कोरोना तपाईंलाई मार्न चाहँदैन: सदगुरू
मानव बाहेक कुनै अर्को प्राणी आफ्नो घरलाई नष्ट गर्न चाहँदैन । केवल मानव नै हुन् जो यस्तो गर्नका लागि मशहुर छन् । भाइरस पनि तपाईंको भित्रै रहन चाहन्छ तर उसले अन्जानैमा आफ्नो काम केहि यस प्रकार बढि गर्दिन्छ कि तपाईं अनि म मर्न सक्छौं । म १७ वर्षको भइसक्दा मलाई २ पटक सम्म टाइफाइड भइसकेको थियो । अन्य केहि रोगहरुले पनि मलाई सताइसकेको थियो । तर यी कुराहरुले मलाई कहिल्यै ओछ्यानमा सुताएको थिएन । यहाँसम्म कि जब मलाई दोस्रो पटक टाइफाइड भएको थियो, कडा ज्वरोमा पनि म खेलिरहें र काम गरिरहें । तर जब मलाई हैजा लाग्यो तब मलाई छोटो समयमै यसले बढि सतायो । म २ घण्टा भित्रको अवधिमै लगभग बेहोसीको स्थितीमा पुगेको थिएँ । मैले आफ्नो आमा, हजुरआमा सवैलाई रुँदै गरेको सुनें । मेरो हजुरआमाले रुँदै मेरो नाक छाम्नुभयो र भन्नुभयो कि यो त पुरै चिसो भइसकेको छ, यो मरिसकेको छ । मेरो बुवा डक्टर हुनुहुन्थ्यो, उहाँसँगै अरु दुई जना डक्टरहरुपनि आएर मलाई बचाउन सक्दो प्रयास गर्नुभयो । भोलिपल्टको साँझदेखि मलाई केहि विसेक भयो । अब भने मैले ब्याक्टेरिया र भाइरसका वारेमा बुझेरै छाड्ने निर्णय गरें । आजको समय जस्तो त्यो वेला इन्टरनेट र गुगलको सुविधा थिएन । म सिधै लाइब्रेरी गएँ र लाइब्रेरियनसँग यससँग सम्बन्धित किताबको वारेमा सोधें । उनले दिएको कितावलाई मैले पूरै पढें । मलाई त्यो वेला एउटै मात्र कुराले सताइरहेको थियो कि जुन चिजलाई आँखाले पनि देख्न सकिँदैन, त्यसले कसरी मलाई पूरै धरासायी गर्न सक्छ ? घर फर्केर मैले आफ्ना बुवालाई भाइरस र ब्याक्टेरियाको वारेमा सोधें । उहाँ एउटा राम्रो चिकित्सक हुनुहुन्थ्यो । उहाँले त्यो वेला मलाई ब्याक्टेरिया र भाइरसको वारेमा धेरै कुरा बताउनुभयो जुन कुरा मलाई आजसम्म पनि यादै छ । अनि लाइब्रेरीमा पढेका कुरा पनि । अब कोरोना भाइरसको वारेमा कुरा गर्नुपर्दा यो भाइरस मानवको शरीरमा आउनु अघिसम्म जनावरको शरीरभित्र आरामका साथ बसिरहेको थियो । जनावरलाई नमारीकन । अहिले यो मानवको शरीरमा आइपुगेको छ र अहिले पनि त्यहि गरिरहेको छ जुन यसले जनावरको शरीरमा गरिरहेको थियो । तर हामीले झेल्न नसकेर मरिरहेका छौं । आज यो कुरा पुष्टि भइसकेको छ कि जसको इम्युन सिस्टम ठिक छ ऊ विसेक भइसकेको छ । र जसको इम्युन सिस्टम कमजोर छ उ मात्र दुर्भाग्यवस यो भाइरसको शिकार बनिरहेको छ । यसबाट के पुष्टि हुन्छ भने यो भाइरस जिउन चाहिरेको छ तर ऊ यति आक्रामक तरिकाले जिउँछ कि हामी मरिरहेका छौं । आज धेरै वैज्ञानिकले यसको बारेमा चर्चा गरिरहेका छन् । तर जब मैले यसको बारेमा पढेको थिएँ, म केवल १७ वर्षको थिएँ । त्यो बेला पनि यो स्पष्ट रुपले सम्झाइएको थियो कि जुन व्याक्टेरिया र भाइरस हाम्रो शरीर भित्र पस्छन् वा छन् तिनीहरुले धेरै प्रकारले हाम्रो जीवन प्रकृयामा सहायता पुर्याइरहेकै छन् । नोक्सान पुर्याएका छैनन् । आज हाम्रो शरीर भित्र खर्बौं ब्याक्टेरिया र भाइरसहरु बाँचिरहेका छन् । कुनै समयमा ती व्याक्टेरिया र भाइरसहरु हानीकारक थिए होलान् तर उनीहरुले यो बुझे कि यस प्रकार हामी बस्यौं भने हामी आफ्नै घरलाई बर्वाद गर्नेछौं । र यसप्रकार उनीहरुले विस्तारै आफूलाई बदल्दै लगे र हामीसँग मिलेर बस्न सिके । यो दुःखको कुरा हो कि अहिले देशमा आपत् आइलागेको छ । आज धेरै देशहरुले आफ्नै जनताको विरुद्ध सडकमा सेना र पुलिस खडा गरेको छ । तपाईंले बुझ्नै पर्छ कि मामला कति गम्भिर छ । आज अमेरिकाले आफ्ना पुरै सेना सडकमा उतारेको छ केवल जनतालाई सडकमा आउन बाट रोक्नका लागि । भारतीय पुलिस सडकमा उभिएको छ । आज हामीले यो स्थितीलाई सहि ढंगबाट सम्हाल्न सकेनौं भने हामी एउटा ठूलो आपतका तर्फ अघि बढ्ने छौं, लाखौं मानिसको जीवन नष्ट हुन सक्छ । हाम्रो स्वास्थ्य प्रणालीको आलोचना गर्ने वा स्वास्थ्य मन्त्रालयको आलोचना गर्ने यो सहि समय होइन । बरु यो त त्यो समय हो, जसमा हामी सबैले आफ्ना तर्फबाट केहि राम्रो गरौं । केहि सानातिना सकारात्मक काम नै पनि किन नहोस् । हामीले यो बुझ्नै पर्छ कि हाम्रो जीवनकालमै हामीले यसप्रकारको आपतको सामना गरेका थिएनौं । यो त तपाईंको देशमा हुने युद्धको तुलनामा ठूलो इमर्जेन्सी हो । यो ती हरेक इमर्जेन्सी चीज भन्दा ठुलो हो जुन तपाईंले जान्नुभएको छ । यो भाइरसले ठूलो बर्बादी नमच्चाइकनै हराउन सक्छ यदि हामी जिम्मेवार बन्यौं भने । (विश्व शान्तीको क्षेत्रमा निरन्तर काम गरिरहेका सदगुरुले आफ्नो एक कार्यक्रमका बखत कोरोना भाइरसका बारे गरेका चर्चाको नेपाली अनुवाद गरिएको ।)
