काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता हुने भएकाे छ । प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार उनीहरूबीच बिहीबार भेटवार्ता हुनेछ ।
उनले भोलि कुन समयमा भेटघाट हुने भनेर समय तय भइनसकेको जानकारी दिइन् । मिस्री दुई दिने औपचारिक भ्रमणका लागि बुधवार काठमाडौं आइपुगेका हुन् ।
यसअघि प्रधानमन्त्री बालेनले भारत र चीन दुवै देशका राजदूतहरूसँग वान टु वान भेटवार्ता गरिसकेका छन् ।
मिस्रीको नेपाल भ्रमणलाई प्रधानमन्त्री बालेनको प्रस्तावित भारत भ्रमणको तयारीको रुपमा हेरिएको छ ।प्रधानमन्त्री बालेनले नोभेम्बरको अन्तिमतिर भारत भ्रमण गर्ने तयारी भइरहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको बालेनको पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुनेछ ।