काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, रातो आलु (लाम्चो, गोलो र मुडे) प्रतिकिलो ५५ रुपैयाँ रहेको छ । भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज प्रतिकिलो ८८ रुपैयाँ, स्थानीय गाजर ८० रुपैयाँ र तराई गाजर ५० रुपैयाँ रहेको छ ।
बन्दाको मूल्य प्रतिकिलो ३० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो मूला ३० रुपैयाँ र सेतो मूला (हाइब्रिड) ३० रुपैयाँ छ । लाम्चो भन्टा ३० रुपैयाँ, डल्लो भन्टा ५० रुपैयाँ तथा घिउ सिमी (लोकल र हाइब्रिड) ५० रुपैयाँ तोकिएको छ ।
टाटे सिमी प्रतिकिलो ६० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ७० रुपैयाँ र लौका ४० रुपैयाँ रहेको छ।
सागसब्जीतर्फ रायोको साग र तोरीको साग प्रतिकिलो ३० रुपैयाँ, पालुङ्गो साग ८० रुपैयाँ, चकसूरको साग १०० रुपैयाँ र हरियो प्याज २०० रुपैयाँ तोकिएको छ।
च्याउतर्फ कन्य च्याउ प्रतिकिलो १०० रुपैयाँ, डल्ले च्याउ २६० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ रहेको छ। त्यस्तै, कुरिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ तोकिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, मुस्ताङको स्याउ २०० रुपैयाँ र जुम्लाको स्याउ २५० रुपैयाँ रहेको छ। नेपाली तथा मालभोग केरा प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो १५० रुपैयाँ र अनार ३०० रुपैयाँ तोकिएको समितिले जनाएको छ।