दानाको अभाव र बिक्री हुन छाडेपछि किसान चिन्तित
पाल्पा । पाल्पाको रैनादेवी छहरा–३, भुवनपोखरी किसानले दानाको अभाव देखाएर र बिक्री हुन छाडेपछि बोइलर कुखुरा जिउँदै गाडेका छन् । लकडाउनका कारण दानाको अभाव र कुखुरा विक्री हुन छाडेपछि यहाँका किसानले बोइलर कुखुरालाई जिउँदै गाडेका हुन् । रैनादेवी छहरा गाउँपालिका—३ का वडाध्यक्ष लालबहादुर दर्लामीका अनुसार दोब्बर घाटा हुने डरले किसानले कुखुरालाई जिउँदै जङ्गलमा छाडिएको बताए । जथाभावी कुखुरा फाल्दा दुर्गन्धित हुने त्रास बढेपछि कुखुरा गाडिएको हो । भुवनपोखरी डाडागाउँका चार कुखुरा फार्म र तालपोखरीको एक फार्मबाट छ हजार कुखुरालाई नष्ट गरिएको हो । अठ्ठाईस दिनदेखि ४० दिनसम्म पालेका कुखुरा दुईदेखि तीन किलोसम्म रहेका छन् । तानसेन र बुटबलदेखि दाना ल्याउनुपर्ने बाध्यता रहेको थियो । कोरोना रोगको सङ्क्रमणको भयले कुखुरा बिक्री हुन छाडेपछि स्थानीय कुखुरापालकहरु मोहन पौडेल, बेदप्रसाद मरासिनी, खुमानन्द मरासिनी, प्रकाश बोहोरा र धर्म पोडेललगायतले कुखुरालाई जङ्गलमा गाड्नु परेको जानकारी दिए। रासस
नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना
काठमाडौं । नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना भएकाे छ । क्षति हुनबाट जोगिएको छ । काठमाडौंबाट गएको उक्त विमान अवतरणको समय एक्कासी समस्या आई रनवे नजिक चिप्लिएको थियो । कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन नेपालगञ्ज गएको थियो । विमान दुर्घटना भई घासे मैदान पुगेको र कुनै ठूलो क्षति भने नभएको जानकारी आएको छ । कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्को विमान जाने दुर्घटनाबाट जोगियो नेपाल एयरलाइन्सको विमान जाने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण जानकारी दिएको छ ।
कोभिड–१९ : टोखामा ३८ श्ययाको क्वारेन्टाइन निर्माण
काठमाडौं । विश्वमा फैलँदै गएको नोबेल कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर टोखा नगरपालिकाले ३८ श्ययाको क्वारेन्टाइन निर्माण गरेको छ । टोखा नगरपालिकाले तिलिङ्गाटार माध्यमिक विद्यालयमा २५, टोखा प्राथमिक स्वास्थ्य केन्द्र टोखा बजारमा १० श्यया र झोर स्वास्थ्य चौकीमा तीन श्ययाको क्वारेन्टाइन निर्माण गरेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले कोभिड–१९ बाट हुने सम्भावित सङ्क्रमणलाई रोक्न टोखा नगरपालिकाले आवश्यक तयारी पूरा गरिरहेको बताए । “टोखा नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा आइसोलेसन वार्डसमेत स्थापना गर्नका लागि नगरपालिकाले आवश्यक सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ”, उनले भने । आवश्यकताअनुसार सामुदायिक तथा निजी विद्यालयलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने गरी टोखा नगरपालिकाले काम गरिरहेको नगरप्रमख अधिकारीको भनाइ छ । टोखाले नगरपालिकाभित्रका २० स्थानमा हात धुनका लागि पानीका धारासमेत जडान गरिसकेको छ । नगरपालिकाका सबै चोकमा पानीका धारा पुग्नेगरी नगरपालिकाले काम शुरु गरेको हो । यस्तै, टोखाले नगरपालिकाभित्र भर्खरै विदेशबाट आएका व्यक्तिको लगत सङ्कलन कार्यसमेत अगाडि बढाएको छ । टोखाका नगरप्रुमख अधिकारीले विदेशबाट आएका व्यक्तिको लगत सङ्कलनका लागि सबै वडालाई पत्राचार गरिएको जानकारी दिए । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन् । टोखा नगरपालिकामा कोभिड–१९ को सङ्क्रमण देखिए तत्काल अस्पताल लैजानका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको नगरपालिकाले जनाएको छ । यस्तै, टोखा नगरपालिकाभित्र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसमेत सञ्चालनमा रहेको छ । उक्त अस्पतालले ३० वेडको क्वारेन्टाइन निर्माण गरिसकेको अस्पतालका अध्यक्ष दीपक कुँवरले जानकारी दिए । रासस
सबैका सहयोगी हातले चुनौती सामना गर्न सकिन्छ– मन्त्री भट्ट
