विकासन्युज

प्रदेश नं. ५ काे अधिकांश स्थानीय तहमा राहत वितरण शुरु

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. ५ का स्थानीय तहले राहत कोष स्थापना गरी दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई राहत वितरण शुरु गरेका छन् । लकडाउनका कारण बेरोजगार भएका दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई कोषबाट राहत वितरण थालिएको हो । स्थानीय तहले आ–आफ्ना पालिकामा राहतकोष स्थापना गर्नाका साथै जनतालाई राहतसमेत वितरण थालेका हुन् । दाङको गढवा गाउँपालिकाले रु ५० लाखको राहतकोष स्थापना गरेको छ । कोषका लागि गाउँपालिकाले रु ५० लाख जम्मा गरेको छ । बिहीबारको बैठकले गाउँपालिकाको विभिन्न शीर्षकमा अहिलेसम्म सम्झौता नभएका कार्यक्रमको बजेटलाई रकमान्तर हुुनेगरी विपद् राहत कोष स्थापना गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । गाउँपालिकामा प्रदेश सरकारको राहत वितरण मापदण्ड बमोजिम मजदुुरी गरेर खानेहरुको तथ्याङ्क सङ्कलन गरी तीन दिनभित्र पहिलो चरणको राहत प्याकेज वितरण गर्ने निर्णयसमेत गाउँपालिकाको बैठकले गरेको छ । किसानको खेती भित्र्याउने समय भएकाले खेतबारी जोत्ने ट्र्याक्टर, दाउने थे«सर र साँझ बिहान कुटानपिसानका मिल सञ्चालन गर्न दिनेसमेत निर्णय गरेको छ । प्यूठानको ऐरावती गाउँपालिका–४ को बिहीबारको बैठकमार्फत वडाका जनप्रतिनिधिले एक महिनाको भत्ताबराबरको रकमले विपन्न परिवारलाई राहतस्वरुप सहयोग गर्ने निर्णय गरिएकोे वडाध्यक्ष शङ्करबहादुर भण्डारीले जानकारी दिए । रुकुमपूर्वको सिस्ने गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका २२२ अतिविपन्न घरपरिवारलाई राहत वितरण गर्ने भएको छ । सरकारले घोषणा गरेको लकडाउनको मारमा परेका अतिविपन्न परिवारलाई सिस्ने गाउँपालिको कार्यपालिकाको बैठकबाट राहत प्याकेजको घोषणा गरेको हो । आर्थिकरूपमा अतिविपन्न, असहाय, अपाङ्ग, गरिब तथा दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिने गाउँपालिका अध्यक्षकुमारी बरालले बताउनुभयो । राहत वितरणका लागि गाउँपालिकाभित्रका अतिविपन्न परिवारको पहिचान कार्य सकिएकाले २÷३ दिनभित्रै खाद्यान्न वितरणको कार्य पनि शुरु गरिने उनले बताएका छन् । रुकुमपूर्वकै भूमे गाउँपालिकाले पनि मापदण्ड बनाई विपन्न परिवारको विवरण सङ्कलन गरेर राहत प्याकेजको घोषणा गर्ने बताएको छ । पुथाउत्तरगङ्गा गाउँपालिकाले पनि अहिले राहत वितरणको लागि अतिविपन्न परिवारको विवरण सङ्कनल गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र क्षेत्रीले बताए । रासस

