काठमाडौंमा नेपाल संवत् ११४७ मनाइयो हेर्नुहोस् तस्बिरहरुमा

काठमाडौं । नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । नयाँ वर्षका रूपमा नेवार समुदायले मनाउने नेपाल संवत्का अवसरमा आज म्हः पूजा पनि गरिँदैछ । काठमाडौं उपत्यकासहित देश तथा विदेशमा रहेका नेवार समुदायले विभिन्न सांस्कृतिक कार्यक्रम, ¥याली तथा शुभकामना आदानप्रदान गरी नेपाल संवत् मनाइरहेका छन् । 

काठमाडौंको वसन्तपुरबाट विभिन्न सांस्कृतिक झाँकी र बाजागाजासहित ¥याली निकालेर नेपाल संवत् मनाइँदैछ । ¥यालीमा नेवार समुदायका विभिन्न संघसंस्था तथा सर्वसाधारणको सहभागिता रहेको छ ।

नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ अर्थात् सन् ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको ऐतिहासिक मान्यता छ ।

नेपाल संवत् नेपालको मौलिक संवत् हो । यसले नेपालको इतिहास, संस्कृति र पहिचानलाई प्रतिनिधित्व गर्दै आएको छ। यस अवसरमा नेवार समुदायले म्हः पूजा गरी आफ्नो शरीर तथा आत्माको पूजा गर्दै सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्ने परम्परा छ ।

Share News