काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासमा १० करोड ९२ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्ष २०८२÷८३ को सोही अवधिको तुलनामा १ हजार ८०३.७१ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले ५७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आवको असोजसम्ममा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३६ करोड २५ लाख ७० हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४५ करोड ३७ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसअनुसार बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंकले ४७ करोड ९७ लाख २१ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब ८८ करोड ७४ लाख ७५ हजार रुपैयाँ र सञ्चालन नाफा १५ करोड ६० लाख ३९ हजार रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य नाफा ७८ करोड ८० लाख २९ हजार रुपैयाँ रहेको छ । यसका आधारमा बैंकको लाभांश क्षमता ५.५१ प्रतिशत देखिएको छ । बैंकको चुक्ता पुँजी १९ अर्ब ७३ करोड ८२ लाख ३१ हजार रुपैयाँ र जगेडा कोषमा १८ अर्ब १७ करोड ७९ लाख २ हजार रुपैयाँ रहेको छ ।
असोजसम्ममा बैंकको निक्षेप संकलन ०.३० प्रतिशतले बढेर ३ खर्ब ४८ अर्ब २७ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको असोजसम्ममा बैंकले ३ खर्ब ४७ अर्ब २१ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
त्यस्तै, बैंकको कर्जा प्रवाह १.३३ प्रतिशतले बढेर २ खर्ब ५० अर्ब ४२ करोड ८४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ खर्ब ४७ अर्ब १४ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ६७.५० प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ०.१७ रुपैयाँबाट बढेर ३.०५ रुपैयाँ पुगेको छ ।
बैंकको खराब कर्जा भने सामान्य बढेको छ । गत आर्थिक वर्षको असोजमा ४.७८ प्रतिशत रहेको खराब कर्जा चालु आवको असोजमा बढेर ४.७९ प्रतिशत पुगेको छ ।