दाङमा २ लाखभन्दा बढीका पटाकासहित अटो चालक पक्राउ

काठमाडौं  । दाङमा अवैध रूपमा ल्याइँदै गरेका विभिन्न प्रकारका पटाकासहित एक अटो चालक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५, आलुमण्डीमा बस्दै आएका २५ वर्षीय अनुभव अग्रवाल छन् ।

अग्रवाललाई कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमा पटाका ल्याउँदै गरेको अवस्थामा गढवा गाउँपालिका–८, चारखम्बाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार बरामद गरिएका पटाकाको बजार मूल्य २ लाख १० हजार १३६ रुपैयाँ बराबर रहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Share News