हतारिए अर्थमन्त्री, भनेः अब पर्यटक ल्याउने तयारी गर्दा हुन्छ
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब पर्यटक ल्याउन तयारी गरे पनि हुने बताएका छन् । उनले व्यवसायीहरुसँग पर्यटक ल्याउने तयारी गर्दा हुने बताएका हुन् । उनले नेपाल चेम्बर अफ कमर्सको टोलीसँग भेटवार्ता गर्दै पर्यटन ल्याउने तयारी गर्दा पनि हुने बताएका हुन् । ‘अक्टोबर पनि पर्यटकका लागि राम्रो सिजन हो, कोरोना संक्रमणको जोखिम कम हुने बित्तिकै हामी पर्यटनमा जोड दिन्छौं, तपाईहरु अहिल्यैदेखि तयारी गर्नुस्,’ उनले भने । उनले कोरोना संक्रमणको जोखिम सकिने बित्तिकै चीनियाँ लगायत देशका पर्यटकलाई ल्याउन सकिने उनले बताए । लकडाउनमा बसेकाहरु अब तुरुन्तै घुम्न मन पराउने भएकाले तयसलाई केन्द्रित हुन उनले व्यवसायीलाई आग्रह गरेका छन् । उनले व्यवसायीहरुले लकडाउनमा राम्रो भूमिका खेलेकोमा उनले प्रशंसा गर्दै कसैले खान पाउँदैन भन्ने थियो, कालोबजारी हन्छ भन्ने थियो तर त्यसलाई व्यवसायीहरुले राम्रो भूमिका निर्वाह गरेको उनको भनाइ छ । अहिले व्यवसायीहरुलाई असर गरेको र त्यसको लागि सरकारले केही राहत कार्यक्रम ल्याएको तथा बाँकी सरकारको नीति तथा कार्यक्रममार्फत ल्याउने जानकारी दिए।
काठमाडौं बाहिर पनि कोरोनाको सफल उपचार
काठमाडौं काठमाडौं बाहिर पनि कोरोनाको सफल उपचार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौं बाहिर पनि कोरोनाको सफल उपचार भएको बताएका हुन् । काेरेाना अपडेटका लागि दैनिक गरिने पत्रकार सम्मेलनमा उनले काठमाडौं बाहिर पनि सफल उपचार भइ पुष्टि गभएकाे बताएका हुन् । विभिन्न स्थानीय तहले पनि कोरोना भाइरसको जोखिम न्युनिकरण तथा नियन्त्रणका लागि राम्रो काम गरेका उनको भनाइ छ । ‘सेती प्रादेशिक अस्पताल र धौलागाीरी अस्पतालमा कोरोनाका बिरामीको सफल उपचार भएको छ, यसले पनि काठमाडौं बाहिरका अस्पतालमा सफल उपचार भएको बुझन सकिन्छ,’ उनले भने । आज मात्रै कैलालीको सेती प्रादेशीक अस्पतालबाट एक जना कोरोनाका बिरामी डिस्चार्ज हुँदैछन् भने हिजो मात्रै धाैलागिरी अस्पतालबाट ६५ वर्षीय वृद्धा कोरोनाको सफल उपचारपछि घर फर्किएकी थिइन् । हालसम्म नेपालमा कोरोनाका बिरामी ३१ जना रहेका छन् । जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।
होसियार ! रोगभन्दा भोकले झन् संकट ल्याउन सक्छ
विश्वमा अहिलेसम्म कोरोना भाईरसको कारणले यो आलेख तयार पार्दासम्म करिब १ लाख ६१ हजार मानिसले मृत्यु वरण गरिसकेका छन् विश्वका ठूला ठूला रिसर्च सेन्टरहरुमा ठूला ठूला वैज्ञानिकहरु यसको रिसर्चमा जुटेका छन् उनीहरु भ्याक्सिन कसले पहिला पत्ता लगाउने भन्ने बारेमा तल्लीन छन् । विश्वका कैयौ शहरहरु लकडाउनको अवस्थामा छ । कैयौं मजदुरहरु कामबाट वा रोजगारीबाट पलाएन भएका छन् । एकातिर खेत बारीमा भएको अन्न बाली भित्र्याउन नपाई खेतबारी मा नै कुहिने अवस्था छ भने अर्कोतिर भविष्यको लागि रोप्न पाएका छैनन् । हाम्रो मित्र राष्ट भारत कै कुरा गर्ने हो भने