काठमाडौं उपत्यकामा चिसो बढ्दै

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान र रातिको समयमा चिसो महसुस बढ्न थालेको छ । उपलब्ध मौसम अवलोकन विवरणअनुसार आज काठमाडौंको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस र अधिकतम तापक्रम २५.८ डिग्री सेल्सियस रहेको छ।

असोजको अन्त्यतिर आइपुग्दा दिन र रातको तापक्रममा हुने अन्तरका कारण बिहान तथा साँझको समयमा चिसो बढी महसुस भएको हो । दिनको समयमा घाम लागे पनि बिहान र राति तापक्रम घट्दा जनजीवनमा मौसम परिवर्तनको प्रभाव पनि देखिन थालेको छ।

नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा ले दिएको सूचनामा काठमाडौं उपत्यकामा  वर्षाको सम्भावना नभएको र मौसम सफा रहने उल्लेख गरिएको छ। मौसममा आएको परिवर्तनसँगै बिहानै बाहिर निस्कने बालबालिका, ज्येष्ठ नागरिक तथा स्वास्थ्यप्रति संवेदनशील व्यक्तिले चिसोबाट बच्न चिकित्सकहरुले सल्लाह दिएका छन्।  
 

Share News