काठमाडौं । सरकारले साताव्यापी लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको सक्रमण फैलन नदिने लक्ष्यका साथ सरकारले उक्त घोषणा गरेको हो । लकडाउनको समयमा समेत सरकारले सहज रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने घोषणा गरेको छ र सोही अनुसार काम पनि गरिरहेको छ । तर, केही स्थानमा व्यापारीले अनावश्यक रुपमा बढी मूल्य लिएर उपभोक्तालाई ठगी गरिरहेको भन्ने गुनासो पनि आएको छ । सरकारले खाना पकाउने एलपी ग्यासदेखि अन्य सामग्रीको सहज आपूर्तिका लागि विशेष व्यवस्था गरेको छ । यसै सन्दर्भमा रहेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग राससका लागि समाचारदाता रमेश लम्साल र अशोक घिमिरेले मन्त्री भट्टसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश : सरकारले लकडाउन घोषणा गरेपछि आपूर्ति व्यवस्थालाई कसरी अगाडि बढाइरहेको छ ? कोरोनाको सबैभन्दा ठूलो उपचार लकडाउन नै हो । लकडाउनलाई कसरी बुझे भन्ने कुरा भन्ने कुरा महत्वपूर्ण छ । भारतमा पनि २१ दिने लकडाउन घोषणा भएको छ । यसबाट बच्ने सबैभन्दा सजिलो र सरल उपाय भनेको लकडाउन नै हो । भारत जस्तो मुलुकले पनि त्यसलाई नै प्रमुख सहारा लिएको छ । चीनले पनि नियन्त्रण गरेको पनि लकडाउनबाट नै हो । अझ हामीले हे¥र्यौँ भने सिंगापुर, ताइवान, दक्षिण कोरियाले पनि त्यसैलाई प्रमुख प्राथमिकता दिएका छन् । त्यो भएर अहिलेको परिस्थिति भनेको लकडाउन नै हो । हामी बाहिर निस्कनु हुँदैन । कुरा यही आउँछ, बाँचेपछि खाने हो । तर बाँच्नका लागि खाने कुरा नै चहियो । यो दुईवटै विषय अन्तरसम्बिन्धत नै छ । हल्ला चल्नेबित्तिकै जब मानिसहरु बजारतर्फ ओइरिए, तब भीड आतंक भयो । धेरैले अर्थात् हुने खाने उपभोक्ताले ठूलो मात्रामा खाद्य पदार्थ सञ्चय गरेका छन् । ग्यासमा दुई चार वटा सिलिण्डर घरमा राखेका छन् । नहुनेले मात्रै केही जोहो गरेका छैनन् । लकडाउनपछि दूध, तरकारी जस्ता पदार्थमा समस्या आउँछ । कालीमाटीमा पर्याप्त तरकारी आइरहेको छ । खाद्यान्न पर्याप्त छ । वितरण प्रणाली कसरी मिलाउने भन्ने कुरा मात्रै हो । बाहिर ननिस्केपछि घरसम्म कसरी पुर्याउने भन्ने विषय जटिल छ । हामीले पूरा गर्नुपनि छ । हाम्रो दुई वटा संस्था साल्ट ट्रेडिङ र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत उपत्यकामा केही पसल खुलाइएको छ । ती पसुलबाट केही सहज भएको छ । यस्तै, उपत्यकामा व्यवसायीलाई विशेष गरी खाद्य पदार्थका पसल खोल्नुस् भनेका छौँ । जनतालाई पनि अतिआवश्यक भएका खाद्यान्न लिन मात्रै बाहिर निस्कनुस भनेका छौँ । लकडाउनलाई जनताले नै सहयोग गरेका छन् । देशैभरी पनि सहयोग भएको छ । एक दुई वटा जिल्ला बाहेक अन्यत्र समस्या छैन । अर्को सञ्चार माध्यमबाट पनि सकारात्मक सन्देश गएको छ । त्यो हाम्रोमा मात्रै होइन विदेशमा पनि त्यस्तै देखिएको छ । सचेतनाका कार्यक्रम मात्रै गएको छ । काठमाडौँ उपत्यकामा बढी नागरिकको बसोबास छ, त्यसलाई व्यवस्थापन गर्ने विषय आफैँमा के कति चुनौतीपूर्ण रहेको छ ? हो, उपत्यकामा व्यवस्थापनको विषय चुनौतीको रुपमा रहेको छ । हामीले लकडाउन गरेपछि लाखौँ मानिसहरु बाहिर पनि गएका छन् । अब हाम्रो हाम्रो चुनौती भनेको वितरण प्रणाली कसरी मिलाउने भन्ने हो । काठमाडौँमा मात्रै १५ वटा मिनि ट्रक तयार पार्न भनेको छौँ । चामल, दाल, नुन, तेल आलु, तेलजस्ता खाद्य पदार्थ जहाँ आवश्यक छ, जहाँ जरुरी पर्छ त्यहाँ उपलब्ध गराउन लागेका छौँ । यो टोलमा समस्या छ भनेर खबर गर्न ११३७ नम्बरको टोल फ्रि नम्बर पनि तम्तयारी हालतमा राखेका छौँ । त्यसको तयारीमा लागेका छौँ । ललितपुर र भक्तपुरमा सात÷सात वटा मिनि ट्रक तयारी हालतमा राखेका छौँ । यसरी अब ‘मोबाइल’ मार्फत नै सामग्री उपलब्ध गराउनेतर्फ लागेका छौँ । महामारी नै फैलिएको अवस्थामा पनि व्यवस्थापन गर्ने तयारी गरेका छौँ । जस्तोसुकै अवस्थामा पनि तयार रहनुपर्छ भनेर लागेर लागेका छौँ । ठूला व्यापारिक चेन सुपर मार्केटहरु जस्तै भाटभटेनी, बिग मार्ट, सेल्स बेरीलाई पनि तपाईंका ग्राहक जोजो छन्, उनीहरुसँग फोनबाटै अत्यावश्यक सामग्रीको आपूर्तिका लागि अर्डर लिने व्यवस्थापन गर्न भनेका छौँ । अनलाइनबाट पनि अर्डर लिन भनेका छौँ । सामान लैजाने सवारी साधनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पास उपलब्ध गराउने भनेका छौँ । त्यो मनस्थितिमा बस्नुस् भनेका छौँ । तरकारी, दूध, विशेष गरी काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाबाट आउँछन् । त्यसका लागि आउने सवारी साधन सहज आउने व्यवस्था गरेका छौँ । यस्तै चालकलाई सहज रुपमा उपभोग्य वस्तु ल्याउने वातावरण बनाउन ट्रक व्यवसायी महासङ्घको अध्यक्ष र महासचिवलाई नै मन्त्रालयमा बोलाएर छलफल गरेको छु । कुनै पनि हालतमा ढुवानीका साधन बन्द हुनु हुँदैन भनेका छौँ । चालकलाई विशेष भत्ता दिनुस् भनेका छौँ । मूल्य बढाउने काम नगर्नुस् भनेका छौँ । उनीहरुले सरकारको कदमलाई सहयोग गर्ने बताएका छन् । भारतले २१ दिने लकडाउन गरेपनि ग्यासलगायत पेट्रोलियम पदार्थ आयातमा समस्या पर्छ कि भन्ने गुनासो पनि आएको छ, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? ग्यास आयात गर्ने बुलेट नेपालको छैन । ती सबै भारतकै हुन् । पछिल्ला दिनमा लगातार ग्यासका बुलेट आयात भइरहेको छ । उताको चालकले नमाने समस्या हुन्छ भनेर भारतको सम्बन्धित पक्षसँग हाम्रो वाणिज्य सचिवले नियमित हटलाइनमा कुरा गरिरहनुभएको छ । उताबाट आयात हुने कुनै पनि वस्तु रोकिने छैन । रोकिएको पनि छैन । हामीले कूटनीतिक पहलमार्फत त्यसलाई सहजीकरण गरेका छौँ । खाद्यान्नको अवस्था चाही कस्तो छ ? हामीलाई ६ महिना पुग्ने खाद्यान्न छ । उपत्यकामा पनि सहज छ । उपत्यकाको तीन जिल्ला छाडेर ७४ जिल्लाको अवस्था के हो भन्ने हेरेका छौँ । काठमाडौँ उपत्यका आसपासको जिल्लामा यहीबाट पनि जान्छ । स्वयम् त्यहाँ उत्पादन पनि हुन्छ । बाँकी जिल्लामा जिल्ला प्रशासनमार्फत के चाहिन्छ, के कस्तो व्यवस्था गर्नुपर्ने हो रु अभाव के छ भनेर रिपोर्ट गर्नुस् भनेका छौँ । हाम्रो वाणिज्य कार्यालय भएका स्थानमा त्यसैलाई सक्रिय बनाएका छौँ । अनुगमन भएको छ । जाजरकोट, पश्चिम रुकुम र मुगुमा खाद्यान्नको अभाव छ भन्ने जानकारी आएपछि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई तत्काल चामल पठाउन भनेका छौँ । दोस्रो स्थानीय र प्रदेश सरकारलाई पनि कुन सामानको अभाव हो भनेर जानकारी लिएका छौँ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २५ हजार मेट्रिक टन चामल मौज्दात छ । यस्तै, २० हजार मेट्रिक टन धान छ । त्यसबाट लभगभ १५ हजार मेट्रिक टन चामल बन्छ । खरिद पनि गर्ने भनेका छौँ । साल्ट टे«डिङसँग आगामी १० महिनालाई पुग्ने नून मौज्दात छ । त्यसलाई वितरण गर्ने प्रणाली बनाएका छौँ । चिनी दुई÷तीन महिनालाई पुग्ने छ । उद्योगले भर्खरै चिनी क्रसिङ गरेका छन् । उद्योगमा स्टक पनि छ, नयाँ पनि छ । दशै तिहारसम्म पुग्ने चिनी छ । हाम्रो आफ्नो भण्डारण क्षमताका हिसाबले पेट्रोलियम पदार्थमा केही दबाब परेको छ भन्ने पनि सुनिन्छ नी ? पेट्रोलियम पदार्थ हामीसँग सात दिनलाई पुग्ने छ । पाइप लाइनमार्फत ल्याउँछौ । डिजलको अभाव हुँदैन । पेट्रोलको हकमा लकडाउन भएपछि माग पनि कमै हुन्छ । विशेष गरी, नेपाल सरकारका आवश्यक साधन, सुरक्षा निकायका सवारी मात्र चल्छन् । त्यसमा समस्या हुँदैन । ग्यासमा केही नयाँ तरिकाले अगाडि बढ्ने योजना बनाउँदैछाँै । केही गरी ग्यास आउन सकेन भने त्यसको व्यवस्थापनका लागि गृहकार्य गरिरहेका छौँ । केही गरी कोरोेना फैलिइ नै हाल्यो भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयोजन गर्ने गरी एक लाख सिलिण्डर भरेको ग्यास उपलब्ध गराउने गरी व्यवस्थापन गर्न भनेका छौँ । एक लाख भरेको र एक लाख खाली सिलिण्डर तम्तयारी हालतमा राख्न उद्योगलाई भनेका छौँ । आवश्यक परेको खण्डमा उपलब्ध गराउने गरी तयारी हालतमा राखेका छौँ । जनताको सहयोग सरकारलाई चाहिन्छ । मिडियाको सहयोग पनि चाहिन्छ । सरकारले केही गर्न सकेनभन्दा पनि यो स्थानमा छैन, त्यहाँ पुग्नु प¥यो भन्ने तरिकाले सुशुचित गराउनुपर्छ । समस्या भएको स्थानमा हाम्रो निकाय पुग्छ । हामीले भनेका छौँ, अभाव भएको स्थानका जनताले मलाई अत्यावश्यक सामान खरीद गर्न जानु प¥यो भनेर सुरक्षामा खटिएका प्रहरीलाई भनेर जान सक्नुहुन्छ । निस्कनै नसके सम्पर्क गर्नुपर्छ । लकडाउनका कारण अरुले समस्या नभोगेपनि दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका हकमा बढी समस्या परेको छ, त्यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? हो, यो विषय उठेको छ । मैले उच्चस्तरीय समितिमा समेत यो विषयलाई पटक पटक राखेको छु । काम नभईकन दैनिक ज्यालादारीले पैसा पाउँदैनन् । सरकारी, निजी क्षेत्रमा पनि दैनिक ज्यालादारीमा छन् । त्यसको व्यवस्थापन कसरी गर्ने भनेर छलफल गरिरहेका छौँ । यस्तो जटिल अवस्थालाई लिएर आपूर्ति प्रणालीलाई सहज बनाउने सन्दर्भमा प्रेसर चाहि कस्तो महसुस गरिरहनु भएको छ ? अब अहिलेसम्म खासै, प्रेसर महसुस त भएको छैन । तैपनि केही न केही जटिलता नै छ । हामीले चाहेर पनि गर्न नसकिने अवस्था छ । सुरक्षाका केही विषय छन् । हाम्रो सामान समुन्द्रमा १४ दिन क्वारेन्टाइनमा राखेको छ । भारतले पनि समुन्द्रमा नै क्वारेन्टाइनमा राखेको छ । यता आउँदा पनि समय लाग्छ । समयका कारण यहाँ के हुने हो भन्ने दबाब परेको छ । विशेष गरी, अरु विषयमा भन्दा औषधि र पेट्रोलियम पदार्थ र ग्यासमा केही दबाब छ । ग्यास माग गरेभन्दा बढी आएको छ । सामान्य अवस्थामा ग्यासको माग ३५ हजार मेट्रिक टन हो । अहिले ५० हजार मेट्रिक टन आएको छ । केही उद्योगमा पनि सञ्चिति छ । केही जनताले पनि सञ्चिति गरेका छन् । यसले त जसले सञ्चिति गरेको छ, यसले माग गर्दैन । खाद्यान्न पनि त्यस्तै हो । दोस्रो पक्ष तरकारीलगायत दैनिकी सामग्री छ । त्यो बजारमा आएन भने के गर्ने भन्ने अवस्था छ । त्यसमा समस्या छ । ग्यास आफैँमा जोखिमपूर्ण र प्रज्वलनशील पदार्थ हो, यसको अनावश्यक भण्डारण गर्दा, त्यसबाट अन्य जोखिम पनि बढ्छ, त्यसबाट जोगाउन सरकारको तर्फबाट केही सचेतनाका कार्यक्रम अगाडि बढाइएको छ ? हामीले माननीय कोमल ओलीको स्वरमा नै एउटा सचेतनामूलक सामग्री तयार पारेर प्रकाशन, प्रसारण गरिसकेका छौँ । यत्ति बेला त हामी सचेत हुनैपर्छ । पेट्रोलियम पदार्थ जस्तो प्रज्वलनशील पदार्थ बढी भण्डारण गर्ने हुँदैन । ग्यास लिकेज हुँदा आफैँमा खतरा हुन्छ । आवश्यक पर्ने जति मात्रै राखौँ । हामीले खाद्य वस्तु र औषधि उद्योग नियमित चलाउन भनेका छौँ । ग्यासको विकल्पमा विद्युतीय उपकरण प्रयोग गर्ने तथा गराउनेतर्फ सरकारको केही योजना छ ? हो, देशभित्रै प्रर्याप्त मात्रामा विद्युत् उपलब्ध छ । त्यसलाई सदुपयोग गर्नेतर्फ पनि हामीले सोचका छौँ । उच्चस्तरीय समितिमा पनि छलफल भई निर्णय भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको तयारी गरेको छ । नेपाल खाद्य व्यवस्था कम्पनीसँग पनि ६ हजार विद्युतीय चुल्हो थियो । ती चुल्होमध्ये धेरै बिक्री भएको छ । हामीले इन्डक्सनलाई पनि प्राथमिकतामा राखेका छौँ । माग आयो भने खरिद गरेर पनि जनतामा पु¥याउने योजना बनाएका छौँ । ग्यासको विकल्पमा त्यसलाई राखेका छौँ । यो योजनासँग जोडिएको छ । एक हजार इन्डक्सन चुल्हो बिक्री भएको छ । उद्योगी व्यवसायीका छाता सङ्गठनसँगको छलफल र तयारी कस्तो छ ? मन्त्रालयका तर्फबाट हामीले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घसँग नियमित छलफल गरेका छौँ । उहाँहरु पनि संकटको घडीमा सरकारलाई सहयोग गर्न तयार नै हुनुहुन्छ । हामीले सहयोग गर्नुस् भनेका छौँ । उहाँहरु सहयोगी भएर आउनु भएको छ । कानून विपरित गर्नेलाई कारवाही भएको छ । यसबीचमा झण्डै रु ६० लाख बराबरको जरिवाना पनि भएको छ । अब उपभोक्ता ऐनलाई कार्यान्वयन गरेर, वाणिज्यको महानिर्देशकलाई पाँच वर्ष कैद र रु तीन लाख जरिवाना गर्ने अधिकार पनि दिएका छौँ । सङ्कटको घडीमा मौका उठाउनेलाई सोझै कारबाही गर्छौ । अब जरिवाना मात्रै होइन, कैद नै गर्नुपर्छ भन्ने छ । ललकडाउनका आवश्यकभन्दा बढी कर्मचारी नराख्ने भने पनि हामीले वाणिज्यका अधिकांश कर्मचारी र मन्त्रालय मातहतका अन्य कर्मचारीलाई समेत एकीकृत रुपमा बजार अनुगमनमा समेत खटाएका छौँ । हामीले कर्मचारीलाई बिदा दिएका छैनौँ । समस्या देखिएको स्थानमा अनुगमन समूह गएको छ । गृहले पनि आवश्यक सहयोग गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सिआइबी० लाई पनि भनेका छौँ । ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुगमन गर्न भनेका छौँ । लकडाउनपछि सम्पूर्ण अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ । विषम परिस्थितिमा उपभोक्तामाथि ठगी गर्ने प्रवृत्ति देखिन्छ, अहिले कस्तो पाउनुभएको छ ? सुरुआतका दिनहरुमा उपभोग्य वस्तु बढी मूल्यमा बेचेको देखियो । वाणिज्य विभागका महानिर्देशकको नेतृत्वमा रहेको अनुगमन टोलीले विभिन्न क्षेत्रमा अनुगमनमा गएको थियो । म आफैँ पनि केही पसलको अनुगमनमा गएको थिएँ । अनुगमन टोलीले कारबाही गर्न शुरु गरेपछि उपभोग्य वस्तुको बढी मूल्य लिने क्रम ह्वात्तै घटेको छ । अहिले मूल्य बढेको मैले पाएको छैन । पहिलेकै मूल्यमा वस्तुहरु खरिदबिक्री भइरहेको छ । बजारमा मूल्य बढेको देखिएको छैन । एकाध वस्तुमा मूल्य बढेको छ । जस्तो चिनियाँ स्याउ, लसुनको मूल्य केही बढेको देखिएको छ । चिनियाँ नाका धैरै समयदेखि बन्द हुँदा भाउ बढेको हो । केरुङ र तातोपानी नाका तत्काल खोल्ने विषयमा द्विपक्षीय कुराकानी भइरहेको छ । आन्तरिक अवस्थामा तरकारीलगायत वस्तुको उत्पादन बढेसँगै अघिको तुलानामा केही मूल्य घटेको छ । उद्योगी व्यवसायीले मास्क, स्यानिटाइजर, जनस्वास्थ्यसँग सम्बन्धित सामग्री स्वदेशमै उत्पादन थाल्ने तयारी गरेका छन् । सरकारले त्यस्ता व्यवसायीलाई कसरी सहजीकरण गरिरहेको छ ? यसअघि मास्क, स्यानिटाइजरलगायतका सामग्री हामीले दैनिक प्रयोग गर्ने गरेका थिएनौँ । हिजोका दिनमा विशेषगरी स्वास्थ्य क्षेत्रमा मात्र त्यस्ता सामग्रीको प्रयोग हुन्थे । अहिले सबैलाई आवश्यक भयो । हिजोका दिनमा मासिक २५ हजार मास्क खपत हुन्थ्यो । अहिले एक्कासि माग बढेको छ । स्यानिटाइजर पनि नेपालमै उत्पादन हुन थालेको छ । चेम्बर अफ कमर्शले दैनिक ५० हजार मास्क उत्पादन गर्न शुरु गरेको छ । अन्य उद्योगले पनि उत्पादन थालेका छन् । अब हाम्रो आवश्यकतामा मास्कको अभाव हुँदैन । छिमेकी मुलुक भारतले कुनै प्रकारका स्वास्थ्य उपकरण निर्यात नगर्ने बताए पनि हामी कूटनीतिक माध्यमबाट नेपालका लागि खुला गर्नुपर्छ भन्ने ढङ्गले कुराकानी हुनेछ । अहिलेसम्म भारतीय पक्षबाट त्यस्ता सामग्रीमा कुनै रोकावट भएको छैन । अब नयाँ परिस्थिति आउँदा त नयाँ परिस्थितिअनुसार हामीले पनि रणनीति बदल्नुपर्छ । हामीले औषधि उद्योगीहरुलाई यतिबेला कुन औषधि चाहिन्छ त्यसको आत्मनिर्भरतातर्फ जाउँ भनेका छौँ । मेडिकल कीट, भेन्टिलेटर उत्पादनको त सम्भावना नै छैन । विदेशबाटै ल्याउनुपर्छ । चीन वा भारतसँग कुराकानी गरेर ल्याउनुपर्छ । विशेषगरी औषधिको कच्चा पदार्थ चीनबाट आउने हुँदा चिनियाँ नाका खुलाउनुपर्छ भन्नेमा हामी पुगेका हौँ । चीनले कोरोनाको सङ्क्रमणलाई शून्यमा झारेदेखि नै अत्यावश्यक वस्तुको उत्पादन बढाइरहेको अवस्था छ । त्यसकारण चीन, भारतलगायत अन्य मुलुकबाटबाट पनि औषधिलगायत अत्यावश्यक वस्तुको आयात गर्ने तयारीमा छौँ । नेपाल एयरलाइन्सको जहाज पठाएर त्यस्ता सामान ल्याउँछौँ । चीनले नेपाललाई अत्यावश्यक सामग्री उपलब्ध गराउने घोषणा गरेको सन्दर्भमा त्यस्ता सामग्री ल्याउन नेपालले के गरिरहेको छ ? चीनले औषधिलगायत अत्यावश्यक वस्तु उपलब्ध गराउने बताएका छ । त्यसका लागि पहल भइरहेको छ । सरकारले केही सामग्री किन्ने तयारी पनि गरेको छ । सरकारले कोरोना विशेष कोष समेत खडा गरेको छ । सरकारले कोषमा रकम जम्मा गरिसकेको छ । यस्तै विविभन्न व्यक्तिले पनि कोषमा रकम जम्माको घोषणा गर्नुभएको छ । विभिन्न सङ्घसंस्था तथा व्यक्तिले पनि कोषमा सहयोग दिने क्रम जारी छ । अहिलेको सङ्कट कोषबाटै पनि व्यवस्थापन गर्न सक्छौँ । अत्यावश्यक वस्तुको किन्ने प्रक्रिया पनि शुरु भइसकेको छ । चीनसँगको नाका खुलेपछि सहज होला ? त्यही भएर हामीले तातोपानी र केरुङ नाका तत्काल खोल्ने निर्णय गरेका हौं । दुई वटा नाका खुलेपछि अत्यावश्यक वस्तुको आपूर्तिमा सहज हुन्छ । केही आवश्यक वस्तु समुद्री मार्गबाट, केही स्थल मार्गबाट र केही कार्गो गरेर ल्याउँछौँ । सङ्कटका बेला उद्योगी व्यवसायीले दायित्व पूरा नगर्ने तर सरकारसँग बार्गेनिङ गर्ने चलन थियो । उद्योगी व्यवसायीको अवस्था के बुझ्नुभएको छ ? उद्योगी व्यवसायीसँगको छलफलमा मैले अहिले तपाईँहरुले माग्ने बेला होइन दिने बेला हो भनेर स्पष्टसँग भनेको छु । यतिबेला तपाईं राज्यसँग नमाग्नुस्, त्याग गर्नुहोस् भने । अहिले उहाँहरुको माग्ने कुरा छैन । कोरोनाको विरुद्ध कसरी लड्ने भन्ने मै उहाँहरु पनि हुनुहुन्छ । भोलिका दिनमा उद्योग व्यवसायीलाई के गर्न सकिन्छ भनेर कोरोनाको त्रास हटेपछि बल्ल सोच्ने अवस्था आउँछ । लकडाउनको समयमा जनताको चुल्हो बलेन भने सरकारले कसरी ‘डेलिभरी’ दिन्छ ? जसको घरमा दैनिक अत्यावश्यक वस्तुको अभाव छ, उसले नजिकको प्रहरी विटमा खबर गर्न