किसानले लगाएको अन्न बाली स्वयं सरकारले खरिद गरेर सरकारी मान्छे नै किसानको खेतमा गएर भित्र्याई रहेका छन् ता की भोलि खाद्य संकट आईलागेमा जनतालाई वितरण गर्न सकियोस् । हाम्रो देशको कुरा गर्ने हो भने किसानले लगाएको गँहु लगाएत अन्नबालीहरु असिना पानीले सखाप पारी सकेको छ के सरकारले यस बारेमा सोच्न ढिलाई भएको होईन ? मकै रोप्ने बेला भयो के रोप्न पर्दैन ? छिमेकीले त भोलि जतिसुकै पैसा तिर्छु भने पनि दिन्छ जस्तो लाग्दैन ? त्यस्तै अन्य खाद्यान्न बाली पनि त रोप्नु पर्ला यसमा ध्यान दिनु पर्दैन र ? नत्रभने भोलिका दिनमा विश्वमा खाद्यान्नको संकट त आउछ आउछ यसको बारेमा अजै सोच्नु पर्ने हो की ? रोग भन्दा भोक निकै शक्तिशाली हुन्छ । भोकाएको मानिस कहिल्य पनि रोगसंग डराउँदैन यसैले हामीले आजैका दिनदेखि यसबाट आफ्ना नागरिकहरुलाई बचाउन के कस्तो कदम चाल्नु पर्ने हो सम्बन्धित निकायको ध्यान जाओस् । के हाम्रो देशमा भएको कृषि मन्त्रालय र खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागहरुले यस बारेमा आफ्नो देशमा भएको कृषि विशेषज्ञहरु खाद्य वैज्ञानीकहरुसंग आजैदेखि छलफल गर्नुपर्ने होईन र ? सम्भवत ति निकायहरुसंग आफ्नो देशमा कति जना कृषि विशेषज्ञ छन् कति जना खाद्य वैज्ञानिकहरु छन् र ती कसरी परिचालन भैरहेका छन् भन्ने बारेको रेकर्ड नै नहुन सक्छ । आज जसरी स्वास्थ्यकर्मीहरु साच्चिकै परिक्षाको घडी छन् त्यसैगरी भोलिका दिनमा कृषि विशेषज्ञहरु तथा खाद्य वैज्ञानिकहरुका लागि यो भन्दा ठूलो चूनौतिको सामना गर्नुपर्ने निश्चित छ यसमा सम्बन्धित निकायले बेलैमा ध्यान दिओस् । सरकारले त यसका लागि पहल गर्नुपथ्यो गरेन के स्वयं कृषि विशेषज्ञ तथा खाद्य वैज्ञानिकहरुले भोलि यो अवस्था आयो भने हाम्रा लागि ठूलै चूनौति हुन सक्नेछ भनेर सोच्ने बेला आएनर? त्यसैले यि सबै निकायहरुले आजैका दिनदेखि भिडियो कन्फ्रेन्स् गरेर भए पनि छलफल चलाउनु पर्ने देखिन्छ नत्र भोलि रोगले हैन भोकले धरै खराब अवस्था आउन सक्छ । कोभिड त एक भाईरस हो जसले यस्तो यस्तो लक्षणहरु देखिउछ भनेर स्वास्थ्य कर्मीहरुले भनि सकेका छन् तापनि मानिस मरिनै रहेका छन् । आजै नसोचे भोलि भोकले त कोभिड मात्र हैन धेरै नै रोगको र सामना गर्नुपर्ने हुन्छ होसियार कृषि कर्म गर्न दिऔ लकडाउनको नाममा कृषि कार्य गर्नबाट बञ्चित नगराऔं । हाम्रो देश खाद्यान्नमा पनि परनिर्भर हुनु परेको छ अहिले पनि एदाकदा आयातित खाद्यान्न गुणस्तर हिन आयात भैरहेको छ । यो समस्याले त विदेशबाट खाद्यान्न आयात मै रोक लाग्न सक्छ रोक नलागे पनि गुणस्तर हिन खाद्यान्न मात्र आयात हुन सक्छ जसले हामी कुपोषणको शिकार हुन पनि सक्छौ यस तर्फ पनि सम्बन्धित विशेषज्ञ तथा सरोकारवाला निकायले बेलैमा ध्यान दिओस्।
लकडाउनमा डिजिटल बैंकिङः कारोबार गर्ने ४० प्रतिशत घटे, रकम भने ह्वात्तै बढ्यो
