चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु १३४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रनको योगफल तयार पार्यो ।

चितवनका लागि मलानले ७१ रन बनाए । त्यसैगरी, सलाउद्दिन खानले १८, देव खनालले ६, कामिल मिसाराले ४,  रवि बोपराले १, विवेक यादवले ३, कुशल मल्लले १ र उसामा मिरले २ रन बनाए । 

सुदूरपश्चिमका लागि स्कट कुगलेनले ३, थरिन्द्र रत्नायकेले २ र हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इसन पाण्डेले एक–एक विकेट लिए ।

आजको खेलमा जित हात पार्ने टोलीले फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स लुम्बिनीसँग पराजित भएको थियो ।

चितवनले भने इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई पराजित गरेको थियो ।

Share News