लुम्बिनीलाई पोखराले दियो ९८ रनको लक्ष्य

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण अन्तर्गत आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्ससामु ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै पोखराले ९७ रनको योगफल तयार पार्यो । 

पोखराका लागि चमिका करुणारत्ने २५, कप्तान कुशल भुर्तेलले १४, माहेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए । 

पोखराका रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए । तिलक भण्डारीले दुई तथा शेर मल्ल, अभिशेष गौतम र कप्तान रोहित पौडेलले समान एक–एक विकेट लिए । 

दुबै टिमको यो तेस्रो खेल हो । 

लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएपछि चितवन राइनोजसँग अंक बाँडेको थियो ।

त्यसैगरी, पोखरा पहिलो खेलमा सुदूरपश्चिम र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

Share News