सक्छ, अथवा सरकारले सञ्चालनमा ल्याएको टोलफ्री नम्बर ११३७ मा फोन गर्न सक्छ । हामीले ठूला सुपरमार्केटलाई पनि भनेका छौँ । त्यस्तै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनको ‘मोबाइल’ पसल सञ्चालनमा ल्याउँछौँ । माहामारी फैलिएको अवस्थामा घरघरमा खाद्यान्न पु¥याउनु राज्यको दायित्व हो । राज्यले आफ्नो क्षमतालाई पूर्ण प्रयोग गरेर जान्छ । त्यसमा विश्वस्त हुन आग्रह गर्दछु । जनतामा तपाईंको अपिल के छ ? चीनमा कोरोनाको प्रकोप आउनेबित्तिकै त्यसले नेपालमा पार्न सक्ने सम्भावित चुनौतिका बारेमा मैले छलफल गर्दै आएको छु । आपूर्तिसम्बन्धी जानकारी मिडियामार्फत जनतालाई दिइँदै आइएको छ । जनताको सहयोगबिना राज्यले केही पनि गर्न सक्दैन । यसको स्रोत, साधान, क्षमता जति छ त्यति मात्र प्रयोग गर्ने हो । अहिले कोरोनासँग लड्ने भनेको आम जनता एक ठाउँमा हुने र नेपाल सरकारले गरेका निर्णयलाई अक्षरशः पालना गर्ने हो । विशेष गरी घरभित्र बस्ने नै महत्वपूर्ण हो । यो नियमलाई सबैले पालना गर्र्दिएको अवस्थामा असहज अवस्था सहजतामा परिणत हुन्छ । आम नेपाली जनतासँग मेरो अपिल यही हो । हामी एकअर्कालाई सहयोग गरौँ, सहयोगी हातहरु अधि बढाऔँ र घरमा छैन भने जोसँग छ उसले छिमेकीलाई सहयोग गरौँ । अभावको भएको खण्डमा सरकारलाई जानकारी गराउनुहोस्, सरकार त्यहाँ आइपुग्छ । दुःख पर्दा एकअर्कालाई सहयोग गर्ने नेपालको पूरानो संस्कृतिलाई बचाऔँ । अहिले कोही पनि भोको नहोस्, जोसँग छ त्यसले बाडिचुडी खाऔँ । अन्त्यमा तपाईंले आमजनतालाई भन्नुपर्छ केही छ ? दैनिक उपभोग्यका साथै अत्यावश्यकीय वस्तुको कुनै पनि अभाव नहोस् भन्नेमा हामी लागिरहेका छौँ । छिमेकी मुलुकसँग समन्वय आपूर्तिलाई सहजीकरण गरिएको छ । भारतका तर्फबाट आयातमा कुनै समस्या छैन । अन्य मुलुकको दाँजोमा राखेर नेपालमा निर्यात प्रतिबन्ध लगाउन हुँदैन भनेर भारतसँग कूटनीतिक संवाद भइरहेको छ । चिनियाँ पक्षबाट पनि सहयोगको प्रतिबद्धता व्यक्त भएको छ । खाद्यवस्तुको अनावश्यक सञ्चिती नगरौँ । कालोबजारी हुन नदिऔँ र सबैका सहयोगी हातले सबै चुनौतीको व्यवस्थापन र सामना गर्न सक्छौँ । सरकारलाई सहयोग गरौँ । आमनेपाली जनता पक्षविपक्ष नभनी एक ठाउँमा उभिनु नै महत्पूर्ण पक्ष र कोरोनाका विरुद्ध विजय हासिल गर्ने लक्षण हो ।
कोरोना संक्रमित धनगढीका युवककाे गुनासाे: डाक्टर अहिलेसम्म नजिक आएका छैनन, टाढैबाट हेर्छन् फर्किन्छन्
काठमाडौं । कैलाली धनगढीका काेराेना संक्रमित युवाले डाक्टरले हेरचाह नगरेको गुनासाे गरेका छन् । उनले आफुलाई कोरोना देखिएपछि सेती प्रादेशिक अस्पतालका डाक्टरले स्वास्थ्य चेकजाँच तथा उपचार नगरेकाे गुनासाे गरेका हुन् । उनले डाक्टरले चेकजाँच नगरी टाढैबाट फर्किने गरेको बताएका हुन् । ‘डाक्टरहरु मसँग कूरा गर्नै मान्दैनन्,मैले मिडियामा समाचार आाएको देखेर कोरोना भएको थाहा पाएँ, डाक्टरले मलाई कोरोना लागेको सुनाएनन, उनले भने । हिजाे काेराेना परीक्षण पाेजेटिभ देखिएका ३४ वर्षीय ती युवकले आफ्नो उपचारमा सेती प्रादेशिक अस्पतालका डाक्टरहरूले लापरवाही गरेको गुनासो गरेका छन् । उनले डाक्टरहरू नजिक आउन डराएन थालेको समेत बताएका छन् । आफुले अहिलेसम्म तातो पानीसमेत नपिएकाे उनकाे गुनासाे छ । ‘कोही भेट्न नआए पनि तातो पानी बेला–बेला पाए ठिक हुन्थ्यो, मलाई सन्चो हुन्छ भन्ने पूर्ण विश्वास छ, मेरो अवस्था ठिकै छ म सबैलाई सतर्क रहन आग्रह पनि गर्न चाहन्छु, उनले भने । यस्तो छ उनको ट्राभल हिस्ट्री उनी चार वर्ष अगाडि रोजगारीको लागि दुबई गएका थिए । विश्वमा कोरोनाको संक्रमण बढेसँगै उनकाे कम्पनीपनि बन्द भयाे । कम्पनीले सबै कामदारलाई एक महिनाको बिदा दिएपछि उनले पनि स्वदेश फर्किने सोच बनाए । तर, नेपालले त्याे बेलासम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेकाे थियाे । त्यतिखेरसम्म नेपालले भारतका उडान भने राेकेकाे थिएन ।