सही समय आएपछि सबैको गलत समय आउँछ, उम्किन्छु भनेर सपना नदेखे हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गल्ती वा गलत काम गर्ने जोकसैलाई पनि सही समय आएपछि कारबाहीको दायरामा ल्याइने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले एक/दुई जना उम्किने सपना नदेख्न चेतावनी दिएका हुन् । 

कुनै विशिष्ट प्रसंग उल्लेख नगरीकन प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एक/दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ।’

अदालतका न्यायाधीशहरूसँग बिचौलियाहरूको अस्वाभाविक सम्पर्क र हालै मिडिया हाउसहरूमा प्रहरी परिचालन गरिएको विषयलाई लिएर चौतर्फी रूपमा सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्रीको यो कडा टिप्पणी सार्वजनिक भएको हो । 

Share News