काठमाडौं । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजै समापन हुने भएको छ । भेलाको दोस्रो दिन आज बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रम छोट्याएर दिउँसोको खानापछि समापन गर्ने तयारी गरिएको छ ।
भेलाको दोस्रो दिन वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र उपाध्यक्ष रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार भेलामा समसामयिक प्रस्ताव पारित गरिनेछ । प्रस्ताव पारित भएपछि दिवा भोजनसँगै राष्ट्रिय भेला समापन हुनेछ ।
राष्ट्रिय भेला समापनलगत्तै केन्द्रीय कमिटीको चौथो बैठक दिउँसो ३ बजेदेखि काठमाडौंको कार्की ब्याङ्क्वेटमा बस्ने तय भएको आचार्यले जानकारी दिएका छन् ।