अब उनीले विराटनगरका एक जना उनका साथी र उनी भारतको राजधानी दिल्ली हुँदै धनगढी आउने योजना बनाए । सोही याेजना अनुसार ७ गते दुबैईबाट दिल्ली हुँदै नेपाल आए । उनीहरूले ६ घण्टा दिल्ली काे विमानस्थलमै बिताए । ६ घण्टापछि काठमाडौँका लागि उडे । त्यो दिन उनी काठमाडौँ मामाको घर बसे। चैत ८ गते सोझै धनगढीको टिकट पाईएन र उनी बुद्ध एयरको विमानमार्फत नेपालगञ्ज पुगे । नोपलगञ्जबाट महेन्द्रनगरको सार्वजनिक बसमा चढे र अत्तरियाबाट अर्को सार्वजनिक गाडीमा धनगढी पुगे। ८ गते पनि उनको यात्रामै बित्यो। चैत ९ र १० गते घर परिवार र छरछिमेकसंग सामान्य भेटघाट भयो। दुबैईदेखि धनगढी पुग्दा सम्म उनले सतर्कता अपनाएको थियो। मास्क र सेनेटाईजरको पनि प्रयोग गरिरहेकै थिए। चैत ११ गते स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनी सेती प्रादेशिक अस्पताल भर्ना भए । डाक्टरले आईसोलेसनमा बस्न सुझाए । आईसोलेसनमा बसेको चौथो दिन कोरोना भाईरस पोजेटिभ देखाएको सुन्दा उनी आफैँ अचम्ममा परे। उनीसँग कूराकानीमा आधारित
एनआरएन कोरियाकाे नेतृत्वमा पठाइने किट्स आइतबार आउने
काठमाडौं । कोरोना सङ्क्रमित बिरामी हो हैन पत्ता लगाउन सहयोगी हुने २ हजार किट्स नेपाललाई सहयोग गर्ने उद्देश्यले एनआरएन कोरियाको नेतृत्वमा यहाँका नेपालीबाट गरिएको सहयोग संकलन अभियानअन्तर्गत दुई दिनमै एक करोड बीस लाख रुपैयाँ संकलन भएको छ । सहयोग संकलन आज पनि चल्ने बताइएको छ । एनआरएन कोरियाका महासचिव डा विमल सुवेदीले शुक्रबारसम्म चार हजार ५ सय ६७ नेपालीबाट ११ करोड ९८ लाख ९३ हजार ४ सय २२ कोरियन वन (झण्डै रु एक करोड बीस लाख) संकलन भएको जानकारी दिए । सहयोग संकलन आज (चैत १५) गते कोरियन समयानुसार अपराह्न १ बजेसम्म व्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्नेले साँझ ५ बजेसम्म सहयोग गर्न सक्ने बताइएको छ । दुई दिनमै कोरियामा रहेका नेपालीबाट यति ठूलो सहयोग संकलन भए पनि नेपाल पठाउने भनिएको किट्स पठाउन भने असहज भएको छ । योजनानुरुप शुक्रबार नै नियमित उडानमार्फत किट्स चीनको ग्वान्जाउ पुर्याउने र शनिबार नेपाल सरकारले विमान चार्टर गरेर नेपाल पुर्याउने भनिए पनि कोरोनाको कारण कोरियाबाट चीन उड्ने विमानको नियमित उडान कटौती भएपछि पठाउन नसकिएको हो । उक्त किट्स २४ घण्टाभित्र सुरक्षित भण्डारण गर्ने पर्नेछ । अन्तिम उडान प्राप्त हुनासाथ आइतबारसम्म पहिलो चरणमा पठाउने भनिएको सम्पूर्ण किट्स पठाइने जनाइएको छ । दुई हजार किट्स खरीदपछि बाँकी हुन आउने सहयोग रकमले पनि आवश्यक स्वास्थ सामग्री नै खरीद गरेर पठाइने योजना एनआरएन कोरियाको छ । त्यसका लागि सम्बन्धित क्षेत्रका विज्ञको एक सुझाव समितिसमेत बनाइएको छ । उक्त समितिको सुझावअनुरुप अन्य स्वास्थ्य सामग्री खरीद गर्ने जनाइएको छ । रासस
५ सय २६ पर्यटकको उद्धार गरिँदै, शुक्रबार मात्र ३ सयभन्दा बढी स्वदेश फर्किए
काठमाडौं । कोभिड–१९ को सङ्क्रमण्ण फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा नेपालमा रोकिएका विदेशी नागरिकको उद्धार तथा सम्बन्धित मुलुकमा फर्काउने काम भइरहेको छ । विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लैजान शुरु गरेका हुन् । शुक्रबार कतार एयरको चार्टर्ड उडानबाट फ्रेन्ससहित युरोपका ३ सय ५ नागरिक स्वदेश फर्किएका थिए । आज पनि कतार एयरवेजको दुई उडानबाट विदेशी नागरिक स्वदेश जाँदैछन् । नेपालमा झण्डै १० हजार पर्यटकले प्रवेशाज्ञा थपेर बसेका छन् । कतिपय पर्यटक भने विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका छन् । लुक्ला, जोमसोम, पोखरालगायत गन्तव्यबाट पर्यटकलाई जहाजबाट उद्धार गरी काठमाडौँ ल्याएर सम्बन्धित मुलुकमा पठाउने काम भइरहेको छ । यसैबीच नेपालका विभिन्न स्थानमा रहेका पर्यटकको खोजी, उद्धार तथा पर्यटकको सङ्ख्या व्यवस्थापनमा नेपाल पर्यटन बोर्ड खटिएको छ । बोर्डले शुक्रबार सूचना जारी गरी कुन मुलुकका नागरिक कुन स्थानमा छन् जो कोहीले विवरण उपलब्ध गराइदिन अनुरोध गरेको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले नेपालमा रोकिएका पर्यटकको उद्धार गरी उनीहरुको मुलुक फर्काउने कार्य धमाधम भइरहेको छ । उनले नेपालका विभिन्न गन्तव्यबाट अहिले ५ सय २६ पर्यटकको उद्धार गर्ने जानकारी दिए। तीमध्ये २२६ जनाको शुक्रबार उद्धार गरिएको छ । आज माउण्टेन उडानमार्फत १ सय जनाको उद्धार गरी काठमाडौं ल्याइनेछ । यस्तै पोखरामा रोकिएका ३ सय पर्यटकलाई जहाजमार्फत काठमाडौँ ल्याइने तथा जोमसोमबाट ६० जना पर्यटकलाई काठमाडौँ ल्याइनेछ । नेपालमा कति सङ्ख्यामा पर्यटक रोकिएका छन् उनीहरुको यकिन विवरण आज साँझसम्म आउने बोर्डले जनाएको छ । रासस