काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८२ पैसा रहेको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६० पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ४० पैसा र बिक्रीदर १०३ रुपैयाँ ८२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २६ पैसा र बिक्रीदर २२ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८७ पैसा कायम गरिएको छ । थाई भाट एकको खरिददर ४ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४ रुपैयाँ ३९ पैसा रहेको छ ।
युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ५ पैसा र बिक्रीदर ३६ रुपैयाँ १९ पैसा तथा दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ४ पैसा र बिक्रीदर ११ रुपैयाँ ९ पैसा तोकिएको छ ।
स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४ रुपैयाँ ४९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७० पैसा र बिक्रीदर २१ रुपैयाँ ७८ पैसा कायम गरिएको छ । हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४७९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४८१ रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ५ पैसा तथा ओमनी रियाल एकको खरिददर ३८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा तोकिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकले आवश्यकतानुसार जुनसुकै समयमा पनि विनिमयदर संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने भएकाले अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा हेर्न सकिनेछ ।