घरमा बसेर कोरोना मात्रै यादमा आउँछ ? छिनमै भुल्ने विशेषज्ञ डाक्टरको सल्लाह यस्ताे छ
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढिरहँदा सबै यो देखेर त्रसित छन् । कतै मलाई पनि कोरोना लाग्ने त होइन भन्ने डर मानिसमा बढ्दै छ । सरकारले पनि कोरोनाको जोखिम न्युनिकरणका लागि देशैभर लकडाउनको घोषणा गरिसकेको छ । अहिले सबै मानिसहरु घरमा छन् । यो समय अरुभन्दा पनि कोरोनाको डरले कोरोना मात्रै यादमा आएको पनि हुन सक्छ । यदि तपाइलाई पनि यस्तै हुन्छ भने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले कोरोनालाई मनबाट हटाउन र घरमा बसेर निम्ललिखित कार्यहरु गर्न सकिन्छ भनेर सुझाव दिएका छन् । कोरोनाको संक्रमण रोक्न र भुल्न घरभित्र के गर्ने? ड्ड कोरोना भाइरस ओसिलो ठाउँ, फलाम, प्लास्टिक, घाम नलाग्ने कोठा तथा सवारीसाधनमा ४ घण्टादेखि १ हप्तासम्म बाँच्न सक्छ। यो लक डाउनको अवधिमा साबुन पानी वा स्प्रिट कपासले गाडी, ढोकाको ह्यान्डल, ग्रिल, टेबल, कुर्सि लगायतका सामान सफा गरौँ । -लगाउने तथा ओच्छ्यानका कपडा दैनिक घाममा सुकाउने गरौँ । – कोठामा घाम, हावा ओहोरदोहोर गर्ने व्यवस्था गरौँ । – आफूले लगाएका औंठी, सिक्री, डोरी, घडी, ब्रासलेट आदि सफा गरौँ । – परिवारका सबै सदस्यको लागि १÷१ वटा निजी साबुन र साना सफा टाबेलको व्यवस्था गरौँ । – घरमा रहेका ड्रम, बाल्टिन, मग, बाटादेखि अन्य भाँडाकुँडा माझेर घाममा सुकाउने गरौँ । – दैनिक नुहाउने र घाम ताप्ने गरौँ । – भर्यांङ तथा कौसीको रेलिङ सफा गरौँ । – आफ्ना निजी सामान जस्तै मोबाइल फोन, ब्याग आदिलाई सफा गरेर घाम सुकाऔं। – पटकपटक हात धुने गरौँ । – सफा गर्दा डेटोल, स्प्रिट, साबुन पानी प्रयोग गर्न सकिन्छ। – घरमा बस्दा स्यानिटाइजरको प्रयोग नगरौं। साबुनपानी नै हितकारी हुन्छ। – घरमा बसेर अध्ययनशील बनौं यी सबै कार्य गर्यो भने तपाई व्यस्त हुन सक्नुहुन्छ र तपाइलाई कोरोनाको याद आउँदैन । यी कार्य गर्दा काेराेनाबाट बच्न पनि सकिन्छ । जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डेको फेसबुक पेजबाट
चिकित्सक र स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने
काठमाडौं । घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरुमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको छ । कोरोना नियन्त्रण कार्यदल चितवनको बुधबार यहाँ सम्पन्न बैठकमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र अन्य अस्पतालमा समेत काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बस्ने घरधनीबाट फरक व्यवहार भएको भन्ने गुनासो आएको जानकारी गराइएको थियो । बैठकमा सहभागी कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार त्यस्तो पाइएमा स्थानीय प्रशासनले कडा कारवाही गर्ने बैठकले निर्णय गरेको छ । उनले भने, “कसैलाई समस्या परेमा मलाई फोन गर्न लगाउनुस् भनेर प्रमुख जिल्ला अधिकारीले भने। त्यस्ता घरधनीलाई स्थानीय प्रशासनले कडा कारवाही गर्ने छ ।” अभद्र व्यवहार भोगेका चिकित्सक, स्वास्थ्यकर्मीले कार्यदलका सदस्यलाई गुनासो गरेको बैठकमा जानकारी गराइएको थियो । बैठकले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई अहिले भएको सेवालाई यथावत राख्दै गुणस्तर सुधार गरी बहिरङ्ग सेवा र आइसोलेसनको रूपमा प्रयोग गर्ने निर्णय गरेको छ । सो अस्पतालमा हाल १० श्ययाको सघन उपचारकक्ष, १० श्ययाको एचडीयु र ५० साधारण श्यया रहेको छ । कार्यदलका प्रवक्ता अधिकारीका अनुसार आवश्यकताअनुसार श्यया थप समेत गर्ने बैठकमा छलफल भएको थियो । कोरोना भाइरसको आशङ्का भई गम्भीर भएका बिरामीलाई जिल्लामा सञ्चालन भइरहेकामध्ये एक अस्पतालको सघन उपचारकक्षमा उपचार गर्ने विषयमा छलफल भएको थियो । अधिकांशले पहिलो चरणमा भरतपुर अस्पतालको सघन उपचारकक्षमा राखेर उपचार गराउनुपर्ने र अस्पताल भरिएपछि चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र निजी अस्पतालका सघन उपचारकक्षमा उपचार गर्दा उपयुक्त हुने सुझाव दिएका थिए । भरतपुर अस्पतालमा रहेको २० श्ययाको सघन उपचारकक्षलाई विस्तार गर्नुपर्ने र त्यस्ता बिरामीको उपचारका लागि चिकित्सक, कर्मचारीको एउटै संयन्त्र बनाउन उपयुक्त हुने सुझाव आएको अधिकारीले जानकारी दिए । बैठकले कोरोनाको आशङ्का भई गम्भीर रहेका बिरामीलाई भरतपुरसहितका अस्पतालमा उपचारको व्यवस्थापन गर्नका लागि विशेषज्ञ चिकित्सक र अस्पतालका उच्च अधिकारीलाई जिम्मेवारीसमेत दिएको छ । कोरोना उपचारमा प्रत्यक्षरूपमा संलग्न भई क्वारेन्टाइनमा बस्नुपर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका लागि स्थानीय होटलमा व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ । कोरोना सङ्क्रमणको आशङ्कामा घरबाटै स्वाब लिनुपर्ने बिरामीका लागि आवश्यक सम्पूर्ण व्यवस्था गरिने भएको छ । सुरक्षाकर्मीको सहयोगमा घरमै पुगेर स्वाब लिइने छ । कार्यदलले विभिन्न स्थानबाट माग र खरिद गरेका उच्चस्तरका र सर्जिकल मास्क भरतपुर अस्पताल, निजी मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, निजी अस्पताल, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई आजै वितरण गरेको जनाएको छ । भित्र बिरामीसँग हेलमेल हुनेका लागि एन–९५ र बाहिर काम गर्नेका लागि सर्जिकल मास्क वितरण गरिएको अधिकारीले जानकारी दिए । बैठकले विभिन्न उपसमिति बनाउन डा अधिकारीलाई जिम्मा दिएको र बाहिरबाट आएका र उच्च जोखिम भएकालाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । बैठकमा कार्यदलका संयोजक भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायत सदस्यको उपस्थिति थियो । रासस
सांग्रिला डेभलपमेन्ट बैंकको आज ६ वटा शाखा खुल्ने, कति बजेसम्म ?
काठमाडौं । आज (चैत १३ गते बिहीबार) सांग्रिला डेभलपमेन्ट बैंकको ६ वटा शाखा खुल्ने भएको छ । बैंकको उक्त शाखाहरु आज जम्मा दुई घण्टाको लागि मात्र खुल्ने भएको हो । विकास बैंकको काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, चितवन र बाँके शाखा ११ बजेदेखि १ बजेसम्म खुल्ने भएको हो । नेपाल राष्ट्र बैंकले चैत १२ गते(हिजो) सम्पूर्ण इजाजतपत्रप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको सूचना अनुसार संस्थाले उक्त शाखाहरुबाट बैंकिङ्ग सेवा दिने भएको हो । साथै, यस डेभलपेमन्ट बैंकको शाखा कार्यालयमा नै भौतिक रुपमा उपस्थित भई सेवा लिने अवस्था परि सेवा लिन आवश्यक भएका ग्राहकहरुको लागि न्यूनतम बैंकिङ्ग सेवा प्राप्त गर्न सजिलो होस् भन्ने हेतुले संस्थाले उक्त निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड १९) लाई नियन्त्रण गर्ने प्रयास स्वरुप नेपाल सरकारले देशभर लक डाउन गरिरहेको छ । यस परिस्थितिमा कोरोना भाइरसको संक्रमणबाट बच्न यस डेभलपमेन्ट बैंकले प्रदान गरिरहको विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी विद्युतीय माध्यमबाट कारोवार (एटीएम सेवा, मोबाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, कनेक्ट आईपीएस सेवा आदि) गर्न सक्ने छन् ।
