काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।
त्रिवि क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे सुरु हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा रहनेछन् ।
सुदूरपश्चिमको यो दोस्रो खेल हो भने पोखराले आज पहिलो खेल खेल्न लागेको हो । सुदूरपश्चिम पहिलो खेलमा दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।
यसअघि भएका अन्य दुई खेलमा चितवन राइनोज र कर्णाली याक्स विजयी भएका छन् । मंगलबार भएका खेलमा चितवनले विराटनगर किंग्सलाई र कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेका हुन् ।
अंकतालिकामा लुम्बिनी लायन्स, कर्णाली याक्स र चितवन राइनोज क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।