काठमाडौं । मंगलबार बिहान काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।
ताप्लेजुङको ओलाङचुङगोला नजिक तिब्बत सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ५.६ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ७ बजेर १७ मिनेटमा ओलाङचुङगोला, ताप्लेजुङको तिब्बत सीमा क्षेत्र नजिक केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित पूर्वी तथा मध्य तराईका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।