काठमाडौं । नेपालको भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।
बिहीबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुईबीच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शाहसँगको भेटमा मिस्रीले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिमा निरन्तर सहकार्यको प्रतिवद्धता व्यक्त गरेका छन् ।
भेटमा दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार र सांस्कृतिक सम्बन्धका विविध आयामबारे सकारात्मक कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
दुई दिने औपचारिक भ्रमणका लागि बुधवार मिस्री काठमाडौं आएका हुन् ।