लकडाउन प्रभाव: दैनिक १७.५ प्रतिशत दूध कम खपत

काठमाडौं । कोभिड–१९ को प्रभाव दूध तथा दुग्धजन्य पदार्थका क्षेत्रमा परेको छ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको दुई साता लामो लकडाउनका कारण होटल एवं रेष्टुरेन्ट पूर्ण रुपमा बन्द भएपछि काठमाडौंँ उपत्यकासहित देशैभरि दूध खपत घटेको हो । दूधको माग घटेपछि सबैभन्दा बढी मर्कामा किसान परेका छन् । निजी क्षेत्रअन्तर्गत सञ्चालित नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालका अनुसार काठमाडौँ उपत्यकामा साबिकको तुलनामा अहिले दूध तथा दुग्धजन्य पदार्थको खपत २० प्रतिशतभन्दा कम भएको छ । उनका अनुसार कोरोनाको प्रभावभन्दा अघि देशभर दैनिक ६२ लाख ५० हजार लिटर दूध किसानले उत्पादन गर्दै आएका थिए । किसानले उत्पादन गरेको दूधमध्येमा आधा आफैँले प्रयोग गरेर ३१ लाख ५० हजार लिटर बिक्री हँुदै आएको थियो । “बिक्री भएको दूधमध्ये काठमाडौँमा दैनिक रुपमा करीब चार लाख लिटर दूध खपत हँुदै आएको थियो तर कोरोना भाइरसको प्रभावपछि एक लाख ५० हजार लिटर मात्र खपत भएको छ”, उनले भने, “सरकारले अति आवश्यक वस्तुमा छुट दिने घोषणा गरे पनि हामीलाई प्रशासनले बेवास्ता ग¥यो ।” संस्थाले संकलन गरेका दूध बजारमा पु¥याउन सहज वातावरण नभएको र खोलिएका पसल सबै बन्द भएपछि कसरी दूध पु¥याउने भनी उनले दुखेसो गरे । काठमाडौँ उपत्यकामा खपत हुने दूधमध्ये निजी क्षेत्रको ६० र सरकारी स्वामित्वमा रहेको नेपाल दुग्ध संस्थान (डिडिसी) को ४० प्रतिशत दूध उपत्यकामा मात्रै खपत हुने गरेको थियो । डिडिसीका महानिर्देशक रुद्रप्रसाद पौडेल किसान संघसंस्थाबाट नियमित रुपमा दूध संकलन भइरहेको बताउँछन् । उनका अनुसार लकडाउनअघि काठमाडौँ उपत्यकामा दैनिक ८८ हजार लिटर दूध खपत हुँदै आएको थियो, लकडाउनको अवधिमा ७२ हजार लिटर दूध खपत भएको छ । काठमाडौँ बाहिर भने करीब १५ प्रतिशत खपत घटेको बताइएको छ । “दैनिक १० देखि १२ हजार लिटर दूध कम खपत भएको हो, खपत नभएका दूधलाई हामीले पाउडर बनाएका छौँ”, उनले भने, “हामीले उत्पादन गरेका दूध नियमित रुपमा घरमा प्रयोग गर्ने ग्राहकहरुले लिइरहनुभएको छ, लकडाउन भए पनि खासै प्रभव परेको छैन ।” उनका अनुसार बिक्री नभएको दूध प्रयोग गरी संस्थानले विराटनगर र पोखराबाट दैनिक पाउडर दूध बनाइरहेको छ । पोखरामा निजी डेरीसँग मिलेर दैनिक २५ हजार लिटर पाउडर दूध र विराटनगरमा आफ्नै डेरीबाट ५० देखि ६० हजार लिटर पाउडर बनाइएको छ । पछिल्लो ६ महिनासम्मका लागि पुग्ने पाउडर तयारी अवस्थामा छ । कृृषि विकास मन्त्रालयको तथ्यांकानुसार हाल नेपालमा दर्ता भएर सञ्चालनमा आएका दुग्ध उद्योग करीब ८० छन् । दर्ता भएका दुग्ध उद्योगमध्ये प्रशोधनसहित सुविधा भएको दश लाख लिटर क्षमताका चालीस, १० हजारदेखि ५० हजार लिटर क्षमताका ३५/४० र १० हजार लिटरसम्म क्षमता भएका ४० जति रहेको उल्लेख छ । त्यस्तै डिडिसीका ८/१० डेरी सञ्चालनमा छन् । रासस

इसेवा भन्छः काठमाडौं प्रेससँग हाम्रो कुनै सम्बन्ध छैन (विज्ञप्तिसहित)