तपाईको छिमेकी कोही विदेशबाट आउनु भएको छ ? सूचना दिनुहोस् तपाईलाई पुरस्कार मिल्छ
सांकेतिक तस्वीर काठमाडाैं । म्याग्दीको मंगला गाउँपालिकाले विदेशबाट आएका व्यक्तिको बारेमा सूचना दिनेलाई नगद पुरस्कार उपलब्ध गराउने घोषणा गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गाउँपालिकाले यस्ताे अभियनु सुरू गरेकाे हाे । विदेशबाट आएकालाई घरमै एकान्तबास राख्नका लागि अभियान चलाएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिए । गाउँपालिका र वडा कार्यालयमार्फत विदेशबाट आएकाको सूचना दिनेलाई एक हजार रुपैयाँ पुरस्कार उपलब्ध गराउन अध्यक्ष रोकाले बताएका छन् । उनका अनुसार मंगला गाउँपालिकामा हालसम्म १२ जना विदेशबाट आएकालाई घरमै एकान्तबास बस्न लगाइएको छ । पाँचवटा वडा रहेको मंगला गाउँपालिकामा करिब एक सय जना स्वास्थ्यकर्मी र कर्मचारी छन् । त्यस्तै डेढ सय बढी शिक्षक छन् । चार लाख रुपैयाँ भन्दा बढी सहयोग हुने बताइएको छ । वडा र बस्ती स्तरमा कोरोनासम्बन्धी सचेतना फैलाउन माइकिङ गरिएको छ । यसैगरी मंगलाका राजपत्रअंकित तहका श्रेणीका कर्मचारीले पाँच र राजपत्र अनंकित तह, शिक्षक र श्रेणी बिहीन कर्मचारीहरुले तीन दिनको आधारभूत तलब बराबरको रकम सहयोग गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए ।
एनआरएन कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भएनभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ । योजनानुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि दुई हजार प्रति किट्सको सम्झौता भएको एनआरएन कोरियाले जनाएको छ । सोका लागि एनआरएन कोरियाले यहाँ रहेका नेपालीसँग सहयोग सङ्कलन अभियानसमेत थालेको छ । प्रति किट्स बीस हजार कोरियाली वन ( दुई हजार रूपैयाँ ) पर्ने भएकाले दुई हजार किट्स लागि ४० लाख रूपैयाँ लाग्ने अनुमान छ । यहाँ रहेका नेपालीमा प्रतिव्यक्ति एक किट्स बराबर रकम सहयोग गर्न एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले आग्रह गरेका छ । उनले भने, “यतिबेला मातृभूमि नेपालले कोरोना भाइरसका कारण जुन विषम परिस्थिति भोग्नुपरेको छ, त्यसका लागि सहयोग गर्न सम्पूर्ण कोरियावासी नेपालीहरूमा आग्रह गरे ।” उक्त किट्स कोभिड– १९ को सङ्क्रमणको शङ्का भएका बिरामीमा हो हैन भन्ने पुष्टि गर्न प्रयोग हुन्छ । किट्समा बिरामीको र्याल राखेर स्क्यान मेशिनमा स्क्यान गरिएपछि तीन घण्टामै कोभिड बिरामी हो वा हैन भन्ने पत्ता लाग्छ । बिहीबार दिनभर सहयोग सङ्कलन गरेर शुक्रबार कार्गोमार्फत उक्त किट्स चीन पठाइने र चीनबाट नेपाल सरकारको सम्बन्धित निकायले शुक्रबार नै नेपाल पुर्याउने तयारी भएकोसमेत अध्यक्ष सुवेदीले बताए । दक्षिण कोरियामा झण्डै ६० हजार नेपाली विभिन्न स्थानमा बसोबास गर्छन् । हालसम्म यहाँ रहेका नेपाली कोरोना सङ्क्रमण हुनबाट सुरक्षित छन् । रासस
घरमा सामान सकियाे भने यस्ताे गर्नुहाेस्, सरकारले अनलाइनबाटै हाेम डेलिभरी गर्छ
