काठमाडौं । चितुवाको छाला १ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका- ४ बाट टीकापुर नगरपालिका-३ बस्ने ४७ वर्षीया सीतादेबी चौधरी र बझाङ छबिसपाथिभेरा गाउँपालिका-३ बस्ने ३६ वर्षीय अशोक धामी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय कैलाली पठाइएको छ ।