काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकाले कात्तिक शुक्ल पूर्णिमाको अवसरमा मंसिर ८ गते स्थानीय बिदा दिने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको कात्तिक २९ गते बसेको बैठकले मंसिर ८ गते गाउँपालिकाभर स्थानीय बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले सूचना जारी गर्दै गाउँ कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा बैंक तथा वित्तीय संस्थाहरूमा स्थानीय बिदा हुने जानकारी दिएको छ ।
