नुवाकोटको त्रिशुली कलेजको पठनपाठन पुनःसञ्चालनका लागि एनसेलले सहयोग गर्ने

काठमाडौं । एनसेल फाउन्डेसनले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी कजेलको पठनपाठन पुनःसञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग प्रदान गर्ने भएको छ । 

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले समझदारी पत्रमा हस्ताक्षर गरे ।

गत भदौमा भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएको कलेजलाई सहयोग गर्न एनसेल फाउन्डेसनले विदुर नगरपालिकासँग सम्झौता गरेको हो ।

यो सहयोगबाट बाढीपछि पठनपाठन ठप्प भएका ३०० सयभन्दा बढी विद्यार्थीहरू फेरि कक्षामा फर्कन सक्ने विश्वास एनसेलले लिएको छ । 

बाढीले यस क्याम्पसका संरचनामा व्यापक क्षति पुर्याएपछि तीन सयभन्दा बढी विद्यार्थीको अध्ययन प्रभावित भएको छ । 

अब नगरपालिका र क्याम्पस व्यवस्थापनसँगको सहकार्यमा एनसेल फाउन्डेसनले नियमित कक्षा संचालनका लागि ३२ वटा कक्षाकोठाको भौतिक पुर्वाधारमा सहयोग गर्नेछ । 

साथै क्याम्पस सञ्चालनका लागि आवश्यक कम्प्युटर र फर्निचर लगायत सुविधाहरू पनि उपलब्ध गराउनेछ । यसबाट विद्यार्थीहरूलाई सहज अध्ययन वातावरण तयार हुने र उनीहरूको शिक्षामा थप अवरोध नआउने अपेक्षा गरिएको छ ।

एनसेल फाउन्डेसनले भोटेकोशी बाढीपछि तत्काल प्रभावितहरूको राहत तथा उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १ करोड राहत सहयोग प्रदान गरेको थियो । 

null

Share News