केन्द्र र प्रदेशको निर्वाचन मंसिर १० र २१ गते

<p>काठमाडौं । सरकारले केन्द्र र प्रदेशको निर्वाचन २ चरणमा गर्ने भएको छ । मन्त्रिपरिषदको बुधबार बिहान बसेको बैठकले मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको हो । यसअघिको मन्त्रिपरिषद बैंठकले एकैचरणमा प्रदेश र केन्द्रको निर्वाचन गर्ने निर्णय गरेको थियो । हिमाली तथा दुर्गम पहाडी जिल्लामा १० र सुगम जिल्लामा २१ गते हुने छ [&hellip;]</p>

काठमाडौं । सरकारले केन्द्र र प्रदेशको निर्वाचन २ चरणमा गर्ने भएको छ । मन्त्रिपरिषदको बुधबार बिहान बसेको बैठकले मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको हो । यसअघिको मन्त्रिपरिषद बैंठकले एकैचरणमा प्रदेश र केन्द्रको निर्वाचन गर्ने निर्णय गरेको थियो । हिमाली तथा दुर्गम पहाडी जिल्लामा १० र सुगम जिल्लामा २१ गते हुने छ ।

निर्वाचन आयोगबाट एकैचरणमा गर्दा समस्या आउने भनेपछि सरकारले निर्वाचन २ चरणमा गर्न निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर वस्नेतले जानकारी दिए ।प्रदेश प्रमुख र राजधानी राजनीतिक सहमतिका आधारमा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको उनले जानकारी  िदए ।

यस्तैराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन गर्ने, विद्युत प्रसारणलाइन निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) बाट १५ अर्ब ४० करोड रुपैयाँ ऋणलाई स्वीकार गरेको छ । बैठकले नेपाली सेनाका सहायक रथी राजेन्द्र कार्कीलाई उपरथीमा बढुवा गरेको छ । यस्तै केही सचिवको सरुवा गरेको मन्त्री वस्नेतले जानकारी दिए ।

Share News