काठमाडौं । सरकारले अब सामान अनलाइनबाटै डेलिभरी गर्ने तयारी गरिरहेको छ । सरकराले देशैभर लक डाउन घोषणा गरेसँगै मानिसहरुलाई बाहिर आवतजावत गर्न रोक लगाइरहेको बेला सामान अनलाइन डेलिभरीका लागि तयारी गरिरहेको हो । मानिसहरुको भिडभाड, आवागमन र व्यक्ति व्यक्तिबीचको सम्पर्कको कारण कोरोना भाइरस (कोरोना भाइरस) सर्न सक्ने भन्दै सरकारले अहिले ‘लकडाउन’ गरिरहेको छ । तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने निर्धक्क भएर खाद्यवस्तुको ओसारपसार र किचबेच गर्न आग्रह गरेको छ । यस्तै, नियम अनुसार दर्ता भएर अनलाइन अर्डरका आधारमा घर घरमा सामान पु¥याउने कम्पनी पनि सञ्चालन हुन पाउने भएका छन् । उनीहरुले अनलाइन अर्डरको आधारमा घर घरमा सामान पु¥याउन पाउने भएका छन् । यसको लागि प्रशासनको पास अनिवार्य चाहिने मन्त्रालयका सचिव बैैकुण्ठ अर्थालले जानकारी दिए । अर्यालले पसलमा भिडभाड कम गर्नको लागि अनलाइन डेलिभरी गर्नेहरुलाई पनि खुला गर्ने भन्ने भएको छ बताए । ‘खाद्यवस्तुको ढुवानी अत्यावश्यक सेवाभित्र पनि त पर्छ नि, हामीले नागरिकको सहजका लागि होम डेलिभरीको व्यवस्था गर्न लागेका छौं,घरमा सामान सकिएमा व्यक्तिले अनलाइनबाट नाम टिपाउनु पर्नेछ, अनलाइन बिक्रेताले ग्राहकले दिएकाे ठेगाना अनुसार हाेम डेलिभरी गर्छ, उनले भने । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको संयोजकत्वमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुरक्षा निकायका पदाधिकारी, निजी क्षेत्र सङ्गठनका पदाधिकारीलगायतको छलफलले खाद्यवस्तुको निर्वाध ढुवानी गर्न दिने निर्णय गरेको हो । बैठकले औषधिजन्य सामग्री, दुग्धजन्य वस्तु, खाद्य सामग्री, दाल, चामल, नुन तेल, तरकारीलगायतका वस्तुको निर्वाध उत्पादन र पसलसम्म पुग्ने गाडी चल्न दिने निर्णय गरेको छ । यस्तै यी वस्तु बेच्ने थोक तथा खुद्रा पसल खुलै राख्न पाइनेछ । इन्धनको आपूर्ति र बिक्री वितरणमा पनि रोक लगाइएको छैन । तर न्यूनतम जनशक्ति परिचालन गर्ने र भौतिक दूरी कायम राख्ने, पसलमा २५ जना भन्दा धेरै भिडभाड नगर्न÷नगराउन मन्त्रालयले अनुरोध गरेको छ ।
बैंकिङ र बीमाका नियमित सेवा बन्द, आपत्कालिन सेवा मात्र सुचारू
काठमाडौं । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले नियमित सेवा बन्द गरेको छन् । तर उनीहरुले आपतकालिन अवस्थामा ग्राहकलाई सेवा दिईरहेको जनाएका छन् । बैंकहरुले एटीएम र अनलाइन सेवा सुचारु गरेका छन् । तर नियमित काउन्टर सेवा भने लगभग बन्द गरिएकाे जनाएका छन् । ‘कोरोना भाइरसको जोखिम पनि भयो । काउन्टर खोल्दा दिनभरका २/३ वटा मात्र कारोबार भएका छन् । कुनै काउन्टरमा दिनभर एउटा पनि कारोबार नभई बन्द भएका पनि छन्’ डेभलपेन्ट बैंकर्स संघका अध्यक्ष तथा गरिमा विकास बैंकका अध्यक्ष गोविन्द प्रसाद ढकालले भने । बैंकको शाखा खोल्नको लागि कम्तिमा ३ जना कर्मचारी आवश्यक पर्ने तर गृह प्रशासनले २ वटा भन्दा बढी पास नदिएकोले पनि बैंकहरुले नियमित सेवा दिन नसकेको उनले बताए । ‘सरकारले दिएको पासले १० देखि १२ बजेसम्म मात्र हिड्न पाइने रहेछ । २ घण्टाको बास बोकेर बैंकमा पुगेर घर फर्कन हतार हुन्छ । कति समय बैंक खोलेर बस्ने ?’ उनले समस्याहरु सुनाउदै भने–‘कतिपय स्थानीय सरकारले बैंकिङ सेवा पूर्ण रुपमा बन्द गराउने निर्णय पनि गरेका छन् । त्यस क्षेत्रमा हामीले चाहेर पनि बैंकिङ सेवा सुचारु गर्न सक्दैनौं ।’ एटीएमबाट एक लाख २५ हजार रुपैयाँसम्म झिक्ने मिल्ने सुविधा भएको, जुनसुकै बैंक तथा फाइनान्सको एटीएमबाट पैसा झिके पनि शुल्क नलाग्ने सुविधा भएकोले ग्राहकलाई समस्या नपर्ने बैंकर्सहरुको भनाई छ । एटीएम कार्ड पनि नभएको, इन्टरनेट बैकिङ सुविधा पनि प्रयोग नगरेका ग्राहक वा आपत्कालिन अवस्थामा परेका ग्राहकले सम्बन्धित बैंकका शाखाका खटिएका सुरक्षा कर्मीसँग सम्पर्क गर्न सक्ने र उनीहरुले शाखा प्रमुख वा तोकिएको अधिकृतसँग सम्पर्क गरी आपत्कालिन सेवा दिने प्रबन्ध मिलाएको ढकालले बताए । कोरोना फाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको, सरकारको कदममा सहयोग गर्नु, आफू र समाजलाई सुरक्षित राख्न, ग्राहक र कर्मचारीको सुरक्षामा सजग हुनको लागि आफूहरुले बैंकको नियमित सेवा बन्द गरेको ज्योति विकास बैंकले विहीबार जारी सूचनामा जनाएको छ । एटीएम, मोवाइल बैकिङ, इन्टरनेट बैकिङ, कनेक्ट आईपीएस सेवाहरु सुचरु रहेको र उल्लेखित सबै सेवाहरु निःशुल्क गरिएको बैंकले जनाएको छ । बैंकहरूले जस्तै बीमा कम्पनीहरुले पनि सार्वजनिक सूचना जारी गरी नियमित सेवा बन्द गर्नु परेको जनाएका छन् । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले देशभर लकडाउन भएको र ग्राहकहरुलाई बीमा सेवा नियमित रुपमा प्रदान गर्न कठिन भएको जनाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण कार्यालयहरु बन्द गरिएको जनाएको छ । बैंक र बीमा कम्पनीहरूले नियमित सेवा बन्द सम्बिन्ध सूचनामा आपतकालिन सेवाका लागि सम्पर्क व्यक्ति र माेवाइल नम्बर भने उल्लेख गरेका छन् । सरकारले बैंकिङ र बीमा सेवालाई अत्यावश्यक सेवा अन्तरगत राखेको छ र लकडाउनको बेलामा पनि अत्यावश्यक सेवा सुचारू हुने जनाएको छ । कोरोना जोखिम उच्च भएकोले बेलामा बैंकिङ र बीमा सेवा सञ्चालन गर्न धेरै जोखिम भएकोले बन्द गर्नु पर्ने माग सञ्चालकहरुको छ ।
चैत मसान्तसम्म सावाँ र व्याज तिर्नु नपर्ने, खराब कर्जामा प्राेभिजन हाललाई स्थगित
काठमाडौं । कोरोनाको भाइरसको त्रासले लक डाउन भएपछि सरकारले उद्योगी र व्यवसायीहरूलाई राहत दिने भएको छ । उद्योगी र व्यावसायीलाई चैत मसान्तसम्म कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्नु नपर्ने गरी सरकारले राहत घोषणा गरेको हो । अर्थ मन्त्रालयले बुधबार बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थालाई चैत मसान्तसम्म कर्जा असुली स्थगन गर्न निर्देशन दिएको छ । त्यस्तै खराव कर्जा हुँदा बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने प्राेभिजनकाे व्यवस्था हाललाई स्थगित गरिएकाे छ । नेपाल चेम्बर अफ कर्मशको वरिष्ट उपाध्यक्ष राजेन्द्र मल्लले सरकारले चैत मसान्तसम्म कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्नु नपर्ने निर्णय गरेको बताए । ‘देशमा लकडाउन भइरहेको छ, यो संकटलाई उद्योगी, व्यापारी र सरकार भएरे साम्य पर्ने काम गर्नु पर्छ,’ मल्लले भने । सो अवधिमा प्रवाह भएको कर्जाको बर्गीकरण तथा नउठेको खराब कर्जा बापत गर्नुपर्ने व्यवस्था पनि स्थगनको व्यवस्था मिलाउन अर्थमन्त्रालयले राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।संक्रमणको अवधि निश्चिन नभएकाले कोरोना प्रभावित उद्योगी र व्यवसायहरुको सावा ब्याज असुली सम्बन्धी कार्य चैत्र मसान्तसम्मका लागि स्थगन गर्न निर्देश दिएको हो । सरकारले कुन कुन उद्योग तथा व्यावसय कोरोना प्रभावित भन्ने खुलाइएको छैन । वित्तीय प्रणालीमा तरलता अभाव हुन नदिन अर्थमन्त्रालयले भुक्तानी गर्न बाँकी रहेको रकम भुक्तानी गर्न, बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह कार्यलाई सहज बनाउन, पुनर्कर्जा कोषको उपयोग गर्न पनि अर्थमन्त्रालयले आग्रह गरेको छ ।