काठमाडाैं । इसेवाले समाचार हटाइएको भनिएको अनलाइन पोर्टल काठमाण्डुप्रेसडटकमसँग कुनै सम्बन्ध नरहेकाे जनाएकाे छ । विगत केही दिनदेखि उक्त समाचार पोर्टलको न्यूज हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य विरुद्ध खेद प्रकट गर्दै कम्पनीले शुक्रबार प्रेस विज्ञप्तिमार्फत साे कुरा बताएकाे हाे । यस अवस्थामा नियोजित रुपमा इसेवा माथि निरन्तर प्रहार गरिएकाे कार्य कुनै किसिमले पनि न्यायोचित नभएकाे कम्पनीले जनाएकाे छ । ‘लकडाउनको यस विषम परिस्थितीमा पनि ग्राहकहरुलाई अनवरत सेवा दिनका लागि हाम्रा कर्मचारीहरु ‘वर्क फर्म होम’ अन्तरगत २४ सै घण्टा तपाईको सेवामा कटिबद्ध छन् । मुलुकको यस विषम परिस्थितीमा नगदरहित भुक्तानी लगायतका सेवाहरु अझ प्रभावकारी र अपरिहार्य भएको र यसको हामी भरपर्दो सारथी भएको महशुस गरेका छौँ । ‘- विज्ञप्तिमा उल्लेख छ । विभिन्न सञ्चारमाध्यममा आएका समाचार, सामाजिक सञ्जालमा नियोजित रुपमा फैलाइएका अफवाह तथा दुश्प्रचारका पछि नलाग्न ग्राहक, एजेन्ट, सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरेका छ । साथै, नगदरहित नेपाल बनाउने अभियानमा कहिल्यै पनि बिचलित नहुने इसेवाले जनाएको छ । [pdf id=205404]

पिट्सबर्ग विश्वविद्यालयलको दाबि : सफल परिक्षण भयो कोराना विरुदको खोप

काठमाडौं । अमेरिकाको पेनसेलभेनिया राज्यको पिट्सबर्ग विश्वविद्यालयले कोरोना भाइरस विरुदको खोप परीक्षणमा सफल भएको जनाएको छ । यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले खोप सफल परिक्षण भएको बताएका हुन । पशुमा गरिएको परीक्षणबाट उक्त खोपले कोरोना भाइरसलाई निष्प्रभावित पार्ने रिपोर्टमा प्रस्तुत गरेका छ । पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरहरुमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको जनाएका हुन ।  विश्वविद्यालयले आफ्नो शोधपत्रमा खोपको सफल परिक्षण भएको सार्वजनिक गरेका छन् । मिडभिल ट्रीबुन डटकमको सहयोगमा

नेपाल इन्भेष्टमेन्टमेन्ट बैंकले सरकारी कोषमा दियो एक करोड रुपैयाँ

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले कोरोना नियन्त्रण कोषमा १ करोड रुपैयाँ दिएको छ । बैंकले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । बैंकले यस्तो परिस्थितिमा सरकारलाई राहत होस् भन्ने हेतुले सहयोग स्वरुप कोषमा उक्त योगदान गरेको हो । साथै, देश तथा नेपाली जनता सबैलाई कुनै पनि कठिन समयमा मद्दत गर्न प्रतिवद्ध रहेको बैंकले जनाएको छ ।

