विकासन्युज

भेरी अस्पतालमा नवजात शिशुको सिकलसेल परीक्षण निःशुल्क हुने

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा नवजात शिशुको सिकलसेल एनिमियाको निःशुल्क परीक्षण हुने भएको छ । यसअघि एक वर्षको बच्चाको परीक्षण गरेर सिकलसेल थाहा पाउने उपकरण अस्पतालमा थियो ।  अहिले नयाँ र अत्याधुनिक उपकरण ल्याइएको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले योसँगै बच्चा जन्मेको २४ घण्टामा सिकलसेल परीक्षण गरी रिर्पोट लिन सकिने जानकारी दिए । उनले प्रदेश सरकारले विसं २०७९ मा खरिद गरेको उक्त उपकरण बुटवलबाट ल्याएर सञ्चालन गरिएको उल्लेख गर्दै पछिल्लो दुई दिनमा चार जना नवजात शिशुको परीक्षण भएको जानकारी दिए । ‘यो उपकरण पहिलोपटक भेरी अस्पातलमा सञ्चालनमा ल्याइएको हो । योसँगै भेरी अस्पतालमा पहिलोपटक नवजात शिशुको सिकलसेल परीक्षण निःशुल्क गर्ने छौं,’ डा. सुवेदीले भने । उनका अनुसार यसबाहेक भेरी अस्पताल नेपालगञ्जमा सिकलसेल एनिमियाका लागि १६ शय्याको सिकलसेल वार्ड सञ्चालनमा ल्याइएको छ । बिरामीको रगत परीक्षणका लागि ‘डेकेयर’ सेन्टर पनि सञ्चालनमा रहेको मेसु सेवेदीले जानकारी दिए । भेरी अस्पतालका सिकलसेलसम्बन्धी जानकार डा. राजन पाण्डेले यो रोग समयमा पत्ता नलाग्दा कतिपय नवजात शिशुको अकालमा ज्यान जाने गरेको उल्लेख गर्दै नवजात शिशुमा सिकलसेल देखिए तीन महिनापछि पाँच वर्षसम्म थप खोप र औषधि सेवन गराउनुपर्ने जानकारी दिए । डा. पाण्डेले समयमा समस्या पत्ता लाग्दा उपचार सुरु गर्न सकिने जानकारी दिँदै भने, ‘बच्चा जन्मेको २४ घण्टामा परीक्षण गरेर समस्या छ वा छैन निश्चित गर्न सकिन्छ । यो सहज र प्रभावकारी विधि भएकाले ढुक्क भएर शिशुको परीक्षण गर्न/गराउन सकिन्छ ।’ डा. पाण्डेले थारु समुदायमा जनस्वास्थ्यको समस्याका रूपमा रहेको सिकलसेल अन्य जातिमा पनि भेटिने गरेको बताउँदै भेरी अस्पतालमा जन्मने बच्चाका अभिभावकको अनुमतिमा निःशुल्क परीक्षण हुने जानकारी दिए  बच्चा जन्मदै सिकलसेल देखिएमा नौ महिना भएपछि पहिलो दादुरारुबेला खोप लगाउनाले समयमा पुनः परीक्षण गरी सिकलसेल, बिटा थालेसेमियालगायत अन्य हेमोग्लोबिनोप्याथी भए/नभएको थप पुष्टि गर्न सकिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।  डा. पाण्डेले सिकलसेल, थालेसिमिया नियन्त्रण, न्यूनीकरणका लागि जनचेतना आवश्यक रहेकामा जोड दिँदै पश्चिम नेपालमा सिकलसेलको समस्या थारुबाहेक अन्य समुदायमा पनि विस्तारै देखिन थालेको जानकारी दिए ।

बन्दीपुर होटल अब अन्तर्राष्ट्रिय होटल ‘लेमन ट्री’ ब्राण्डमा

काठमाडौं । बन्दीपुर होटल अब अन्तर्राष्ट्रिय होटल ‘लेमन ट्री’ ब्राण्डमा सञ्चालन हुने भएको छ । बुधबार बन्दीपुर होटल र लेमन ट्री होटल्स लिमिटेडबीच १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भयो। सम्झौतापछि बन्दीपुरस्थित होटल अब लेमन ट्री होटल्स ब्राण्डको नेटवर्कमा सामेल हुँदै अन्तर्राष्ट्रिय स्तरमा परिचालन हुनेछ। सम्झौतापत्रमा बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट इन्जिनियर विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडको तर्फबाट मुख्य कार्यकारी अधिकृत विलास पवारले हस्ताक्षर गरे । यो सम्झौताले अन्तर्राष्ट्रिय पर्यटक आकर्षण बढाउने र स्थानीय रोजगार सृजना गर्ने अपेक्षा गरिएको छ ।  बन्दीपुरको होटल शीघ्र औपचारिक रूपमा लेमन ट्री होटल्सको ब्राण्ड नाम तथा मानकअनुसार सञ्चालनमा आउने जनाइएको छ ।

पशुपति भेन्चरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । पशुपति भेन्चर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिहीबार भएको सम्झौतामा कम्पनीको तर्फबाट सञ्चालक दिनेशप्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । पशुपति भेन्चर लिमिटेड एक इन्भेष्टमेन्ट कम्पनी जसले विगत १५ वर्षदेखि विभिन्न हाइड्रोपावर कम्पनीहरूमा लगानी गर्दै आइरहेको छ । 

