काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा विराटनगर किंग्सले जनकपुर बोल्टसामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै जनकपुरविरुद्ध १७४ रनको योगफल तयार पार्यो ।
विराटनगरका लागि लोकेश बमले ५० रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै, इम्रान शेखले ५६ र आन्द्रे रसेलले ५२ रनको बनाए ।
जनकपुरका लागि मोइन अली र अभिषेक तिवारीले १–१ विकेट लिए ।
जनकपुरले टस जितेर बलिङ रोजेको थियो ।
प्रतियोगितामा जनकपुर तेस्रो जितको खोजीमा हुँदा विराटनगर दोस्रो जितको दाउमा छ । दुवै टिमको यो चौथो खेल हो ।