दुई अध्यादेशबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले हालै जारी गरेका वन तथा भूमि सम्बन्धी दुई अध्यादेशबारे आज पत्रकार सम्मेलन गर्ने भएको छ।

कांग्रेस संसदीय दलले ‘प्रतिपक्ष निगरानी’ कार्यक्रमअन्तर्गत वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ का विषयमा पत्रकार सम्मेलन गर्न लागेको हो ।

कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा आज शुक्रबार बिहान ११ बजे पत्रकार सम्मेलन आयोजना गरिने जनाइएको छ।

संसदीय दलले पत्रकार सम्मेलनमा उपस्थित भई समाचार संकलन तथा सम्प्रेषण गरिदिन सञ्चारकर्मीहरूलाई अनुरोध गरेको छ।

Share News