भारतमा एक नेपाली दम्पतीमा देखियो कोरोना

काठमाडौं । भारतमा कामको लागि बस्दै आएको सुदूरपश्चिमका एक दम्पतीमा कोरोना संक्रमण देखिएकाे छ । भारतको बेंग्लोरमा बस्दै आएका बझाङका ४५ वर्षीय पुरुष र उनकी ३५ वर्षीया श्रीमतीमा कोरोना भाइरस अर्थात कोभिड–१९ पोजेटिभ पुष्टि भएको बताईएको छ । श्रीमतीमा दुई साताअघि कोरोना संक्रमण देखिएको थियो। उनी घरेलु कामदारका रुपमा एक भारतीय परिवारकोमा काम गर्दै आएका थिईन । उक्त परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बेंग्लोर आएकी स्रोतले जनाएको छ । स्रोतका अनुसार पछि स्वास्थ्य परीक्षणमा ति महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उक्त भारतीय परिवारको घरमा काम गर्नेहरु सबैलाई बेंग्लोर स्थीत भिक्टोरिया अस्पतालको आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गरिएकोमा दुई दिनपछि अएको स्वास्थ्य परीक्षण रिपोर्टमा बझाङकी ति महिलामा पनि कोरोना संक्रमण रिपोर्ट आएको थियो । स्थानीय प्रशासनल ती नेपाली महिला लाई कोरोना पुष्टि भएपछिे उनका चारजना छोराछोरीलाई पनि तत्कालै आइसोलेसनमा राखेको थियो । स्वास्थ्य परीक्षणमा महिलाका श्रीमानलाई पनि कोरोना भाईरस देखिएको थियो । छोराछोरीको रिपोर्ट भने नेगेटिभ आएको छ । हाल उनी र चारै जना छोराछोरीलाई बैंग्लोरकै केसी जनरल अस्पतालमा राखिएको समाचार स्रोतले जनाएको छ ।

