काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी, अष्ट्रेलियन र सिंगापुर डलरको भाउ बढेको छ । युरो, पाउन्ड स्टर्लिङ, स्वीस फ्र्यांक र क्यानेडियन डलरको भाउ भने घटेको छ ।
राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा तोकेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४९ पैसा थियो ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा कायम भएको छ। बुधबार युरो एकको खरिददर १६९ रुपैयाँ २१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा थियो।
बिहीबार पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ र बिक्रीदर २०२ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ। बुधबार यसको खरिददर २०२ रुपैयाँ २४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४ पैसा थियो।
राष्ट्र बैंकका अनुसार स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ १२ पैसा र बिक्रीदर १८३ रुपैयाँ ८४ पैसा तोकिएको छ। बुधबार स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७ पैसा थियो।
अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ। बिहीबार अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा कायम भएको छ। बुधबार यसको खरिददर १०६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०७ रुपैयाँ १३ पैसा थियो।
त्यस्तै, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ। बुधबार यसको खरिददर १०८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा थियो।
सिंगापुर डलरको भाउ पनि बढेको छ। बिहीबार सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५ पैसा तोकिएको छ। बुधबार यसको खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९७ पैसा थियो।