काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले नायब कार्यकारी प्रमुख हिरा बहादुर आलेको करार अवधि थप गरेको छ ।
संस्थाको कात्तिक ३० गते सोमबार बसेको सञ्चालक समितिको १२४औँ बैठकले आलेको करार अवधि मंसिर १ गतेदेखि लागू हुने गरी आगामी पुस १५ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
यसअघि एक वर्षका लागि गरिएको आलेको करार अवधि २०८३ कात्तिक मसान्तमा समाप्त भएको थियो । संस्थाले करारका पूर्वसर्तहरू यथावत् रहने गरी उनको कार्यकाल थप गरेको जनाएको छ ।
आलेलाई यसअघि २०८२ माघ ७ गतेदेखि लागू हुने गरी कायममुकायम कार्यकारी प्रमुखको जिम्मेवारीसमेत दिइएको थियो । करार अवधि थप भए पनि उनलाई दिइएको कायममुकायम कार्यकारी प्रमुखको जिम्मेवारी भने यथावत् रहेको संस्थाले जनाएको छ ।
संस्थाका कम्पनी सचिव तुलाराम चौधरीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार गर्दै उक्त निर्णयबारे जानकारी गराएका हुन्।