काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन पुस दोस्रो साता गर्ने तयारी भएको छ ।
पार्टीको सांगठनिक संरचनालाई पूर्णता दिँदै केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढाउने क्रममा निर्वाचन समितिले जिल्ला अधिवेशनको मिति तय गर्न लागेको हो ।
निर्वाचन समितिले बिहीबार बैठक बसेर जिल्ला अधिवेशनको मिति र निर्वाचन कार्यतालिकाबारे निर्णय गर्ने तयारी गरेको छ ।
निर्वाचन समिति स्रोतका अनुसार पुस ९ देखि १२ गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी तयारी भइरहेको छ ।
यद्यपि यसबारे औपचारिक निर्णय भने समितिको बैठकबाट हुने समितिका एक सदस्यले जानकारी दिए ।
पार्टीको १५ औं महाधिवेशन अन्र्तगत यसअघिनै वडा, पालीका, प्रदेश क्षेत्रसहित संघीय क्षेत्र र केन्द्रीय महाधिवेशन सम्पन्न भइसकेका छन् ।
केन्द्रीय महाधिवेशन सम्पन्न गरीसकेको कांग्रेसले पुस भित्रै जिल्ला र प्रदेश अधिवेशन गर्ने तयारी गररिहेको छ ।