काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य ११० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।