यस्तो छ आजको मौसम

काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल, लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल तथा बाँकी तराई भूभागमा मौसम मख्यतया सफा रहने विभागले जनाएको छ । 

देशको हिमाली भूभागका थोरै स्थानमा, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । 

आज राति देशको हिमाली भूभागमा साधारणतया बादल र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा तथा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

Share News