बैंंकर गौतमको लकडाउन दिनचर्याः अफिसको धेरै काम घरबाटै, फुर्सदमा उपन्यास पढ्ने

काठमाडौं । सामान्य अवस्थामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको दिनचर्या तनाव र व्यस्ततामै बित्छ । विहान ९ बजेसम्ममा बैंकमा पुगिसकेका सीईओहरु बेलुका छिटोमा पनि ८ बजेपछि मात्रै बैंकबाट बाहिरिन्छन् । यो बीचमा भेटघाट, छलफल र बैंकिङ व्यवसायकै बारेमा उनीहरुको ध्यान केन्द्रीत भएको हुन्छ । कुन ऋण उठेन, कुन फाइल तत्काल अघि बढाएर कर्जा प्रवाह गरिहाल्ने, कुन क्षेत्रमा लगानी बढाउने, कुन क्षेत्र अब बुम हुन सक्छ, सरकार र नेपाल राष्ट्र बैंकले ल्याएको कुन नीति नियमले के कस्तो असर पर्छ भन्ने जस्ता विषय नै बैंकरको अगाडि धेरै आइरहेका हुन्छन् । तर, कोरोना भाइरस (कोभिड १९) को विश्वभर संक्रमण विस्तार भएपछि अधिकांश देशले लकडाउन गरेर सर्वसाधारणलाई घर बाहिर निस्कन प्रतिबन्द लगाइरहेका छन् । नेपाल सरकारले पनि देशभर लकडाउन गरेर सर्वसाधारणलाई आआफ्नै वासस्थानमा रहन भनेको छ । यसरी लकडाउन घोषणा गरिएपनि अत्यावश्यक सेवा भने रोकिएको छैन । अत्यावश्यक सेवा प्रवाह गर्ने संस्था र निकाय संचालनमै छन् । तर यस्तो सेवा प्रदान गर्नेहरु पनि सिमित कर्मचारीको भरमा अत्यावश्यक कामको लागि मात्रै कार्यालय संचालन गरिरहेका छन् । बैंकिङ सेवा अत्यावश्यकभित्र परेपनि सेवा प्रवाह सहज छैन । सरकारले घोषणा गरेको लकडाउन र महामारी संक्रमणको सन्त्रासका कारण बैंकका कर्मचारी कार्यालयमा आउन जान अप्ठेरो छ । यस्तै, बैंकका शाखा खुलेपनि सेवाग्राही सेवा लिन जान पाएका छैनन् । त्यसैले बैंकिङ क्षेत्रमा पनि लकडाउनको प्रत्यक्ष असर परेको छ । बैंकका सीईओहरु पनि यो बेला कार्यालय कम गइरहेका छन् । अतिआवश्यक काम पर्यो भने मात्रै कार्यालय जाने गरेको सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुल्सीराम गौतम बताउँछन् । ‘अतिआश्यक काम पर्यो भने मात्रै कार्यालय जाने गरेको छु, नत्र घरबाटै अनलाइन माध्यमबाट समन्वय गरी सेवा प्रवाहमा ध्यान दिइरहेको छु, समय तोकेर शाखाहरु खुलेका छन्, कतै केही समस्या भयो वा समन्वय गर्नुपर्ने अवस्था आएमा सहजीकरण गर्ने काम भइरहेको छ,’ सीईओ गौतमले विकासन्युजसँग भने । त्यसो भए घरमा उनी कसरी समय विताइरहेका छन् त ? हामीले सीईओ गौतमसँग यसबारेमा जान्ने प्रयास गरेका थियौं । उनले घर बसेका बेलामा अन्य समय हेर्न नभ्याइने प्रकृतिको बैंकको काम गर्ने गरेको बताए । यस्तो काम भनेको खासगरी बैंकको नीतिनिर्माण तहको काम हो । लकडाउनको समयमा घरमा बस्दा केही फुर्सद भने उनले बताए । काम नपरेको बेलामा घरको काम गर्ने र गर्न नभ्याइएका व्यक्तिगत कामहरु पनि गर्ने गरेकोको उनले बताए । मदनमणि माट्सापको उपन्यास, ब्रम्हाण्ड सम्बन्धी अध्ययनमा रुची उनले फुर्सदको समयमा अध्ययन गर्नको लागि लकडाउन हुने अनुमानका आधारमा केही पुस्तक किनेर ल्याएका थिए । अहिले ती पुस्तकको अध्ययनमा पनि उनको समय वित्ने गरेको छ । ‘लकडाउन हुन्छ कि लागेको थियो, त्यसैले केही साताअघि आफ्नो रुचीअनुसारका केही पुस्तक किनेको थिएँ, अहिले ती पुस्तकको अध्ययन पनि गर्दैछु,’ उनले भने । उनले निकै पहिला मदनमणि माट्साप (मदनमणि दिक्षित) को उपन्यास माधवी पढेका थिए । गौतमलाई मदनमणि माट्सापको अर्काे उपन्यास पढ्ने रहर लागेको भएपनि समयका कारण भ्याइरहेका थिएनन् । अहिले मौका जुरेको छ । ‘मदमणि माट्सापको भूमिशुक्त उपन्यास पढ्दैछु, पहिलादेखि नै यो उपन्यास पढ्ने रहर भएपनि अहिले मौका मिलेको छ,’ उनले भने । यस्तै, उनी अहिले डटी सेक्रेट अफ रिभर्स, फाइभ बिलियन इयर्स अफ सोलिचुट्स जस्ता पुस्तक पनि पढिरहेका छन् । पुस्तक अध्ययन बाहेक उनी अहिले कसमस पोसिबल वल्र्डस डकुमेन्ट्री पनि हेर्ने गर्छन् ।

कोरोना नियन्त्रण कोषमा कर्मचारी सञ्चय कोषको ५ करोड सहयोग

काठमाडौं । कर्मचारी सञ्चय कोषले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रूपमा महामारी फैलाएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा स्थापना गरिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ करोड रूपैयाँ आर्थिक सहयोग गरेको हो । कर्मचारी सञ्यच कोषको संचालक समितिको अध्यक्षमा (अर्थसचिव राजस्व ) का रामशरण पुडासैनीलाई नेपाल सरकाले नियुक्त गरको छ । पुडासैनी कोषको अध्यक्ष नियुक्ति भएसँगै बुधबार (चैत १९ गते) बेलुका बसेको पहिलो बैठकले कोरोना नियन्त्रणको लागि ५ करोड रुपैयाँ सहयोग गरेको हो ।