पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दिने

फाइल तस्बिर ।

काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दिने भएकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेकी हुन् ।

श्रेष्ठले फेसबुकमा लेखेकी छन्,  ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’

यद्यपि उनले पार्टी तथा स्वतन्त्र रूपमा चुनाव लड्नेबारे भने बताएकी छैनिन् ।

श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शिक्षामन्त्री बनेकी थिइन् । यद्यपि अहिले भने उनी पार्टीमा सक्रिय छैनिन् ।

Share News