१० अंकले घट्यो नेप्से, ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बुधबार (आज) नेप्से १०.६६ अंकले बढेर २६१५.०३ विन्दुमा कायम भएको छ ।  आज ३२९ स्टकको ६४ हजार २९ पटक कारोबारमा १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार ९०३ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार दुई स्टकको कारोबारमा सकारात्मक सर्किट लागेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानेलको सेयरमा १० प्रतिशतले बढेको छ । त्यस्तै, बाराही हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ । आज कारोबार रकमको आधारमा बाराही हाइड्रोपावरको सर्वाधिक २४ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

नेपाल बैंकको ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सुरु

काठमाडौं । नेपाल बैंकले आफ्ना कर्मचारी तथा खातावाल ग्राहकहरूलाई लक्षित गरी ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ ।  बैंकको सेवा प्रदायक एफ वान सफ्टको सहकार्यमा सञ्चालन हुने यो अभियान पौष महिनाभरि लागू हुनेछ । अभियानअनुसार एनबीएल मोबाइल बैंकिङ एपमार्फत २०० रुपैयाँ वा सोभन्दा माथिको रकम टपअप गर्ने ८० जना ग्राहकलाई १०० का दरले बोनस प्रदान गरिनेछ ।  बोनसको घोषणा अभियान अवधि सकिएपछि गरिने बैंकले जनाएको छ । हाल बैंकसँग २३१ शाखा, २३७ एटीएम र ६१ एक्स्टेन्सन काउन्टरको नेटवर्क छ, जसमार्फत करिब २७ लाख ग्राहकहरूलाई वित्तीय सेवा प्रदान भइरहेको छ । बैंकले आफ्नो आधुनिक बैंकिङ प्रविधि र डिजिटल सेवा विस्तारमार्फत ग्राहक अनुभव सुधार्दै प्रतिस्पर्धी बैंकको रुपमा अघि बढिरहेको छ । करिब १० लाख ग्राहकहरूले डिजिटल माध्यमबाट बैंकिङ सेवा लिई लाभ उठाइरहेका छन् ।

विश्व लगानीकर्ता सप्ताहको अवसरमा सिद्धार्थ क्यापिटलले गर्यो  लगानीकर्ता सचेतना कार्यक्रम

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह– २०२५ को अवसरमा सिद्धार्थ क्यापिटल लिमिटेडले देशका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । सिद्धार्थले लगानीकर्ता शिक्षा, डिजिटल वित्त तथा कृत्रिम बौद्धिकता (एआई), लगानी सम्बन्धी जोखिम र विद्युतीय माध्यमहरुबाट हुने ठगी न्यूनीकरणलाई केन्द्रमा राख्दै कार्यक्रम गरेको हो । सोही अवसरमा सिद्धार्थ क्यापिटलले काठमाडौंको पद्मोदय माध्यमिक विद्यालय र काठमाडौं क्रिकेट एकेडेमी, विराटनगरको साउथ एसियन स्कुल अफ होटेल म्यानेजमेन्ट, नेपालगञ्जको नेपाल मेडिकल एसोसियसन तथा बुटवलको एक्सिस कलेजमा लगानी सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा विवेकपूर्ण लगानी, जोखिम व्यवस्थापन, डिजिटल प्रविधिको सुरक्षित प्रयोग तथा लगानी सम्बन्धी ठगीबाट बच्ने उपायहरूबारे जानकारी दिइएको थियो । विश्व लगानीकर्ता सप्ताह हरेक वर्ष लगानीकर्ताहरूलाई सचेत, सुरक्षित र दीर्घकालीन लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले विश्वभर मनाइन्छ ।  सिद्धार्थ क्यापिटलले लगानीकर्ता सशक्तिकरणमा निरन्तर योगदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अध्यक्ष पदमा केपी शर्मा ओली विजयी भएका छन् । कुल १९ पदाधिकारी पदको प्रतिस्पर्धामा १७ जना ओली पक्षका र २ जना ईश्वर पोखरेल प्यानलका विजयी भएका छन् ।  यसका साथै केन्द्रीय सदस्यहरूको मत परिणाम पनि सार्वजनिक भइसकेको छ । एमालेको केन्द्रीय कमिटीमा ३०१ सदस्य रहने व्यवस्था छ ।  यस्तो छ केन्द्रीय सदस्य र पदाधिकारीहरूले प्राप्त गरेको मत परिणाम :

नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी भोलिबाट सुरु हुँदै

काठमाडौं । शुक्रबारदेखि ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ हुँदैछ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्त रूपमा आयोजना गर्दै आइरहेको एघारौं संस्करण  पुष ४, ५ र ६ गते काठमाडौंको भृकृटीमण्डपमा सुरु हुन लागेको हो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्राण्डहरूका १०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।  फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनीहरु, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सबडिलर र बिक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रका नयाँनयाँ प्रविधिको जानकारी गराउनको लागि यो प्रदर्शनी हुन लागेको हो । यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ । यस एघारौंं नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसारभरका ख्यातिप्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रूपमा लिएका छन् ।  यस प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्नेछ । यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाईउड उत्पादक संघ, तथा इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपाल रहेका छन् । प्रदर्शनीमा इन्टेरियर डिजाइनर एशोसिएसन नेपालका विज्ञहरूद्वारा नविनतम प्रविधि, इन्टेरियर डिजाइन, फनिर्चरलगायत विभिन्न शीर्षकमा २ दिने सेमिनार तथा गोष्ठी कार्यक्रम आयोजना हुने छ । प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र इन्टेरियर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर तथा इन्टीरीयर डिजाइनरहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।