काठमाडौं । कोरोना संक्रमण फैलनबाट रोक्न सरकारले देशभर लकडाउन घोषणा गरेपछि डिजिटल बैंकिङमा उल्लेख्य सुधार हुने धेरैको अनुमान थियो । लकडाउनमा सर्वसाधारणलाई घर बाहिर जान अप्ठेरो हुने तथा नोटबाट पनि कोरोना भाइरस सर्न सक्छ भन्ने सन्देश प्रवाह भएकोले डिजिटल बैंकिङले फड्को मार्ने नीति निर्माता र बैंकरसम्मले गरेका थिए । तर, नेपाल राष्ट्र बैंकको तथ्यांकले भने लकडाउनपछि डिजिटल बैंकिङ गर्नेको संख्या घटेको देखाएको छ । पहिला विजुलीको विल, मोबाइल, टेलिफोनको विल तिर्न तथा प्लेनको टिकट काट्न बढी मात्रामा प्रयोग भएको डिजिटल बैंकिङ पछिल्लो समय दैनिक उपभोग्य बस्तु खरिदमा पनि प्रयोग हुन थालेको नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । दैनिक उपभोग्य बस्तुको खरिदमा पनि डिजिटल बैंकिङ कारोबार हुन थालेकोले कारोबार रकम भने धेरै बढेको उनको भनाइ छ । ‘सामान्य अवस्थाको तुलनामा लकडाउनको समयमा डिजिटल बैंकिङ गर्नेको संख्या ६० प्रतिशत मात्रै छ, तर कारोबार रकम भने घटेको छैन, यसको अर्थ कारोबार गर्नेहरुको संख्या घटेपनि कारोबार रकम भने बढेको हो,’ कार्यकारी निर्देशक नेपालले भने । लकडाउनको समयमा डिजिटल बैंकिङ बढ्ने भन्दै बैंकहरु विभिन्न कार्यक्रम र योजना ल्याएका छन् । डिजिटल कारोबार बढाउनकै लागि नेपाल राष्ट्र बैंकले पनि यस्तो सेवा निःशुल्क दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिइसकेको छ । लकडाउनको समयमा ग्राहकले बैंकसँग आएर कारोबार गर्न अप्ठेरो हुने भन्दै बैंकहरुले ग्राहकको मोबाइल वा टेलिफोन नम्बरमा फोनै गरेर डिजिटल बैंकिङ सिकाइरहेका छन् । अहिले संचालनमा रहेका सबै बैंकले आफ्नै मोबाइल एप मार्फत पनि बैंकिङ कारोबार गर्न प्रोत्साहन गरिरहेका छन् भने इसेवा, प्रभु पे, आइएमइ पे, सेल पे जस्ता भुक्तानी सेवा प्रदायकले पनि लकडाउनमा डिजिटल कारोबारमा सर्वसाधारणलाई आकर्षित गर्न प्रयास गरिरहेका छन् । सरकारले लागू गरेको लकडाउनका कारण उपभोग्य बस्तु विक्री गर्ने पसल बन्द भएका, कोरोना संक्रमण सन्त्रासको कारण सर्वसाधारणले बाहिर सामान किन्न कम गरेको, होटल, रेष्टुरेन्ट, सिनेमा घर, हवाइ सेवा जस्ता क्षेत्र बन्द भएका कारण पनि उपभोगमै कमी आएर कारोबार गर्नेहरुको संख्या घटेको हुन सक्ने अनुमान राष्ट्र बैंकको छ । सम्बन्धित सामग्री डिजिटल बैंकिङः लकडाउनले ग्राहकलाई साक्षर बनायो २०७७ सालः डिजिटल बैंकिङ अबको आधार ४ महिनामा बैंकहरुको करिब ५ अर्ब आम्दानी गुम्दैछ लकडाउनलाई अवसरमा परिणत गर्दै माछापुच्छ्रे बैंक, मोबाइल बैंकिङका ग्राहक १०० प्रतिशत सक्रिय
अत्यावश्यक सामग्री बिक्री गर्ने व्यवसायीलाई क्यूआर कोड दिँदै एनआईसी एशिया बैंक
