काठमाडौं । ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गर्ने भएका छन् ।
एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनी (एसएलपिडिसी) का अनुसार शिलान्यास कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
दुई दिने राजकीय भ्रमणका क्रममा आइतबार नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री शाह र उहाँका भारतीय समकक्षी मोदीले सोमबार नयाँ दिल्लीबाटै डिजिटल माध्यममार्फत आयोजनाको शिलालेख अनावरण गर्ने कार्यक्रम तय भएको छ ।
उक्त डिजिटल अनावरणको प्रत्यक्ष प्रसारण आयोजनास्थलमा समेत गरिने कम्पनीले जनाएको छ ।
संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुन लागेको यस आयोजनाले नेपाल–भारत ऊर्जा सहकार्यमा अर्को महत्त्वपूर्ण इँटा थप्ने विश्वास लिइएको छ ।