नवनियुक्त ४ न्यायाधीशले लिए शपथ

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त चार  न्यायाधीशले पद तथा गोपनियताको शपथ लिएका छन् ।

शुक्रबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललेको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले नवनियुक्त न्यायाधीशलाई शपथ गराएका छन् ।

नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आजै राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका थिए। यसअघि, चारै जनालाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेको थियो ।

Share News