काठमाडौं । एनआईसी एशिया बैंकले आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकहरूको घरमै पुर्याएर बिक्री गरिरहेका व्यवसायीहरूलाई क्यूआर कोड प्रदान गर्ने भएको छ । धेरै समयको लकडाउनको कारण बैंकका ग्राहकहरूसँग नगद अभाव हुन सक्ने तथा एटिएमसम्म पुग्न समेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको छ । ग्राहकहरूले मोबाइल बैंकिङ्गको प्रयोग गरी क्यूआर कोडबाट सामग्रीहरूको रकम भुक्तानी गरेपछि सिधै सम्बन्धित व्यवसायीको बैंक खातामा जम्मा हुन्छ । यस्तो अवस्थामा कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन एनआईसी एशिया बैंकले सरकारबाट अनुमति प्राप्त अति आवश्यक खाद्यान्न तथा सेवा प्रदान गर्ने व्यवसायीहरूलाई बैंकमा उपस्थित नभई ईमेल मार्फत निम्न प्रकृया अपनाई सहज रुपमा क्यूआर कोड प्रदान गर्ने भएको छः – सर्वप्रथम व्यवसायीहरूले बैंकको इमेल ठेगाना [email protected] मा आफुले गर्ने व्यवसायको प्रकृति खुलाई क्यिूआर सेवा लिन इच्छुक रहेको व्यहोरा सहितको ईमेल गर्नुपर्नेछ । उक्त ईमेलमा सम्बन्धित व्यवसायीको एनआईसी एशिया बैंकमा खोलिएको कम्पनीको खाताको नाम, खाता नम्बर, ईमेल ठेगाना र सम्पर्क नम्बर समेत उल्लेख भएको हुनुपर्नेछ । – बैंकले उक्त इमेल पाइसकेपछि सम्पर्क नम्बरमा बैंकको सम्बन्धित विभागबाट व्यवसायीलाई सम्पर्क गर्ने छ । – बैंकले व्यवसायीलाई सम्पर्क गरे पश्चात उक्त क्यूआर प्रदान गर्न भर्नु पर्ने आवश्यक फारम व्यवसायीलाई इमेल मार्फत प्रदान गर्नेछ । – व्यवसायीले त्यस पश्चात बैंकबाट प्राप्त फारम भरि सम्बन्धित व्यक्तिको हस्ताक्षर गराई कम्पनीको छाप समेत लगाएर बैंकलाई इमेलमार्फत जानकारी गर्नुपर्नेछ । – त्यसपछि बैंकले आवश्यक प्रकृया पुरा गरी व्यवसायीलाई सुरक्षित उपाय अपनाई इमेल मार्फत क्यिूआर कोड प्रदान गर्नेछ । साथै सम्बन्धित व्यवसायीले बैंकबाट प्राप्त क्यिूआर कोड स्वयम् प्रिन्ट गरी ग्राहकहरूसँग मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी लिन सक्नेछन् । – कोरोनाको महामारी समाप्त भई आवतजावत सामान्य भइसकेपछि बैंकले नियमित रुपमा प्रदान गर्ने क्यिूआर स्ट्याण्डी व्यवसायीलाई प्रदान गर्नेछ र जुन व्यवसायीले आफुले व्यवसाय गर्ने स्थानमा राख्न सक्नेछन् । व्यवसायीहरूको आवश्यकता अनुसार बैंकले एक भन्दा बढि पनि क्यिूआर स्ट्याण्डी प्रदान गर्नेछ । नेपाल राष्ट्र बैंकले गत २०७६ चैत ९ गतेबाट मोबाइल बैंकिङ्गबाट गर्न सकिने भुक्तानी कारोबारको अधिकतम सीमा बढाएसँगै ग्राहकहरूले मोबाइल बैंकिङ्ग (क्यिूआर कोड समेत) बाट प्रतिदिन १ लाख रुपैयाँ तथा प्रतिमहिना १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्नेछन् । यस विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न सकिने छ ।
सुलभ अग्रवाल फेरि १० दिन थुनामै रहने
काठमाडौं । जगदम्बा स्टिल (शंकर ग्रुप ) का सञ्चालक सुलभ अग्रवाललाई अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले तेस्रोपटक १० दिनको म्याद थप गरेको छ । थर्मल गनमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाललाई फेरी १० दिनको म्याद थप गरेको हाे । उनी गत चैत २५ गते पक्राउ परेका थिए । अग्रवाललाई यसअघि पहिलोपटक ७ र दोस्रोपटक ५ दिन थुनामै राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको थियो । अग्रवाललाई महानगरीय अपराध महाशाखाको टोलीले नक्सालबाट पक्राउ गरेको थियो । ५ हजार पर्ने गनलाई १५ हजारमा बिक्री गरेको आरोप अग्रवालमाथि छ ।
