काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ८ गते बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा मंगलबार दिउँसो १ बजे बैठक बस्ने तय भएको हो ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकको मिति र समय तय भएको जानकारी दिएका छन् । बैठकमा समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीका सांगठनिक गतिविधिका विषयमा छलफल हुनेछ।