काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार ग्रहण गर्ने भएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाको शपथग्रहण तथा पदबहाली कार्यक्रम आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार महाधिवेशनको मतगणना सम्पन्न भएपछि नवनिर्वाचित सभापतिको पदबहाली कार्यक्रम तय गरिएको हो । सभापति बाहेक निर्वाचित सबैको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम दशैं पछि हुने बताइएको छ ।