समझदारी भएको बताइएको छ । मर्जरपछि संस्थाको कार्यालय पोखरा म.न.पा.–९ मा रहनेछ । सयुंक्त कारोबार २०७७ वैशाख १ बाट गर्ने योजना रहेको छ । मर्जरपछि चुक्ता पूँजी १७ करोड पुग्नेछ ।
बैंकका स्कीमः ३० लाख नगद हुनेले १ कराेडकाे घर किन्न सक्ने, घर बनाउन चाहिने सबै रकम बैंकले दिने
काठमाडौं । आफू बस्दै आएको वा मन परेको ठाउँमा एउटा घर बनाउनु प्रायः सबै नेपालीको चाहना हो । तर, चाहनाले मात्रै पुग्दैन । साढे २ तले आवाशीय घर बनाउन पनि ७५ लाख रुपैयाँको हाराहारीमा खर्च लाग्छ । यस्तो खर्चमा घडेरी किन्ने पैसा पनि थप्नुपर्यो भने सामान्य पेशा व्यवसाय गर्ने नेपालीको लागि काठमाडौं उपत्यका जस्ता शहरी क्षेत्रमा घर बनाउने सपना पूरा गर्न गाह्रै पर्ने हुन्छ । तर, नेपालीको चाहना र बजारको यथार्थलाई समन्वय गर्न बैंकिङ क्षेत्रले नयाँ नयाँ योजनाहरु ल्याउन लागेका छन् । बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले नै नयाँ घर बनाउनको लागि प्याकेज घोषणा गरेको हो । राष्ट्र बैंकले यसअघि नै सार्वजनिक गरेको प्याकेज घर वा अपार्टमेन्ट नभएका र अपार्टमेन्ट वा घर बनाउनको लागि बैंक वित्तीय संस्थाबाट ऋण नलिएका व्यक्तिहरुका लागि हो । यस्तो छ राष्ट्र बैंकको प्याकेज राष्ट्र बैंकले पहिलो पटक घर खरिद गर्ने व्यक्ति (फस्ट होम बायर) लाई लक्षित गरी नयाँ योजना ल्याएको थियो । बैंक वित्तीय संस्थाले दिने १ करोड ५० लाख रुपैयाँसम्मको आवाशीय घर कर्जामा ७० प्रतिशतसम्म ऋण दिन पाइने व्यवस्था नयाँ योजनामा छ । यो योजनाअनुसार २ करोड १४ लाख रुपैयाँको घर वा अपार्टमेन्ट किन्दा त्यसको ७० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँसम्म बैंक वा वित्तीय संस्थाले ऋण दिनेछ । बाँकी ६४ लाख रुपैयाँ भने बैंकमा बुझाउनु पर्नेछ । यसअघि घर वा अपार्टमेन्ट किन्न धितो मूल्यांकनको ५० प्रतिशतसम्म मात्रै ऋण लिन पाइन्थ्यो । यस्तो ऋण लिने ऋणीको किस्ता बढाउन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सानिमा बैंकको योजना सानिमा बैंकले नयाँ घर बनाउनेहरुलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ । राष्ट्र बैंकले गरेको व्यवस्थालाई सहयोग गर्नको लागि सानिमाले नयाँ योजना ल्याएको हो । सानिमा बैंकले ल्याएको योजनाअनुसार पहिलो पटक घर बनाउन ऋण लिने व्यक्तिहरुले घर निर्माणको शतप्रतिशतसम्म ऋण लिन पाउने छन् । घर बनाउन चाहिने जति पैसा बैंकले ऋणको रुपमा दिने भएपछि घर बनाउन सहज हुनेछ । एनएमबी बैंकको योजना एनएमबी बैंक र मेरोघरडटकमबीच सम्झौता भएको छ । यो सम्झौता अनुसार पनि मेरोघरसँगको समन्वयमा बनाउने घरमा बैंकले नै ऋण दिनेछ । घर बनाउन लाग्ने जति खर्च हुन्छ, सो बराबरको रकम बैंकबाट ऋणको रुपमा प्राप्त हुने गरी व्यवस्था मिलाइने मेरोघरको भनाइ छ । यो योजनामा सहभागी हुनेले पनि घर बनाउनको लागि आफूले लगानी नगरी बैंकको साँवा व्याजको किस्ता मात्रै तिरे हुनेछ ।
सद्गुरु ओशो सिद्धार्थ पुस ५ गते नेपाल आउँदै
काठमाडौं । आध्यात्मिक जागरण फैलाउन सद्गुरु ओशो सिद्धार्थ औलिया आगामी पुस ५ गते नेपाल आउने भएका छन्।ओशोधारा संघ नेपालको निमन्त्रणामा उनी नेपाल आउने भएका हुन् । नेपाल आगमनका क्रममा उनले ओशोधाराको उच्च तहको ध्यान कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । पुस ७ गतेदेखि १२ गतेसम्म बुटवलको मंगलापुरस्थित ओशो भिलेजमा बृहत अजपा तथा चैतन्य समाधी कार्यक्रममा उनले सहभागिता जनाउने ओशोधारा संघ नेपालका संयोजक आचार्यश्री ओशो महेन्द्रले जानकारी दिए । कार्यक्रममा ओशो सिद्धार्थ औलियासँगै ठूलो संख्यामा भारतीय साधकसाधिकाको सहभागिता रहने छ । ओशो सिद्धार्थ औलिया लगायत साधकसाधिकालाई लुम्बिनी भ्रमण गराउने जनाइएको छ । घर, परिवार, समाज त्यागेर मात्र अध्यात्मिक सुखशान्ति प्राप्त गर्न सकिन्छ भन्ने पुरातनवादी मान्यतालाई चिर्दै ओशोले घर, परिवार, सामाज तथा व्यवसाय सम्हाल्दै ध्यानमार्फत शान्ति हासिल गर्न सकिने परिकल्पनालाई साकार पारेको बुझिएको छ ।