दक्षिण कोरिया कोरोना सँगको लडाइँ जित्दै, २४ घण्टामा ८ जनामा मात्र देखियो
काठमाडौं ।दक्षिण कोरियामा विगत २४ घण्टामा केवल आठ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएको विवरण प्राप्त भएको छ। दुई महिनायता सङ्क्रमितको सङ्ख्या एकोहोरो अङ्कमा मात्रै थपिएको यो पहिलो पटक हो। सङ्क्रमणको दर उल्लेख्य रूपमा घटेपछि सरकारले भेला र जमघटमा लगाइएका प्रतिबन्धहरू फुक्का गर्ने घोषणा गरेको छ। आठ सङ्क्रमितमध्ये पाँच जना विदेशबाट फर्किएका व्यक्ति भएको बताइएको छ। कुनै बेला चीनपछि एशियामा सर्वाधिक सङ्क्रमण फैलिएको दक्षिण कोरियाले लकडाउन नलगाईकनै कोभिड-१९ महामारी उल्लेखनीय रूपमा नियन्त्रणमा लियो। त्यहाँ सङ्क्रमितको सङ्ख्या १० हजार ७ सय पुगेको छ भने २ सय ३४ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन्। आक्रामक कदम फेब्रुअरी महिनामा एशियामा चीनपछि धेरै सङ्क्रमित हुनेको सङ्ख्या दक्षिण कोरियामा थियो। कोरोनाभाइरस प्रकोप नियन्त्रणमा ल्याउन दक्षिण कोरियाले सम्भावित सङ्क्रमित व्यक्तिको परीक्षण र पहिचान गर्न उपायहरू व्यापक रूपमा अवलम्बन गरेको थियो। राष्ट्रपति मुन जे-इनले आफ्नो देशले कोरोनाभाइरस नियन्त्रणका लागि गरेको प्रगतिले कोभिड-१९ लाई परास्त गर्न सकिने आशा विश्वका अन्य भागमा पनि दिने बताए। अब गिर्जाघर, मदिरालय र व्यायामशालाहरू खुल्नेछन्। तर तिनले आगामी महिनाको आरम्भसम्म व्यक्तिगत दूरीसम्बन्धी नियम पालना गर्नुपर्नेछ । यसअघि कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि उदाहरणीय काम गरेको भन्दै प्रशंसा पाएको दक्षिण कोरियाले एप्रिल ४ तारिखमा दुई साताका लागि सामाजिक दूरी कायम गर्ने समयसीमा थपेको थियो। उक्त समयसीमा आइतवार सकिँदैछ। व्यक्तिगत दूरी कायम गर्नका लागि दक्षिण कोरियालीहरूलाई सार्वजनिक स्थलमा एकअर्काभन्दा दुई मिटर पर उभिन सुझाव दिइएको छ। उनीहरूलाई गिर्जाघर र अन्य भेलामा नजान सल्लाह दिइएको छ। एक महिनाका लागि बन्द गरिएका विद्यालयहरूले अनलाइनमार्फत् पढाउन थालिसकेका छन्।
अब घरबाटै जीवन बीमा गर्न सकिने, सानिमा लाइफ इन्स्योरेन्सले ल्यायो यस्तो व्यवस्था
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले घरमै बसेर बीमा गर्न सकिने गरि क्लिक एण्ड कभरको व्यवस्था गरेको छ । कम्पनीले हालको परिस्थितिलाई मध्यनजर गर्दै अनलाइन बाटै जीवन बीमा खरिद गर्न सकिने उक्त व्यवस्था ल्याएको हो । यस्तो विषम परिस्थीतिमा पनि आफु र आफनो परिवारको आर्थीक सुरक्षाको बारेमा चिन्तन गरि जीवन बीमा गराउन चाहाने सचेत नागरिकहरुलाई लक्षित गरी उक्त योजना ल्याएको हो । जस अनुशार इच्छुक व्यक्तिहरुले अन लाइन पोर्टल www.sanimalife.com मा लग अन गरी आफ्नो विवरण भरि आफ्नो इच्छा अनुसारको जीवन बीमा पोलिसी खरिद प्रकृया सुरु गर्न सक्नेछन् । यस व्यवस्थाले विषम परिस्थीतिमा पनि ग्राहक वर्गलाई सेवा पुग्ने विश्वास कम्पनीले लिएको छ ।